२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शरीरको कुन अंग फर्फराउँदा के हुन्छ ? हेर्नुहोस

२४ भाद्र २०७६, मंगलवार ०७:०१

एजेन्सी | मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ | हिन्दू शास्त्रमा मानिसको विभिन्न अंग फर्फराउँदा हुने विभिन्न घटनाबारे लेखिएको छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै आशंका गरिरहेको हुन्छ । शरीरको विभिन्न अंग फर्फराउनुले भविष्यमा हुने घटनाबारे जानकारी दिन्छ ।

समुन्द्र शास्त्र अन्तर्गत कुन अंग फर्फराउँदा भविष्यमा कस्ता घटना हुन सक्छन् भन्ने विषयमा विस्तृत रूपमा वर्णन गरिएको छ । शरीरका अंग फर्फराउनुले भविष्यमा हुने राम्रो र नराम्रो घटनाबारे संकेत गर्छ ।

वर्तमान समयमा यी कुरा विश्वास गर्न निकै कठिन हुने भए पनि यसलाई पुरै बेवास्ता गर्न सकिन्न । शरीरका विभिन्न भागमा हुने फर्फराहटले के संकेत गर्छ जान्नुहोस कुनअंग फर्फराउँदा भविष्यमा कस्ता घटना हुन सक्छन्:

१). समुन्द्र शास्त्रका अनुसार, जुन व्यक्तिको चिउँडो फर्फडाउँछ, ती व्यक्तिलाई स्त्रीसुख मिल्छ र साथमा धनलाभ पनि हुन सक्ने सम्भावना हुन्छ ।

२. टाउकोको अलग–अलग भाग फर्फराउँदा त्यसले पनि फरक–फरक संकेत गर्छ । निधार फर्फराउँदा भौतिक सुख भोगको अवसर प्राप्त हुन सक्छ भने कानको भाग फर्फराउँदा तपाईंले राखेको इच्छा पूरा हुन सक्छ ।

३.दाहिने आँखाको आँखीभौ र आँखा फर्फराउँदा तपाईंले चाहेका सबै इच्छा पूर्ण हुन्छन् भने बायाँ आँखा र आँखीभौ फर्फराउँदा शुभ समाचार प्राप्त हुन्छ । तर, यदी दाहिने आँखा फर्फराए शारीरिक कष्ट हुने गर्छ ।

४. दुवै गाला फर्फराउँदा धन प्राप्त हुन्छ ।

५. यदि तपाईंको ओठ फर्फराए तपाईको मिल्ने व्यक्तिको आगमन हुन्छ । मुख फर्फराउँदा छोराबाट शुभ समाचार प्राप्त हुन सक्ने सम्भावना रहन्छ ।

६. दाहिने काँध फर्फराए धन सम्पत्ति हात पर्न सक्छ भने बायाँ काँध फर्फराउँदा सफलता प्राप्त हुने तर दुवै काँध फर्फराए झगडाको सम्भावना बढ्छ ।

७. यदि हात फर्फराए मानिस कुनै विपत्तिमा फस्न सक्छ । हातको औँला फर्फराए साथीहरूसँग भेट हुने सम्भावना रहन्छ ।

८. ढाड फर्फराए केही विपदको सम्भावना रहन्छ ।

९ . छाती फर्फराउँदा साथीसँग भेट हुन सक्छ । मुटुको उपल्लो भाग फर्फराए झगडा हुने सम्भावना रहन्छ ।

१०. दाहिने खुट्टा फर्फराए कठिनाई सामना गर्नुपर्ने हुन्छ भने बायाँ खुट्टा फर्फराउँदा कतै यात्रा गर्ने सम्भावना रहन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ