२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन हुन्छ मूत्रनलीको संक्रमण ? यसको पीडा कम गर्न के गर्ने ?

२४ भाद्र २०७६, मंगलवार ०९:०७

एजेन्सी | पिसाब गर्दा दुख्ने, पोल्ने हुँदा अत्यन्तै पीडा हुने यो संक्रमण महिला र पुरुष दुवैलाई हुन्छ । यसलाई चिकित्सकको भाषामा युटीआई अर्थात युरिनरी ट्र्याक इन्फेक्सन भनिन्छ । यौनाङ्गको विशेष हेरचाह र सरसफाईमा ध्यान नदिँदा धेरैजसो यो समस्या हुने गर्छ । मासिक श्राव, गर्भावस्था, असुरक्षित यौनसम्पर्क आदिका कारण यो समस्या देखा पर्न सक्छ | पिसाब नली एकदमै संवेदनशिल हुन्छ । यस्तो अंगमा संक्रमण फैलने खतरा पनि बढि नै हुन्छ ।

पिसाब पास हुने नलीको राम्ररी सफाई नभएको अवस्थामा संक्रमण मुत्राशयसम्म पुग्ने गर्छ । यस्तो हुनुको विभिन्न कारण मध्ये एउटा कारण हो ब्लाडर सुन्निनु ,त्यस्तै मृगौलाको पथ्थरी, शरीरमा पानीको मात्रा कम हुनु, कलेजोको समस्या ,करङको हड्डीमा चोट लाग्नु,पुरुषहरुमा प्रोस्टेट ग्लैडको बढेमा, संवेदनशील स्थानमा चोट लागेमा,दुर्गन्धित शौचालयको प्रयोग गर्दा,धेरैबेरसम्म पिसाब रोकेमा,गुप्ताङ्गको राम्रोसित सफाई नगरे,मधुमेहका बिरामीलाई पनि यस्तो हुन सक्ने चिकत्सक बताउछन |

त्यस्तै यस्तो समस्याको घरेलु उपचार पनि छ र सरल घरेलु उपचारले यो समस्या हुनबाट जोगाउन मदत गर्दछ | घरेलु उपचारः

२ चियाचम्चा स्याउको रस र एक चियाचम्चा मह मनतातो पानीमा मिसाएर पिउँदा संक्रमण फैलाउने ब्याक्टेरिया नष्ट हुन्छ र पिसाब सजिल्यै बाहिर आउन मद्दत पुग्छ । पिसाबमा हुने संक्रमणको समयमा पटक–पटक पिसाब आएमा १ चियाचम्चा सोडा १ गिलास पानीमा मिसाएर खाँदा पेटमा हुने जलन कम हुन्छ र पीडा कम हुन्छ ।

त्यस्तै अलैँचीलाई पिसेर धुलो बनाउने र अनारको रसमा मिसाउँने र थोरै थोरै नुन राखेर पिउँदा पिसाबको संक्रमण २ दिनमै निको हुन्छ । लस्सी पनि यस इन्फेक्सनको लागि फाइदाजनक हुन्छ । इन्फेक्सन भएको समयमा हरेक दिन लस्सी पिउने गर्नुपर्छ ।

क्र्यानबेरी जुुस पनि यसको लागि लाभकारी हुन्छ । ३ वा ४ दिनसम्म यो जुसको सेवन गर्दा आराम मिल्छ । लसुनमा प्राकृतिक रुपमै ब्याक्टेरियासँग लड्न सक्ने क्षमता हुन्छ । हरेक दिन एउटा पोटी लसुन र पानी सेवन गर्दा यो समस्या कम हुन्छ । यसका साथै, यौनाङ्गको सरसफाईमा विशेष ध्यान दिने, पिसाव नरोक्ने, पानी पिउने आदि गर्दा यो समस्याबाट छुटकारा पाउन सकिन्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ