२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाडीमा यात्रा गर्दा बान्ता हुन्छ ? अप्नाउनुहोस् यी घरेलु विधि

२०७६, २९ भाद्र आईतवार ०७:५८

एजेन्सी | सवारी साधनामा यात्रा गर्दा तपाईंमध्ये धेरैलाई रिँगटा लाग्ने र वान्ता हुने समस्या हुन सक्छ। कतिपय मानिस त झन् वान्ता भएकै कारण बिरामीसमेत हुन्छन्। बस, ट्याक्सी तथा हवाइजहाज चढ्दा आधिकांश मानिस वान्ता गर्छन्। तर कतिपयलाई भने सवारीसाधनको गन्धले नै वान्ता गर्ने पनि हुन्छन्।

यात्रा गर्दा शरीरका इन्द्रियहरूले सन्तुलित ढङ्गबाट आफ्नो कार्य गर्न नसक्दा वान्ता हुने समस्या आउँछ। यसरी यात्रा गर्दा वान्ता हुनुलाई सिकनेस अर्थात यात्राजन्य वान्ता भनिन्छ। यो समस्या हरेक मानिमा फरक–फरक हुन्छ। कोही मानिमा यात्रामा निस्कन साथ वान्ता गर्न थाल्छन् भने कसैकसैलाई लामो यात्रा गर्दा समस्या देखा पर्छ। वान्ता हुनु आफैँमा एक कष्टकर क्षण हो।

शरीरलाई कमजोर बनाउनुका साथै यस्तो समस्याले यात्राको रमाइलोपन समेत हराएर जान्छ । यदि तपाइ यस्तो समस्या भोगिरहनु भएको छ भने आफैले केहि घरेलु उपायबाट समस्याको समाधान गर्न सकिन्छ । जेठीमधु यो मधुर र स्निग्ध गुणयुक्त हुने भएकोले आमाशयको अम्लता कम गर्दछ । साथै आमाशयको वायुलाई पनि कम गर्छ। अतः यात्रा गर्दा जेठीमधुका टुक्राहरू मुखमा राखेर चुसिरहनु फाइदाजनक मानिन्छ ।

ल्वाङ्ग :ल्वाङ मुखमा राखेर चुसेर यात्रा गर्दा पनि वान्ता हुने समस्याबाट मुक्त हुन सकिन्छ ।

जामुन :जामुनको फल र यसका पातहरूमा वान्ता रोक्न सक्ने औषधीय गुण हुन्छ। जामुन पत्रको रस निकालेर यात्रा गर्नुपूर्व पिउने वा यात्राको बीच–वीचमा अलि अलि रस पिउँदा पनि वान्ता हुँदैन । साथै जामुनको फल नै फलफूलका रुपमा प्रयोग गर्दा फाइदा पुग्छ ।

काँचो आँप : काँचो आँपले खानामा रुचि लगाउँछ, खाना पचाउन सहयोग गर्छ । त्यही आँपको पातले वान्ता रोक्ने काम गर्छ । यसर्थ यात्रा गर्दा आँपको पातको रस निकालेर बीच बीचमा पिउने गर्नुपर्छ। यसो गर्दा वान्ता हुने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

सौंफ :सौंफले पनि वान्ता रोक्ने काममा मद्दत गर्छ । यात्राका क्रममा मुखमा सौंफ राखेर चपाइरहँदा वान्ता हुँदैन ।

अदुवा :अदुवा आयुर्वेदिक औषधिमा समेत अति नै प्रयोग गरिन्छ साथै रुघा खोकी, अरुची आदिमा पनि अदुवाको प्रयोग गरिन्छ । दैनिक भान्सामा प्रयोग हुने अदुवामा वान्ता रोक्ने औषधीय गुण हुन्छ । यसरी यात्राका क्रममा अदुवाका टुक्रा मुखमा राखेर चुसिरहँदा वान्ता हुने समस्याबाट मुक्ति पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला