२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाडीमा यात्रा गर्दा बान्ता हुन्छ ? अप्नाउनुहोस् यी घरेलु विधि

२९ भाद्र २०७६, आईतवार ०७:५८

एजेन्सी | सवारी साधनामा यात्रा गर्दा तपाईंमध्ये धेरैलाई रिँगटा लाग्ने र वान्ता हुने समस्या हुन सक्छ। कतिपय मानिस त झन् वान्ता भएकै कारण बिरामीसमेत हुन्छन्। बस, ट्याक्सी तथा हवाइजहाज चढ्दा आधिकांश मानिस वान्ता गर्छन्। तर कतिपयलाई भने सवारीसाधनको गन्धले नै वान्ता गर्ने पनि हुन्छन्।

यात्रा गर्दा शरीरका इन्द्रियहरूले सन्तुलित ढङ्गबाट आफ्नो कार्य गर्न नसक्दा वान्ता हुने समस्या आउँछ। यसरी यात्रा गर्दा वान्ता हुनुलाई सिकनेस अर्थात यात्राजन्य वान्ता भनिन्छ। यो समस्या हरेक मानिमा फरक–फरक हुन्छ। कोही मानिमा यात्रामा निस्कन साथ वान्ता गर्न थाल्छन् भने कसैकसैलाई लामो यात्रा गर्दा समस्या देखा पर्छ। वान्ता हुनु आफैँमा एक कष्टकर क्षण हो।

शरीरलाई कमजोर बनाउनुका साथै यस्तो समस्याले यात्राको रमाइलोपन समेत हराएर जान्छ । यदि तपाइ यस्तो समस्या भोगिरहनु भएको छ भने आफैले केहि घरेलु उपायबाट समस्याको समाधान गर्न सकिन्छ । जेठीमधु यो मधुर र स्निग्ध गुणयुक्त हुने भएकोले आमाशयको अम्लता कम गर्दछ । साथै आमाशयको वायुलाई पनि कम गर्छ। अतः यात्रा गर्दा जेठीमधुका टुक्राहरू मुखमा राखेर चुसिरहनु फाइदाजनक मानिन्छ ।

ल्वाङ्ग :ल्वाङ मुखमा राखेर चुसेर यात्रा गर्दा पनि वान्ता हुने समस्याबाट मुक्त हुन सकिन्छ ।

जामुन :जामुनको फल र यसका पातहरूमा वान्ता रोक्न सक्ने औषधीय गुण हुन्छ। जामुन पत्रको रस निकालेर यात्रा गर्नुपूर्व पिउने वा यात्राको बीच–वीचमा अलि अलि रस पिउँदा पनि वान्ता हुँदैन । साथै जामुनको फल नै फलफूलका रुपमा प्रयोग गर्दा फाइदा पुग्छ ।

काँचो आँप : काँचो आँपले खानामा रुचि लगाउँछ, खाना पचाउन सहयोग गर्छ । त्यही आँपको पातले वान्ता रोक्ने काम गर्छ । यसर्थ यात्रा गर्दा आँपको पातको रस निकालेर बीच बीचमा पिउने गर्नुपर्छ। यसो गर्दा वान्ता हुने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

सौंफ :सौंफले पनि वान्ता रोक्ने काममा मद्दत गर्छ । यात्राका क्रममा मुखमा सौंफ राखेर चपाइरहँदा वान्ता हुँदैन ।

अदुवा :अदुवा आयुर्वेदिक औषधिमा समेत अति नै प्रयोग गरिन्छ साथै रुघा खोकी, अरुची आदिमा पनि अदुवाको प्रयोग गरिन्छ । दैनिक भान्सामा प्रयोग हुने अदुवामा वान्ता रोक्ने औषधीय गुण हुन्छ । यसरी यात्राका क्रममा अदुवाका टुक्रा मुखमा राखेर चुसिरहँदा वान्ता हुने समस्याबाट मुक्ति पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य