२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सावधान ! मृगौला फेल हुनु अघि देखिन्छन् यस्ता संकेतहरु

३१ भाद्र २०७६, मंगलवार ०८:५१

एजेन्सी | मृगौलाले आफ्नो जिम्मेवारी आशिंक वा पुरा रुपमा वहन गर्न नसक्नुलाई मृगौला विग्रनु वा मृगौला फेल भएको भन्ने गरिन्छ । मृगौला फेल भएमा वा मृगौलाले काम गर्न छाडेमा बाँच्न सम्भव हुँदैन तर डायलासिस वा मृगौला प्रत्यारोपण गरेर बाँच्न वा बचाउन भने सकिन्छ । मृगौलाको प्रत्यारोपणपछि मानिस पूर्ववत अवस्थामा आफ्ना नियमित कार्यहरु गर्न सक्दछ ।

मृगौला फेल हुनुको अर्थ हो मृगौलाले काम गर्ने दर १५ प्रतिशतभन्दा कम हुनु । मृगौला फेल हुनु केही दिन पहिला शरीरले केही संकेत दिन थाल्दछ । त्यसलाई बेवास्ता गर्नु हुँदैन ।

मृगौला फेल हुनु देखिने संकेत यस्ता छन् |

१. पिसावको मात्रा अचानक वा विस्तारै कम हुँदै जानु ।

२. शरीर सुन्निन थाल्छ, विशेषगरी अनुहार।

३. मन स्थिर नहुनु वा वान्ता हुनु ।

४. रक्तचाप अचानक बढ्नु ।

५. निरन्तर रगतको कमी हुँदै जानु ।

६. तौल अचानक कम हुनु ।

७. हड्डी र जोर्नीमा दुखाई हुनसक्छ । थकान र कमजोरी पनि हुनसक्छ ।

मृगौला फेल हुनबाट बच्ने ५ उपायहरु यस्ता छन्:-

१. पर्याप्त पानी पिउनेःयसले शरिरको टक्सिन फिल्टर भएर निस्किरहन्छ र मृगौला स्वस्थ हुन्छ ।

२. चीनी र नुनमाथि नियन्त्रणःखानामा चीनी र नुन नियन्त्रण गरे रक्तचाप र मधुमेह नियन्त्रणमा रहन्छ । मृगौलामा भार पर्दैन जसका कारण मृगौला स्वस्थ रहन्छ ।

३. व्यायाम गर्नुहोस्ःदैनिक आधा घण्टा हिँड्ने र व्यायाम गर्दा रक्त संचार राम्रो हुन्छ । मृगौला पनि स्वस्थ रहन्छ ।

४. स्वस्थ खानेकुरा खानुहोस्ःहरियो सागपात, गेडागुडी, फलफूल आफ्नो खानेकुरामा समावेश गर्नुहोस् । यसो गर्दा मृगौला स्वस्थ रहन्छ ।

५. धुम्रपान, मद्यपानबाट टाढै रहनुहोस्ःधुम्रपान, मद्यपान, जंक फूडबाट टाढै बस्नुहोस् । यसले मृगौलामा टक्सिन जम्मा हुन दिँदैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य