२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सावधान ! मृगौला फेल हुनु अघि देखिन्छन् यस्ता संकेतहरु

३१ भाद्र २०७६, मंगलवार ०८:५१

एजेन्सी | मृगौलाले आफ्नो जिम्मेवारी आशिंक वा पुरा रुपमा वहन गर्न नसक्नुलाई मृगौला विग्रनु वा मृगौला फेल भएको भन्ने गरिन्छ । मृगौला फेल भएमा वा मृगौलाले काम गर्न छाडेमा बाँच्न सम्भव हुँदैन तर डायलासिस वा मृगौला प्रत्यारोपण गरेर बाँच्न वा बचाउन भने सकिन्छ । मृगौलाको प्रत्यारोपणपछि मानिस पूर्ववत अवस्थामा आफ्ना नियमित कार्यहरु गर्न सक्दछ ।

मृगौला फेल हुनुको अर्थ हो मृगौलाले काम गर्ने दर १५ प्रतिशतभन्दा कम हुनु । मृगौला फेल हुनु केही दिन पहिला शरीरले केही संकेत दिन थाल्दछ । त्यसलाई बेवास्ता गर्नु हुँदैन ।

मृगौला फेल हुनु देखिने संकेत यस्ता छन् |

१. पिसावको मात्रा अचानक वा विस्तारै कम हुँदै जानु ।

२. शरीर सुन्निन थाल्छ, विशेषगरी अनुहार।

३. मन स्थिर नहुनु वा वान्ता हुनु ।

४. रक्तचाप अचानक बढ्नु ।

५. निरन्तर रगतको कमी हुँदै जानु ।

६. तौल अचानक कम हुनु ।

७. हड्डी र जोर्नीमा दुखाई हुनसक्छ । थकान र कमजोरी पनि हुनसक्छ ।

मृगौला फेल हुनबाट बच्ने ५ उपायहरु यस्ता छन्:-

१. पर्याप्त पानी पिउनेःयसले शरिरको टक्सिन फिल्टर भएर निस्किरहन्छ र मृगौला स्वस्थ हुन्छ ।

२. चीनी र नुनमाथि नियन्त्रणःखानामा चीनी र नुन नियन्त्रण गरे रक्तचाप र मधुमेह नियन्त्रणमा रहन्छ । मृगौलामा भार पर्दैन जसका कारण मृगौला स्वस्थ रहन्छ ।

३. व्यायाम गर्नुहोस्ःदैनिक आधा घण्टा हिँड्ने र व्यायाम गर्दा रक्त संचार राम्रो हुन्छ । मृगौला पनि स्वस्थ रहन्छ ।

४. स्वस्थ खानेकुरा खानुहोस्ःहरियो सागपात, गेडागुडी, फलफूल आफ्नो खानेकुरामा समावेश गर्नुहोस् । यसो गर्दा मृगौला स्वस्थ रहन्छ ।

५. धुम्रपान, मद्यपानबाट टाढै रहनुहोस्ःधुम्रपान, मद्यपान, जंक फूडबाट टाढै बस्नुहोस् । यसले मृगौलामा टक्सिन जम्मा हुन दिँदैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै