२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काखीमुनिको भाग कालो छ ? तपाइँको भान्सामै छ यसको उपचार

३१ भाद्र २०७६, मंगलवार १०:१०

सास (टिप्स) | कयौं महिलाहरु आफ्नो काँखीमुनिको कालोपनको कारणले हाफ टि-सर्ट वा काँखीमुनिको भाग देखाएर हिड्न मन गर्दैनन् । काँखीमुनिको भागलाई अंग्रेजीमा अंडरआर्म्स वा आर्मपिट पनि भनिन्छ । कसै-कसैको अंडरआर्म्स बच्चादेखिनै कालो हुन्छ भने कसैको उमेर बढ्दै जाँदा कालो हुँदै जान्छ । 

माथिको समस्याबाट छुटकारा पाउनको लागि कयौं महिलाहरुले केमिकलयुक्त क्रीम लगाउने गर्दछ जुन हाम्रो छालालाई घातक सावित पनि हुन सक्छ, तर तपाईलाई हामीले घरेलु सामानकै उपयोगबाट यस समस्याको समाधान गर्ने तरिका सिकाउदैछौं । 

काक्रो पनि कालोपन टाढा गर्ने एक घरेलु बिधि हो । अंडरआर्म्सको कालोपन हटाउन काक्रोको रस लगाएर आधा घण्टाको लागि छोड्नुस् । त्यस पछी पानीले धुनुस । 


त्यस्तै अंडरआर्म्स कालो हुनबाट रोक्न वा कालो हटाउन आलू अर्को एक प्राकृतिक उपाय हो । दैनिक नुहाउनु अघि आलूको केहि टुक्रा काटेर अंडरआर्म्समा दल्नुस । यसो गर्नाले कालोपन टाढा भाग्छ । यदी तपाइँ अन्डरआर्म्समा रहेको नचाहिदो रौँ हटाउन चाहनुहुन्छ भने रौँ काट्नुको सट्टा रौँ हटाउन पार्लर गएर वाक्स गर्न सक्नुहुन्छ । यसले तपाइको छालामा आएको रौँ छालाको भीत्रदेखिनै उखेलिन्छ साथै डेड-सेल्स पनि हट्छ र तपाइको छाला सफा बन्छ ।


अंडरआर्म्सको कालो पन हटाउनको लागि बेसन, कागती र मह फिटेर प्रयोग गर्न सक्नुहुन्छ । यसको लागि दुई चम्चा बेसन लिनुहोस् र त्यसमा थोरै कागतीको रस र एक चम्चा मह मिसाएर पेस्ट बनाउनुहोस् । तयार भएको पेष्टलाई आफ्नो अंडरआर्म्समा लगाउनुहोस् र १० मिनेटसम्म छाड्नुहोस् । त्यसपछि तातो पानीले धुनुहोस् । हप्तामा एक पटक त्यसरी धुनाले तपाइको अंडरआर्म्सको  छालामा सुधार आउनेछ । 


अंडरआर्म्सको कालोपन हटाउनको लागि थोरै-थोरै दूधमा बेकिङ सोडा हालेर राम्ररी घोल्नुपर्छ र त्यसलाई अंडरआर्म्समा लगाउनुहोस् र आधा घण्टापछि धुनुहोस् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य