२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राती ढिला खाना खाँदा स्वास्थ्यमा कस्तो असर गर्छ ? जान्नुहोस

२०७७, १४ असार आईतवार ०९:५०

स्वास्थ्यका हिसाबले राती खाना खानु त्यती अनुकुल मानिदैन ।  किनभने रातको समयमा विश्राम गरिन्छ ।  हामी जब राती अबेर खाना खान्छौं, खानेकुरा पच्न पाउँदैन । अपच हुने त छँदैछ, शरीरमा आवश्यक्ताभन्दा बढी क्यालोरी जम्मा हुन्छ । वोसो लाग्ने, मोटोपन बढ्ने जस्ता समस्या यहीबाट सुरु हुन्छ ।


यतिबेला शरीरलाई अतिरिक्त उर्जा आवश्यक हुँदैन । त्यसैले हामीले खाएको खानेकुरा पचाउनै गाह्रो हुन्छ ।जबकी रातको खाना चाडै र हल्का खाएमा अनावश्यक तौल बढ्दैन । वा तौल नियन्त्रण हुन्छ । गहिरो निद्रा लाग्छ । बिहान उठ्दा शरीर हल्का महसुष हुन्छ ।
यसले मुटुमा पनि सकारात्मक प्रभाव पार्छ । पेट भारी हुँदैन । फ्याट र कोलोस्टोरको समस्या कम हुन्छ । पेट सम्बन्धीका समस्याहरु हट्छ ।

हामीलाई हेक्का हुँदैन कि खाना खाएको कति समयपछि सुत्ने ? हामीलाई त निद्रा लाग्नसाथ सुत्न जान्छौं । राती अबेर भरपेट खाना खाएपछि झ्याप्प निद्रा लाग्छ ।

यही मौकामा हामी ओछ्यानमा पल्टन्छौं । अब सोच्नुहोस् त भर्खरै खाएको खानेकुरा पेटमा कति बोझिलो भयो होला ? शरीर निस्त्रिय भएपछि ति खानेकुरा कसरी पच्छ होला ?

राती भरपेट खाने, खानसाथ ओछ्यानमा पल्टने बानीले हाम्रो पाचन यन्त्रलाई खराब बनाउँछ । जब पाचन यन्त्र खराब हुन्छ, स्वास्थ्यमा अरु किसिमको समस्या देखापर्न थाल्छ ।

खाना खाएको कम्तिमा दुई घण्टापछि मात्र सुत्नुपर्छ । दुई वा तीन घण्टाको ग्याप हुनुपर्छ खानपान र सुताईको । खाना खाएर केही क्षण टहलिने, बस्ने ।

त्यसपछि मात्र सुत्न जाने । यो पनि सुपाच्य भोजन गरेको अवस्थामा । भरपेट खाइसकेपछि त पचाउन गाह्रो हुन्छ ।

उचित खानपान तालिका अनुसार राती अबेर खाना खानु उपयुक्त हुँदैन । जतिसक्दो चाडो खाना खानुपर्छ । के भनाई छ भने, सूर्योअस्त पछिको खानेकुरा विष समान हुन्छ । अर्थात सूर्योअस्तपछि हामी जुन खानेकुरा सेवन गर्छौं, त्यो शरीरका लागि आवश्यक हुँदैन ।

बिहान भरपेट खाना खानुपर्छ । त्यही खानाले हामीलाई दिनभरको लागि उर्जा दिन्छ । त्यसपछि क्रमस खानेकुराको मात्रा घटाउनुपर्छ । रातीको खाना सकेसम्म हल्का वा सजिलै पच्ने किसिमको हुनुपर्छ ।

शरीरमा अनावश्यक खानेकुरा पुग्छ । अनावश्यक खानेकुरा पुग्नु भनेको शरीरलाई डस्बिन जस्तै बनाउनु हो । जब हामी आफ्नो पेटलाई डस्बिन बनाउँछौं भने शरीर कसरी निरोगी हुन्छ ।

त्यसैले संभव भएसम्म चाडै खाना खानुपर्छ । साँझ सूर्योअस्तअघि नै खाना खानु उत्तम । कतिपय अवस्थामा चाहि यस्तो तालिका मिलाउन संभव हुँदैन ।

यसको अर्थ बिहानको खाना जति सेवन गरिन्छ, त्यसपछि खानाको मात्रा कम गर्दै जानुपर्छ । सकेसम्म रातको खाना कम खाएकै वेश हुन्छ ।

औषधी सेवन गरिरहेको अवस्थामा, रोग लागेको अवस्थामा, कामको चाप भएको अवस्थामा, रात्रीकालिन काम गर्नुपर्ने अवस्थामा । यद्यपी राती सुत्नुभन्दा दुई वा तीन घण्टा अघि खाना खानु उत्तम हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला