२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी प्रेरक भनाईहरु पढ्नुहोस्, जीवन जिउने उर्जा प्राप्त हुन्छ

१९ आश्विन २०७७, सोमबार ०३:४२

विभिन्न सन्दर्भमा विचारक, दार्शनिक एवं महान व्यक्तित्वहरूले बोलेका कुराहरूले हामीमा सकारात्मक उर्जा मिल्छ । यी भनाइहरूमा उनीहरूको जीवन भोगाइको निचोड हुन्छ । त्यसैले हाम्रा लागि निकै प्रेरणादायी हुने गर्छन् । अतः यहाँ त्यस्तै विचारक, दार्शनिक आदिको भनाइ समावेश गरिएको छ ।

- यस्तो कुनै गोप्य काम नगर कि त्यसलाई अर्कोसँग लुकाउन जरुरत हुन्छ।

जवाहरलाल नेहरु

- अज्ञानी हुनु त्यति लाजमर्दो कुरा होइन, जति जान्ने इच्छा नराख्नु हो ।

अज्ञात

- जसलाई हार्न डर लाग्छ, उसको हार निश्चित छ ।

नेपोलियन 

- यदि जिन्दगीलाई बुझ्नु छ भने, पछाडि फर्केर हेर । यदि जिन्दगी जिउनु छ भने अगाडि हेर ।

अज्ञात

- त्यही काम चयन गर, जो तिमीलाई रुचि लाग्छ । पूरै जिन्दगीभर एकदिन पनि काम गरेको अनुभूत हुनेछैन ।

कन्फ्युसियस

- यी छ सुख हुन्, निरोगी हुनु, ऋणि नहुनु, परदेशमा नरहनु, राम्रा साथीहरूको संगत हुनु, आफ्नो कर्मले जीविका चलाउनु र निडर हुनु ।

विदुर नीति

- तिम्रो खुसीमा त्यही व्यक्तिहरू सामेल हुन्छन्, जसलाई तिमी चाहन्छौँ । तर, तिम्रो दु:खमा त्यही व्यक्तिहरू सामेल हुन्छन्, जसले तिमीलाई चाहन्छ ।

अज्ञात

- क्रोधले भ्रम पैदा हुन्छ, भ्रमले बुद्धि व्यग्र हुन्छ । जब बुद्धि व्यग्र हुन्छ, तब  तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ तब व्यक्तिको पतन हुन्छ ।

श्रीमद्भागवत गीता

- स्वस्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तोष सबैभन्दा ठूलो धन हो, वफदारी सबैभन्दा ठूलो सम्बन्ध हो ।

गौतमबुद्ध

- आशावादी व्यक्ति कठिन परिस्थितिहरूमा पनि आशावादी रहन्छन् । त्यस परिस्थितिमा आफ्नो अवसर खोज्छन्। नकारात्मक व्यक्तिहरू हरेक समय बहाना खोजिरहन्छन् ।

अज्ञात

- ६ प्रकारका व्यक्ति सधै दु:खी हुन्छन्, इर्ष्या गर्ने, घृणा गर्ने, असन्तोषी, क्रोधी, शंकालु र अर्कामा निर्भर गर्ने ।

विदुर नीति

- एउटा उत्कृष्ट कुरा सिंहबाट सिक्न सकिन्छ, जो व्यक्ति जे पनि गर्न चाहन्छ, त्यसलाई मनबाटै र जोडदार प्रयासका साथ गर ।

चाणक्य

- कुनैपनि काम सुरुवात गर्नका लागि महान हुनु जरुरी छैन । तर, महान हुनका लागि सुरुवातको जरुरत छ ।

अज्ञात

- आधा दु:ख गलत मानिससँग भरोसा राख्दा हुन्छ, बाँकी दुख सत्य मानिसमाथि संशय गर्दा हुन्छ ।

अज्ञात

- भिड जहिले पनि त्यही बाटोमा हिँड्छ, जुन बाटो सजिलो छ । तर, यसको मतलब यो होइन कि भिड सधैँ सही बाटोमा हिँड्छ ।

अज्ञात

- जीवनमा कठिनाई बर्बाद गर्नका लागि होइन, हाम्रो सामर्थ्य र शक्ति पैदा गर्न आउँछ ।

अज्ञात

- जो व्यक्ति परिवर्तनसँग डराउँछ, मेहनत गर्न जाँगर चलाउँदैन, ऊ कहिले पनि आफ्नो जीवनमा सफल हुँदैन । यो मानिसको सबैभन्दा ठूलो कायरता हो ।

अज्ञात

- काम (वासना), क्रोध र लोभ । यी तीन नर्कको ढोका हो ।

सन्त कवीर

- महान कार्य गर्ने एउटै तरिका हो, तिमी जे गर्दैछौ प्रेमपूर्वक गर । यदि अहिलेसम्म त्यस्तो काम मिलेको छैन भने, खोज ।

स्टिभ जब्स

- यी आठ गुणले ख्याती बढाउँछ : बुद्धि, कुलीनता, इन्द्रिय निग्रह, शास्त्रज्ञान, पराक्रम, धेरै नबोल्ने, शक्ति अनुसार दान दिने र कृतज्ञता ।

विदुर नीति

- जीवनमा जब ठूलो कुरा प्राप्त हुन्छ, तब सानो कुरालाई नभुल्नु । किनकी जहाँ सुईको काम जहाँ हुन्छ, त्यहाँ तरवारको अर्थ हुँदैन ।

अज्ञात

- ऋण, शत्रु र रोग समाप्त गर्नुपर्छ।

चाणक्य नीति

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो