२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अबको तीन साता नेपालको लागि अत्यन्तै कठिन: जनस्वास्थ्य विज्ञ डा. पाण्डे

२०७८, २८ बैशाख मंगलवार १५:२६

वैशाख २८, काठमाडौं । आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था हुने जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले बताएका छन् । अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव देखिएपछि यो अवस्था अझै तीनसाता रहने उनले बताएका छन् ।

यो तीन साता दुःख सहेर भएपनि घरभित्र नै बस्न उनको सुझाव छ । डा. पाण्डेले ३ हप्ता पछि संक्रमणको दर विस्तारै घट्दै जाने पनि बताएका छन् । 

यसैगरी, उनले जीवनको तुलनामा दु:ख सानो भएकाले खाद्यान्न किन्न दैनिक बाहिर ननिस्किन पनि सुझाव दिएका छन् । डा. पाण्डेले पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमित भएकाले बाहिर निस्कनै परेको अवस्थामा डबल मास्क लगाएर मात्रै निस्किन आग्रह गरे ।

उनले ६ फिटभन्दा धेरै दुरी कायम गर्ने, साबुन पानी/स्यानिटाइजरले निरन्तर हात सफा गरेर गर्ने, भेटघाट बन्द गर्ने जस्ता स्वास्थ्य सुरक्षाका उपाय अपनाउन पनि सवै नागरिकलाई अपिल गरेका छन् । यसपटकको कोरोना भाइरसको प्रजातिलाई नजरअन्दाज नगरी सरकारले गरेको कडाइलाई साथ दिँदै सेल्फ लकडाउनमा बस्न पनि डा. पाण्डेले आग्रह गरेका छन् ।

कोरोना महामारी रोकथाम भन्दा उपचार निकै कठिन र जोखिमपूर्ण भएकाले यो ३ हप्ता दुःख सहन सवैमा उनको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला