२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘एक दिनमा सय ग्रामभन्दा बढी मासु खानु हुँदैन’

२०७८, २७ आश्विन बुधबार ०८:००

नेपालीको घर घरमा दसैं भित्रिसकेको छ । दसैंको पहिलो दिन घरघरमा घटस्थापना गरेपछि दसैं सुरू भएको हो । 

दसैंमा सबैभन्दा धेरै मासु कै परिकार पाक्छन् । यहीकारण दसैंमा मासुको खपत अत्याधिक हुने गर्छ । सामान्य समयभन्दा यो समयमा झण्डै १० गुना बढी मासु खपत हुने अनुमान छ । विशेषत फुलपातीको दिन ल्याएको मासु दसैंभरि लगाएर खाने चलन छ । तर, यसरी सेवन गरिने मासु स्वास्थ्यका लागि भने फाइदाजनक हुँदैन । 

फुलपातीको दिन पकाएको मासु भुटेर, फ्रिजमा राखेर अनेक विधि अपनाएर स्टक गरिन्छ, तर यसरी राखिएका मासु स्वास्थका दृष्टिकोणले अस्वस्थ साबित हुन्छ ।

मासुजन्य परिकारमा शरीरका लागि आवश्यक प्रोटिन प्रशस्त हुने भए पनि धेरै मासु खानु शरीरका लागि हानीकार हुने पोषणविद् अरुणा उप्रेतीको भनाइ छ । एकजना व्यक्तिले प्रतिदिन एक सय ग्रामसम्म मासु सेवन गर्नुपर्छ । त्यो भन्दाबढी अस्वस्थ मानिन्छ । ‘चाडबाडमा सबै जनासँगै बसेर खानेकुरा खाने मात्रै काम हुन्छ । पकायो खायो जसले गर्दा भोजनमा सन्तुलन कायम हुँदैन्,’ उप्रेती भन्छिन्,’ मिलाएर खायो भने मासु लाभदायक हुन सक्छ, जथाभावी खाँदा हानीकारक हुन्छ ।’

बडादसैंको समय मौसमी फ्लु जस्ता रोगहरूको संक्रमणको जोखिम पनि हुन्छ । बालबालिका तथा वृद्धवृद्धाले अझ बढी स्वास्थ्य सतर्कता अपनाउनु पर्छ । मासु आफँैमा अत्याधिक बोसो हुने र पकाउँदा पनि धेरै तेल प्रयोग गरिने भएकोले मासु खाँदा स्वास्थ्यमा असर पुग्ने हुन्छ । 

मासुसँगै दसैंको समयमा मद्यपान गर्दा यो झनै हानिकारक हुन्छ । अझ मासु पकाउँदा आगोमा पोलेर, तारेर पकाउँदा यस्तो खान्कीले मधुमेह, उच्च रक्तचाप तथा क्यान्सर गराउने तत्व शरीरमा उत्पादन गराउन मद्दत पुर्याउँछ । साथै, पाचनप्रणालीमा समेत यसले गम्भीर असर पुर्याउन सक्छ । 


स्वस्थ मासु कसरी चिन्ने ? 

–मासुका लागि पशुपछी खरिद गर्दा स्वस्थ पशुपंछी छान्ने । 

–धेरै मासु एकैपटक नकिन्ने, आवश्यकताअनुसार किन्ने ।

–फ्रिजमा ताजा मासुलाई ४८ घण्टासम्म मात्र राख्ने । 

–फ्रिजमा मासु राख्दा छोपेर राख्ने । 

–मासुलाई टुक्रा–टुक्रा बनाएर फ्रिजमा माइनस १८ देखि ३० डिग्री सेल्सियससम्मको तापक्रममा राख्ने ।

–मासुमा अम्लियपनाको मात्रा ५.७ पीएचभन्दा कम र ६.३ पीएचभन्दा बढी हुनुहुँदैन ।

–मासु सकेसम्म ७२ डिग्री सेल्सियस तापक्रममा पकाउने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला