२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिउँसो दुई बजेपछि फलफूल खानु हुँदैन ? कतिबेला खाँदा बढी फाइदा

२०७९, १२ असार आईतवार ०९:५५

टिप्स | हरेक दिन फलफूल खाँदा शरीर स्वस्थ रहन्छ । फल शरीरका लागि निकै लाभदायी हुन्छ र यसले शरीरलाई गम्भीर रोगबाट पनि बचाउँछ त्यसैले फललाई पोषक तत्वको पावरहाउससमेत भनिन्छ । विशेषज्ञले हरेक व्यक्तिलाई फलको सेवन गर्न सल्लाह दिन्छन् । धेरैजसो मानिस बिहानको ब्रेकफास्टमा फल खान्छन्, कतिले स्न्याक्समा  । कतिले दिउँसो वा बेलुका पनि फल खान्छन् । फलफूल खाने समयको विषयमा थुप्रै भ्रमसमेत पाइन्छ । कतिले ती भ्रमलाई साँचो मान्छन् त कतिले नजरअन्दाज गर्छन् ।


फलफूल खानेबारे सबैभन्दा ठूलो भ्रम यो हो कि दिउँसो दुई बजेपछि फलफूल खानु हुँदैन । कतिले राती पनि फलफूल खानु हुँदैन भनेर सल्लाह दिन्छन् । अब फलफूललाई २ बजेपछि खाने कि नखाने भन्नेबारे जानकारी लिऔँ ।

के भन्छन् विज्ञ ?

कतिले दिउँसो २ बजेपछि त कतिले ४ बजेपछि फलफूल नखान सुझाउँछन् । धेरैको आ–आफ्नै थ्योरी हुन्छ । कतिले दिउँसो फलफूल खाँदा तौल बढ्ने त कतिले पाचन क्रिया खराब हुने बताउँछन् । कतिले त दिउँसो फलफूल खाँदा ब्लड सुगर हाई हुने भएकोले मधुमेह हुनसक्नेसमेत बताउँछन् । तर यीमध्ये कुनै पनि दाबी साँचो होइन । फाइबरको राम्रो स्रोत हुनुबाहेक फलफूलमा पोटासियम, फाइबर, भिटामिन सी र फोलेटजस्ता आवश्यक पोषक तत्व पनि पाइन्छ ।

फलफूल खानका लागि सबैभन्दा उचित समय के हो ?

विशेषज्ञका अनुसार आँप र अन्य फलफूल खाने सही समयबारे थुप्रै भ्रम फैलिएका छन् तर ती भ्रमलाई सही साबित गर्नका लागि निकै कम वैज्ञानिक प्रमाण उपलब्ध छन् । विज्ञका अनुसार फलफूलमा क्यालोरी खासै धेरै हुँदैन र यसलाई राती सेवन गर्नु त्यति खतरनाक पनि हुँदैन, त्यसैले यी भ्रमसँग नडराउनु होस् । फलफूलले शरीरलाई थुप्रै लाभदायी पोषक तत्व र फाइबर प्रदान गर्छ । फलफूल एक स्वस्थ आहारको हिस्सा हो ।

विशेषज्ञका अनुसार दिउँसो कुनै पनि समयमा फलफूल खानु राम्रो हो । तर सुत्नु तीन घण्टा अघि फलफूल वा कुनै पनि प्रकारको खाना नखान विज्ञ सुझाउँछन् । यस्तो गर्दा मज्जाले निद्रा लाग्ने र यसका कुनै साइड इफेक्ट पनि नहुने विज्ञको दाबी छ ।

स्वस्थ रहनका लगि खानुहोस् यी फल

भुइँकटहर

भुइँकटहरुलाई पोषणको भण्डार भनिन्छ । दिनदिनै एक कप भुइँकटर खाँदा १३१ प्रतिशत भिटामिन सी र ७६ प्रतिशत म्यागनिज प्रदान गर्छ । भुइँकटहरमा ब्रोमेलेन पाइन्छ जुन एन्टी इन्फ्लेमेटरी एन्जाइमको मिश्रण हुन्छ र प्रोटिनलाई पचाउने क्षमताका लागि परिचित छ । टेस्ट ट्युब र जनावरमाथि भएको अनुसन्धानले भुइँकटहरुमा पाइने ब्रोमेलेन क्यान्सर र ट्युमरलाई बढ्नबाट रोक्छ भन्ने तथ्य फेला परेको छ ।

स्याउः

स्याउ सबैभन्दा लोकप्रिय र पोषणले भरिपूर्ण फलमध्येको एक हो । यसमा उच्च मात्रामा फाइबर, भिटामिन सी, पोटासियम, भिटामिन के र भिटामिन बी पाइन्छ । अनुसन्धानमा पत्ता लागे अनुसार स्याउमा पाइने एन्टीअक्सिडेन्टले मुटुलाई स्वस्थ राख्छ र टाइप टु मधुमेह, क्यान्सर र अल्जाइमरको खतरालाई पनि कम गर्छ । यसबाहेक स्याउले हड्डीको घनत्व पनि बढाउँछ । स्याउमा पाइने पेक्टिनले आन्द्रामा राम्रो ब्याक्टेरियालाई बढाउँछ र पाचन र मेटाबोलिजमलाई उत्कृष्ट बनाउँछ ।

अनार

अनारलाई पनि स्वस्थ फलमध्ये एक मानिन्छ । ग्रीन टी र रेड वाइनको तुलनामा अनारमा तीन गुणा बढी एन्टीअक्सिडेन्ट पाइन्छ । अनुसन्धानमा पत्ता लागे अनुसार अनारमा पाइने एन्टी इन्फ्लेमेटरी गुणले क्यान्सरको खतरालाई कम गर्न मद्दत गर्छ ।

खरबुजा

खरबुजामा भिटामिन ‘ए’ र ‘सी’ प्रचुर मात्रामा पाइन्छ । यसमा लाइकोपिन, क्यारोटिनोयड र क्यूक्रिबिटासिन इ जस्ता एन्टिअक्सिडेन्ट पाइन्छन् जुन क्यान्सरजस्ता गम्भीर रोगबाट जोगाउँछ । लाइकोपिनले मुटुलाई स्वस्थ राख्छ र बढेको रक्तचाप र कोलेस्ट्रोललाई कम गर्छ । खरबुजा खाँदा शरीरमा कहिले पनि पानीको कमी हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला