मस्तिष्कघातका तीनवटा अस्वाभाविक लक्षण चिन्नु राम्रो !

साझासवाल

वासिङटन | मस्तिष्कघात हुनुअघि मानव शरीरमा अनौठा तर कम परिचित लक्षणहरू देखिने गरेको यस सम्बन्धी अनुसन्धान पछि तयार पारिएको एक प्रतिवेदनमा जनाइएको छ ।

पछिल्लो एक अध्ययनले महिलाहरूलाई टाउको दुख्ने, अन्यौल महसुस हुने वा पुरुष भन्दा तिनीहरू बढी मात्रामा अचेत अवस्थामा पुग्ने गरेको पत्ता लगाएको छ ।

अमेरिकामा मानिसहरूको मृत्युको एक प्रमुख कारण मस्तिष्कघात पनि हो । तर, लक्षण देखापरेको सुरुका अवस्थामा नै उपचार गरिएको खण्डमा यसबाट ज्यान जोगाउन पनि सकिन्छ ।

अमेरिकी ह्रदय संगठन (एएचए)ले अस्वाभाविक र कम पहिचान भएका मस्तिष्कघातका लक्षणहरूलाई नयाँ प्रतिवेदनमा उल्लेख गरेको छ ।

मानव मस्तिष्कमा रक्तसञ्चारमा अवरोध पुगेमा र अक्सिजनको अभाव भएमा मस्तिष्कमा क्षति पुग्नुलाई नै मस्तिष्कघात भनिन्छ ।

एएचएले भनेको छ, “मस्तिष्कघातका लक्षण चिनेर आवश्यक कदम उठाउनु महत्वपूर्ण छ । समयमै उपचार गरेमा दीर्घकालीन अशक्ततता र मृत्युबाट बच्न सकिन्छ ।”

रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)का अनुसार प्रत्येक ४० सेकेन्डमा अमरिकामा एकजनालाई मस्तिष्कघात हुने गरेको छ ।

मस्तिष्कघातको सिकार जो कोही पनि हुनसक्ने तर यसको खतराको परिमाण भने मानिसपच्छिे नै फरक हुने गरेको बताइएको छ । उदाहरणका लागि गोरा जातिको तुलनामा काला जातिमा पहिलोपटक हुने मस्तिष्कघातको खतरा दोब्बर हुने गरेको (सीडीसी)ले जनाएको छ । साथै ५५ वर्षको उमेर पुगेपछि प्रत्येक दशक मस्तिष्कघात हुने सम्भावना दोब्बर हुँदै जाने बताइएको छ ।

चिकित्सकीय अवस्थाहरू जस्तै मधुमेह, उच्च रक्तचाप, मोटोपना तथा उच्च कोलेस्टेरोलले मानिसमा मस्तिष्कघातको सम्भावना बढाउन सक्छन् ।

Leave a Comment

Leave a Reply