१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राति सुत्नुअघि अनुहारमा तोरीको तेल लगाउनुहोस्, पाउनुहुनेछ यस्ता फाइदा…..

२९ भाद्र २०७९, बुधबार ०८:०५

काठमाडौँ | अनुहारको छालालाई स्वस्थ राख्न मानिसहरु महँगा  उत्पादन प्रयोग गर्ने गर्छन् । विभिन्न प्रकारका क्रिम र लोसन प्रयोग गरिन्छ, तर तिनीहरूमध्ये धेरैजसोमा केमिकलहरू मात्र हुन्छन् जसले छालालाई राम्रो बनाउनुको साटो  खराब बनाइरहेको हुन्छ । यसका साथै, छालामा एलर्जी जस्ता समस्या पनि आउन सक्छ । तर अब प्रश्न उठ्छ कि छालालाई स्वस्थ राख्न र प्राकृतिक रूपमा छालालाई मोइस्चराइज गर्न के गर्न सकिन्छ ?


अनुहारको छाला होस् वा शरीरका अन्य भाग, छालामा तेल लगाउनुभन्दा राम्रो अरू केही छैन जुन हामीमध्ये धेरैलाई थाहा छैन । अनादिकालदेखि नै छालालाई मोइश्चराइज गर्ने सबैभन्दा प्रभावकारी तरिका तेल हो – विशेष गरी तोरीको तेल । तोरीको तेल लगाउनाले छालालाई मोइस्चराइज मात्र गर्दैन, यसले अनुहार र छालाको धेरै समस्याहरू पनि हटाउँछ । साथै राति अनुहारमा तोरीको तेल लगाएर सुत्दा छालालाई अचम्मको फाइदा हुन्छ । यस लेखमा, हामी तपाईंलाई राती अनुहारमा तोरीको तेल लगाउने पाँच फाइदाबारे जानकारी दिइरहेका छौँ ।

रातभर अनुहारमा तोरीको तेल लगाउनुका फाइदा

१. सुख्खा छालाबाट छुटकारा दिलाउँछ

तोरीको तेल प्राकृतिक मोइस्चराइजर हो । यसले छालाको मोइस्चरलाई लक गर्न र पोषण प्रदान गर्न मद्दत गर्दछ । यो सुख्खा छालाको समस्या हटाउन निकै प्रभावकारी हुन्छ ।

२.चाया–डण्डीफोर टाढा राख्छ

तोरीको तेलमा एन्टिअक्सिडेन्ट र एन्टिब्याक्टेरियल गुण हुन्छ । यसले छालामा रहेको हानिकारक ब्याक्टेरियासँग लड्न र हटाउन मद्दत गर्छ । छालाको घाउ चाँडै निको पार्छ र चाया र पोतो कम गर्न मद्दत गर्दछ ।

३. छालामा निखार ल्याउँछ उज्यालो

हरेक रात सुत्नुअघि तोरीको तेल लगाउनाले अनुहारको छालामा निखार आउँछ । यसले अनुहारको टेनिङ, पिग्मेन्टेसन, र दाग कम गर्न पनि मद्दत गर्छ । यसले तपाईंलाई सफा र चम्किलो छाला प्राप्त गर्न मद्दत गर्छ ।

४. छालालाई कसिलो बनाउँछ

तोरीको तेलले अनुहारको छालालाई कसिलो बनाउन मद्दत गर्छ, जसले फाइन लाइन, चाउरी र छिद्रहरू खुम्चिन्छ र तपाईंलाई जवान देखाउँछ ।

५. मृत छालालाई सफा गर्छ

एन्टिअक्सिडेन्ट गुणले धनी, तोरीको तेलले फ्री रेडिकलसँग लड्न र मृत छालाका कोशिकाहरूलाई सफा गर्न मद्दत गर्दछ । यसले छालाको लागि प्राकृतिक एक्सफोलिएटरको रूपमा काम गर्छ र छालालाई गहिरो रूपमा सफा गर्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट