२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीब्र रुपमा तौल घटाउनका लागि बेलुकाको खानामा खानुहोस् यी ५ तरकारी, बोसो कम हुन्छ

२५ आश्विन २०७९, मंगलवार ०६:४१

काठमाडौं । तौल घटाउन मानिसले के मात्रै गर्दैनन् ? घण्टौँ व्यायाम, स्वस्थ खानपान र जीवनशैली नै परिवर्तन गरेपनि कतिको तौल घटिरहेको हुँदैन । यस्तो अवस्थामा के खाँदा तौल छिटो भन्ने कुरा धेरैलाई थाहा हुँदैन  तौल बढ्नुको सबैभन्दा ठूलो कारण भनेको रातीको खाना हो । राती अस्वस्थकर खानेकुराका कारण तौल द्रुत गतिमा बढ्छ । यस्तो अवस्थामा तौल घटाउन रातिको खानामा यी तरकारीहरू समावेश गर्नुहोस् । यसो गर्दा तौल घटाउन मद्दत पुग्छ, यसका साथै यी तरकारीले रोग प्रतिरोधात्मक क्षमता पनि बलियो बनाउँछ । यसको नियमित सेवनले पेटको बोसो घटाउन पनि मद्दत गर्छ । यसबारे जानकारी लिऔं ।

लौका

लौका शरीरका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवनले तौल घटाउन मद्दत गर्छ । बेलुकीको खानामा लौकाको तरकारी खाँदा तौल घटाउनुका साथै पेटको बोसो घटाउन पनि मद्दत पुग्छ । लौका सजिलै पच्ने खानेकुरा हो । यो पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । यसको सेवनले शरीर स्वस्थ रहन्छ । लौकामा क्याल्सियम, आइरन र जिंक आदि प्रशस्त मात्रामा पाइन्छ ।

केल

केल एक प्रकारको हरियो तरकारी हो । यो बन्दागोभीको प्रजातिमा पर्छ । यो तरकारी पनि शरीरका लागि निकै फाइदाजनक हुन्छ । यसमा प्रशस्त मात्रामा आइरन पाइन्छ, जसले शरीरमा रगतको मात्रा बढाउन मद्दत गर्छ । बेलुकीको खानामा केल खाँदा पेटको बोसो कम हुनुका साथै तौल घट्छ । केल खाँदा शरीरको मेटाबोलिजम बढ्छ र तौल घटाउन मद्दत गर्छ ।

Healthy Indian Vegetarian Alternatives to Kale in Hindi | केल जितनी ही  फायदेमंद होती हैं ये 5 देसी सब्जियां, डाइट में जरूर करें शामिल |  Onlymyhealth – विदेशी सुपरफूड केल (Kale …

पालुङ्गो

पालुङ्गो पनि शरीरका लागि निकै फाइदाजनक हुन्छ । पालुङ्गोको तरकारीमा प्रशस्त मात्रामा आइरन पाइन्छ । यसले शरीरको हेमोग्लोबिन बढाउन मद्दत गर्छ । यसले तौल घटाउनुका साथै  पेटको बोसो पनि घटाउँछ । पालुङ्गोको सुपसमेत बनाएर खान सकिन्छ ।

कसरी एक घर एक खिडकी मा पालुङ्गो बढ्न?

ब्रोकली

ब्रोकलीले तौल घटाउन मद्दत गर्छ । ब्रोकलीमा फाइबर, आइरन, क्याल्सियम, पोटासियम, फोलिक एसिड र भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ जसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । ब्रोकली निकै छिटो पच्छ पनि । मुटुलाई स्वस्थ राख्नुका साथै यसले शरीरको हड्डीलाई बलियो बनाउन पनि मद्दत गर्छ । ब्रोकलीलाई सलाद बनाएर सजिलै खान सकिन्छ ।


गाजर

गाजर शरीरको लागि धेरै स्वस्थकर छ । गाजरलाई जुनसुकै तरकारीमा मिसाएर खान सकिन्छ । गाजरमा आइरन, फाइबर, कार्बोहाइड्रेट, प्रोटिन र पोटासियम प्रचुर मात्रामा पाइन्छ । गाजरले तौल घटाउनुका साथै पेटको बोसो पनि घटाउँछ । गाजर खाँदा शरीरको कमजोरी हट्छ र छाला पनि चम्किलो हुन्छ ।

गाजर खाने के फायदे और नुकसान – Gajar ke Fayde aur Nuksan – Carrots Benefits  and Side Effects in Hindi

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै