२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दूधमा मखनाको धूलो मिसाएर पिउनुहोस्, स्वास्थ्यलाई मिल्छ ५ अचम्मका फाइदा

१५ कार्तिक २०७९, मंगलवार ०८:१८

काठमाडौँ | मखनाको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ भन्ने कुरा हामी सबैलाई थाहा छ । हामीमध्ये धेरैले मखनालाई विभिन्न तरिकाले उपभोग गरेका छौँ । तर के तपाईंले कहिल्यै दूधमा मखना पाउडर मिसाएर खानुभएको छ ? दूधमा मखना पाउडर मिसाएर पिउनाले अथाह स्वास्थ्य लाभ मिल्छ भन्ने तपाईंलाई थाहा छ ? दूधमा क्याल्सियम, भिटामिन, प्रोटिन आदि प्रचुर मात्रामा पाइन्छ ।


यस्तै, मखनाको कुरा गर्दा यसमा प्रोटिन, क्याल्सियम, स्वस्थ फ्याटका साथै धेरै आवश्यक भिटामिन र मिनरल्स पनि पाइन्छ । भारतकी क्लिनिकल न्यूट्रिशनिस्ट तथा डाइटिशियन गरिमा गोयलका अनुसार हरेक रात सुत्नुअघि दूधमा १–२ चम्चा मखनाको धूलो मिसाएर खाएमा यसले धेरै स्वास्थ्य लाभ दिन्छ । यस लेखमा हामी तपाईलाई यसका ५ फाइदाहरु बताइरहेका छौँ ।

दूधमा मखनाको धुलो हालेर पिउनुका फाइदा

१. हड्डी बलियो हुन्छ

प्रोटिन, क्याल्सियम जस्ता आवश्यक पोषक तत्वहरूको प्रचुर मात्राको कारणले गर्दा, यो संयोजनले तपाईंको दाँत र हड्डीहरूलाई बलियो बनाउन मद्दत गर्दछ । यसले दाँत झर्ने र कमजोर हुनबाट रोक्छ, साथै हड्डी भाँच्चिने जोखिमलाई कम गर्छ ।

२. शरीर बलियो बनाउँछ

शारीरिक कमजोरी हटाएर यो संयोजनले तपाईंको शरीरलाई भित्रबाट बलियो बनाउँछ । यसले तपाईंको शरीरलाई ऊर्जा प्रदान गर्छ र थकान हटाउँछ । यसले शरीरलाई पोषण प्रदान गर्न पनि फाइदा गर्छ । यसले मांसपेशीलाई पनि बलियो बनाउँछ ।

३. पेट स्वस्थ राख्छ

बिहान पेट राम्ररी सफा नहुने समस्या पनि यसले हटाउँछ । राति सुत्ने बेलामा यो खाँदा पेट सम्बन्धी समस्याबाट बच्न सकिन्छ । यसले तपाईंको पाचन क्रियालाई स्वस्थ राख्न मद्दत गर्छ । कब्जियत, पेट दुख्ने, पेट फुल्ने, पखाला लाग्नेजस्ता समस्यालाई टाढा राख्न यसले सहयोगी भूमिका निर्वाह गर्छ ।

४. मुटु स्वस्थ राख्छ

मखनामा अल्कालोइड यौगिकहरू पाइन्छ, जसले हृदय रोगको जोखिम कम गर्न मद्दत गर्दछ । यसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । दूध र मखनाको धूलोको सेवनले मुटुको मांसपेशी पनि स्वस्थ रहन्छ र मुटुले राम्रोसँग काम गर्छ ।

५. ब्लड सुगरलाई नियन्त्रणमा राख्छ

दूध र मखनाले तपाईंको पाचन मात्र सुधार गर्दैन, यसले रगतमा चिनीको मात्रालाई पनि नियन्त्रण गर्छ । मखनामा एन्टी–डायबेटिक गुण हुन्छ, जसले ब्लड सुगरलाई मात्र नियन्त्रणमा राख्दैन, मधुमेहको लक्षणबाट पनि राहत दिन्छ । ओन्ली माई हेल्थ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै