२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अण्डाको सेतो वा पूरै भाग ? कोलेस्ट्रोल भएकाहरुलाई कुन बढी फाइदाजनक ?

२०७९, २२ मंसिर बिहीबार ०७:२८

काठमाडौँ | अण्डा स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । अण्डामा पाइने पोषक तत्व शरीरका लागि निकै फाइदाजनक हुन्छ । बिहानको खाजामा उसिनेको अण्डा वा ओमलेट खानु पनि निकै फाइदाजनक मानिन्छ । अण्डामा पाइने प्रोटिन र अन्य पोषक तत्वले शरीरलाई स्वस्थ बनाउन धेरै नै मद्दत पुर्याउँछ । तर अण्डा खाँदा कोलेस्ट्रोल बढ्छ र यसले मुटु सम्बन्धी रोगको जोखिम बढ्न सक्छ भन्ने धेरैको विश्वास छ । तर त्यस्तो पटक्कै होइन । मानिसहरु प्रायः यो प्रश्न सोध्छन् कि कोलेस्ट्रोलको समस्यामा अण्डाको सेतो भाग खाने कि पुरै अण्डा खाने ? यस लेखमा हामी तपाईंलाई उच्च कोलेस्ट्रोलको समस्यामा अण्डाको सेतो भाग खाने कि पुरै अण्डा खाने भन्नेबारे जानकारी दिँदै छौँ ।


उच्च कोलेस्ट्रोलमा अण्डाको सेतो भाग वा पूरै अण्डा खाने ?

उच्च कोलेस्ट्रोलको समस्यामा मानिसहरु प्रायः अण्डा खाने कुरामा अलमलमा पर्छन् । यो समस्यामा धेरैले अण्डाको सेतो भाग मात्र खानुपर्छ भन्ने विश्वास गर्छन् भने कतिपयले पुरै अण्डा खाँदा पनि कोलेस्ट्रोल बढ्दैन भन्ने विश्वास गर्छन् । अण्डामा राम्रो कोलेस्ट्रोल हुन्छ र यसको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ भन्ने धेरै अनुसन्धान र अध्ययनमा भनिएको छ । अण्डाको पहेँलो भागमा कोलेस्ट्रोलको मात्रा बढी हुन्छ । यसमा पाइने एचडीएल कोलेस्ट्रोल शरीरका लागि निकै उपयोगी हुन्छ । यसबाहेक अण्डामा पाइने भिटामिन बी, भिटामिन ए, आइरन, प्रोटिन, हेल्दी फ्याट, क्याल्सियम आदि पनि शरीरका लागि निकै फाइदाजनक हुन्छ ।

उच्च कोलेस्ट्रोलको समस्यामा अण्डा कसरी खाने ?

उच्च कोलेस्ट्रोल भएका बिरामीका लागि पनि अण्डाको सेवन निकै फाइदाजनक हुन्छ । यस्तो समस्यामा अण्डा खाँदा केही कुरामा ध्यान दिनुपर्छ । अण्डामा पाइने गुण र पोषक तत्वको पूर्ण लाभ लिनको लागि तपाईंले यसको सेवन गर्दा केही कुरालाई ध्यानमा राख्नुपर्छ । यदि तपाई उच्च कोलेस्ट्रोलको समस्याबाट ग्रसित हुनुहुन्छ भने तेल वा बटरमा भुटेको अण्डा नखानुहोस् । उच्च कोलेस्ट्रोलका बिरामीले उसिनेको अण्डा खान सक्छन् । २ वा ३ भन्दा बढी अण्डा खानुहुन्छ भने पहेँलो भाग निकालेर खानुहोस् ।

यदि तपाईंले यसको सेवन गर्दा माथि उल्लेखित कुराहरूमा ध्यान दिनुभयो भने उच्च कोलेस्ट्रोलको समस्यामा अण्डाको सेवन धेरै लाभदायक हुन्छ । दिनमा धेरै अण्डा खानुको सट्टा नियमित रूपमा २ वा ३ अण्डा खाँदा फाइदा हुन्छ । उच्च कोलेस्ट्रोलका बिरामीका लागि दिनमा ३ देखि ४ वटा अण्डा खानु फाइदाजनक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला