२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अण्डाको सेतो वा पूरै भाग ? कोलेस्ट्रोल भएकाहरुलाई कुन बढी फाइदाजनक ?

२२ मंसिर २०७९, बिहीबार ०७:२८

काठमाडौँ | अण्डा स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । अण्डामा पाइने पोषक तत्व शरीरका लागि निकै फाइदाजनक हुन्छ । बिहानको खाजामा उसिनेको अण्डा वा ओमलेट खानु पनि निकै फाइदाजनक मानिन्छ । अण्डामा पाइने प्रोटिन र अन्य पोषक तत्वले शरीरलाई स्वस्थ बनाउन धेरै नै मद्दत पुर्याउँछ । तर अण्डा खाँदा कोलेस्ट्रोल बढ्छ र यसले मुटु सम्बन्धी रोगको जोखिम बढ्न सक्छ भन्ने धेरैको विश्वास छ । तर त्यस्तो पटक्कै होइन । मानिसहरु प्रायः यो प्रश्न सोध्छन् कि कोलेस्ट्रोलको समस्यामा अण्डाको सेतो भाग खाने कि पुरै अण्डा खाने ? यस लेखमा हामी तपाईंलाई उच्च कोलेस्ट्रोलको समस्यामा अण्डाको सेतो भाग खाने कि पुरै अण्डा खाने भन्नेबारे जानकारी दिँदै छौँ ।


उच्च कोलेस्ट्रोलमा अण्डाको सेतो भाग वा पूरै अण्डा खाने ?

उच्च कोलेस्ट्रोलको समस्यामा मानिसहरु प्रायः अण्डा खाने कुरामा अलमलमा पर्छन् । यो समस्यामा धेरैले अण्डाको सेतो भाग मात्र खानुपर्छ भन्ने विश्वास गर्छन् भने कतिपयले पुरै अण्डा खाँदा पनि कोलेस्ट्रोल बढ्दैन भन्ने विश्वास गर्छन् । अण्डामा राम्रो कोलेस्ट्रोल हुन्छ र यसको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ भन्ने धेरै अनुसन्धान र अध्ययनमा भनिएको छ । अण्डाको पहेँलो भागमा कोलेस्ट्रोलको मात्रा बढी हुन्छ । यसमा पाइने एचडीएल कोलेस्ट्रोल शरीरका लागि निकै उपयोगी हुन्छ । यसबाहेक अण्डामा पाइने भिटामिन बी, भिटामिन ए, आइरन, प्रोटिन, हेल्दी फ्याट, क्याल्सियम आदि पनि शरीरका लागि निकै फाइदाजनक हुन्छ ।

उच्च कोलेस्ट्रोलको समस्यामा अण्डा कसरी खाने ?

उच्च कोलेस्ट्रोल भएका बिरामीका लागि पनि अण्डाको सेवन निकै फाइदाजनक हुन्छ । यस्तो समस्यामा अण्डा खाँदा केही कुरामा ध्यान दिनुपर्छ । अण्डामा पाइने गुण र पोषक तत्वको पूर्ण लाभ लिनको लागि तपाईंले यसको सेवन गर्दा केही कुरालाई ध्यानमा राख्नुपर्छ । यदि तपाई उच्च कोलेस्ट्रोलको समस्याबाट ग्रसित हुनुहुन्छ भने तेल वा बटरमा भुटेको अण्डा नखानुहोस् । उच्च कोलेस्ट्रोलका बिरामीले उसिनेको अण्डा खान सक्छन् । २ वा ३ भन्दा बढी अण्डा खानुहुन्छ भने पहेँलो भाग निकालेर खानुहोस् ।

यदि तपाईंले यसको सेवन गर्दा माथि उल्लेखित कुराहरूमा ध्यान दिनुभयो भने उच्च कोलेस्ट्रोलको समस्यामा अण्डाको सेवन धेरै लाभदायक हुन्छ । दिनमा धेरै अण्डा खानुको सट्टा नियमित रूपमा २ वा ३ अण्डा खाँदा फाइदा हुन्छ । उच्च कोलेस्ट्रोलका बिरामीका लागि दिनमा ३ देखि ४ वटा अण्डा खानु फाइदाजनक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै