१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिसो मौसमका कारण बन्द नाक खोल्न प्याज धेरै फाइदाजनक, जान्नुहोस् कसरी प्रयोग गर्ने ?

२८ मंसिर २०७९, बुधबार ०६:४३

काठमाडौँ | जाडो मौसममा चिसोका कारण बन्द नाक बन्द भएर धेरैलाई सताउने गर्छ । वास्तवमा चिसो मौसमका कारण भाइरस र ब्याक्टेरियाको आक्रमण बढी हुन्छ । यिनीहरूको सङ्क्रमण हुँदा नाक भित्रको झिल्ली सुन्निन्छ र यस कारणले नाक बन्द हुन्छ । नाक बन्द हुँदा सास फेर्न धेरै गाह्रो हुन्छ । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसमा यो समस्या धेरै देखिन्छ । नाक बन्द हुँदा मानिसहरु सबै प्रकारका घरेलु उपचार वा औषधि सेवन गर्छन् । नाक बन्द हुने समस्यामा प्याजको प्रयोग निकै फाइदाजनक हुन्छ । प्याजको प्रयोगले नाक बन्द हुने समस्याबाट तुरुन्तै फाइदा हुन्छ । यस बारे विस्तृत जानकारी लिऔँ ।


नाक बन्द हुँदा प्याज

प्याज हरेक घरमा सलाद र तरकारी बनाउन प्रयोग गरिन्छ । यसमा पाइने गुण र पोषक तत्व स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । प्याजमा रहेको गुणका कारण यसलाई आयुर्वेद र परम्परागत चिकित्सामा परापूर्वकालदेखि प्रयोग गर्दै आएको छ । प्याजमा भिटामिन, मिनरल्स र अन्य धेरै गुण हुन्छ । बन्द भएको नाक खोल्न प्याजको रस र बोक्राको प्रयोग निकै फाइदाजनक हुन्छ । प्याजमा एन्टिबायोटिक, एन्टि–माइक्रोबियल, कार्मिनेटिभ गुण हुन्छ जसले शरीरलाई संक्रमण र रोगबाट बचाउन निकै फाइदाजनक हुन्छ । यसबाहेक यसमा पाइने सल्फर, फाइबर, पोटासियम र भिटामिनको मात्राले शरीरलाई पोषण दिन्छ ।

नाक बन्द हुने समस्यामा प्याज कसरी प्रयोग गर्ने ?

नाक बन्द हुने समस्यामा प्याजको रस र यसको बोक्राको प्रयोग निकै फाइदाजनक हुन्छ । नाक बन्द हुने समस्याबाट छुटकारा पाउन यी उपाय अपनाउन सक्नुहुन्छ–

१. नाक बन्द हुने समस्यामा प्याजको बोक्रालाई ४ देखि ५ मिनेटसम्म सुँघ्दा फाइदा हुन्छ । यसमा पाइने गुणले नाकलाई  राहत दिन्छ ।

२. नाक बन्द हुने समस्यामा पनि प्याजको रसको प्रयोग निकै फाइदाजनक मानिन्छ । यस्तो समस्यामा रातो प्याजको रस निकालेर त्यसको केही थोपा नाकमा हाल्नुहोस् । यसो गर्नाले तत्काल लाभ मिल्नेछ ।

प्याजमा पाइने गुणले नाक भित्र हुने ब्याक्टेरिया र भाइरसलाई हटाउने काम गर्छ । यसको प्रयोगले तपाईंको नाक भित्रको झिल्लीमा सुन्निने समस्यालाई कम गर्छ र धेरै हदसम्म राहत प्रदान गर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह