१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के प्याजको रसले साँच्चै कपाल झर्न रोक्छ ? यस्तो छ वास्तविकता

६ पुष २०७९, बुधबार ०७:३८

काठमाडौँ | पछिल्लो केही समयमा प्याजको रस कपाल झर्न रोक्नका लागि र कपालको स्वास्थ्यका लागि निकै चर्चित भएको छ । सेलिब्रिटी, सोसल मिडिया इन्फ्लुएन्सर, भ्लगरको प्रचारका कारण पनि घर–घरमा कपालका लागि प्याजको रसको प्रयोग बढिरहेको छ । वास्तवमा प्याजको रसमा भरपुर मात्रामा सल्फर पाइन्छ । सल्फर टाउकोको छाला (स्केल्प) को रक्त सञ्चारलाई राम्रो बनाउँछ । यसले नयाँ कपाल उमार्न मद्दत गर्छ र यसले गर्दा कपाल घना हुन्छ ।


कपालका लागि के फाइदाजनक छ प्याजको रस ?

सल्फरबाहेक प्याजमा फोलिक एसिड, भिटामिन सी, पोटासियम र प्रोटिनजस्ता तत्व पाइन्छन् जुन कपालका लागि निकै राम्रो हुन्छन् । यसको अत्यधिक प्रचार प्रसार र हरेक घरमा सहजै पाइने भएका कारण पनि प्याजलाई हेयरकेयरमा प्रयोगको चलन थप बढिरहेको छ । तर के प्याजको रस कपालका सबै समस्या हटाउन सक्षम छ, यस प्रश्नको जवाफ यहाँ दिने कोसिस गरिएको छ ।

कपालमा प्याजको असरमा विज्ञको धारणा

भारतकी कन्सल्टेन्ट डर्मेटोलोजिस्ट डा. मानसी शिरोलिकर भन्छिन्, ‘कपाल केराटिन (एक प्रकारको प्रोटिन) ले बनेको हुन्छ जसमा सल्फर पाइन्छ । प्याजको रस सल्फरले भरपुर हुन्छ । जब यो कपाल र टाउकोको छालामा जान्छ, यसले कपाललाई थप बलियो र घना बनाउनका लागि अतिरिक्त सल्फर प्रदान गर्ने काम गर्छ । सल्फरले कपाल झर्न रोक्छ र कपालको विकासलाई बढाउन मद्दत गर्छ ।’

यस्तै, अर्की छाला विशेषज्ञ डा. आँचल पन्थ भन्छिन्, ‘यसमा कुनै शंका छैन कि एन्टिअक्सिडेन्ट र भारी मात्रामा सल्फर भएका कारण प्याज कपाल बढाउन निकै राम्रो हुन्छ ।’

डा. पन्थले थपिन्, ‘थुप्रै आर्टिकलमा यो दाबी गरिएको छ कि प्याजको रस एलोपेसिया एरिटा भएको अवस्थामा पनि फाइदाजनक हुनसक्छ । एलोपेसिया एरिटा एउटा अटोइम्युन स्थिति हो जसमा केही कोसिकाले कपालको रोम छिद्रलाई हानी पुर्याउँछ । यस्तो भएको खण्डमा टाउकोमा छालामा गोलो–गोलो दाग बन्ने गर्छ र यसमा कपाल उम्रिँदैन । यो हेर्दा पनि निकै नराम्रो हुन्छ । कपाल झर्ने वा कपाल पातलो हुनुको सबैभन्दा साधारण कारण एन्ड्रोजेनेटिक एलोपेसिया हो । एलोपेसिया एरिटा र एन्ड्रोजेनेटिक एलोपेसियामा प्याजको रस प्रभावकारी हुनुको कुनै वैज्ञानिक डाटा उपलब्ध छैन ।’

सावधानीपूर्वक गर्नुहोस् प्यासको रसको प्रयोग 

डा. मानसी शिरोलिकरका अनुसार कपाललाई पुनः उमार्नका लागि प्याजको रसको प्रयोग खासै अनुसन्धान गरिएको छैन । एउटा सानो अध्ययनमा पत्ता लागेको छ कि दिनमा दुई पटक टाउकोको छालामा प्याजको रस लगाउँदा केही मानिसको कपाल पलाउन मद्दत मिल्न सक्छ ।

अर्को एउटा शोधमा पनि हामीले देखेका छौँ कि लगभग ७४ प्रतिशत प्रतिशत सहभागिका चार हप्तामा केही कपाल पुनः उम्रिएका थिए जबकी केही हप्तामा लगभग ८७ प्रतिशत मानिसमा पुनः कपाल उम्रिएनन् । विशेष कुरा यो हो कि यी सबै सहभागीमा एलोपेसिया एरिटाको स्थिति थियो । साधारणतया कपाल झर्नु टेलोजन एफ्लुवियम वा एन्ड्रोजेनेटिक एलोपेसियाका कारण बढी हुन्छ । तर यस्तो प्रकारको कपाल झर्ने समस्यामा प्याज कति प्रभावकारी हुनसक्छ, यसबारे हाल कुनै अनुसन्धान गरिएको छैन ।

के प्याजको रसको कुनै फाइदा छ ?

यो हप्तामा डा. पन्थले शरीरको घाउ निको पार्नमा प्याजको रसमाथि बढी मात्रमा अनुसन्धान गरिएको छ । कुनै सानो वा ठूलो घाउमा दुई हप्ताभित्र प्याजको रस लगाउँदा घाउ निको हुने र त्यसको दाग छिट्टै ठिक हुन मद्दत मिल्छ ।

कपालमा प्याजको रस प्रयोग गर्ने कि नगर्ने ?

यसबारे उनी भन्छिन्, ‘म कसैलाई पनि स्पष्ट रुपमा कुनै विशेषज्ञको परमर्श बिना त्यसको प्रयोग गर्न सल्लाह दिन्नँ । दुर्भाग्यपश मैले यस्ता थुप्रै रोगी पनि देखेको छु जसले प्याजको रस लगाएपछि टाउको चिलाउनेदेखि डर्मेटाइटिस (टाउकोको छाला रातो हुने, सुन्निने) र गम्भीर रुपमा कपाल झर्ने समस्या देखेको छु ।’

डा. पन्थले थपिन्, ‘प्याजको रसले आफैँमा तपाईंको छाला र आँखालाई क्षती पुर्याउन सक्छ । पहिलादेखि नै कुनै समस्यासँग जुधिरहेका व्यक्तिले छालामा प्याजको रस लगाउँदा थप समस्या निम्त्याउन सक्छ । तरपनि तपाईं प्याजको रस प्रयोग गर्न चाहनुहुन्छ भने यसका लागि निश्चित रुपमा एक पटक भए पनि विशेषज्ञको सल्लाह लिनुहोस् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह