३० आश्विन २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तौल घटाउन देखि क्यान्सर रोक्न सम्म अमृततुल्य हो मेवा, जान्नुहोस् फाइदाहरु !

८ माघ २०७९, आईतवार ०५:३४

एजेन्सी | मेवा कसलाई मन नपर्ला र ? अझ बोटमै पाकेको मेवा झन् आहा । ‘सेवा गरे, मेवा मिल्छ’ उखान यसै बनाइएको होइन । मेवा सबैलाई मन पर्ने फलफुल भित्र पर्ने भएकोले नै यो उखान बनाएका हुनुपर्छ हाम्रा पुर्खाहरुले । मेवा खानको लागि मात्र स्वादिष्ट छैन । यो स्वास्थ्यको लागि पनि अति फाइदाजनक हुन्छ । मेवा स्वास्थ्यका लागि धेरै लाभदायक फल हो । पेटका लागि मेवा वरदान हो किनकि यसमा भिटामिन ए, बी, सी र फाइबर भरपूर हुन्छ । यसका अतिरिक्त यसमा फस्फोरस, पोटेसियम, आइरन, एन्टीअक्सिडेन्ट्स, कार्बोहाइड्रेट, प्रोटीन र सोडियम जस्ता खनिज पदार्थ छन् । यी सबै स्वास्थ्यका लागि राम्रो हुन्छन् ।

१. मेवाको स्वास्थ्यवर्धक गुणः

गुणको खानी भनिने मेवा तपाईंको पेटका साथै तपाईंको छालाको सुन्दरता बढाउन पनि सहयोग गर्दछ। यो एउटा यस्तो फल हो जसमा भिटामिन सी, ए, पोटासियम, क्याल्सियम र आइरन प्रचुर मात्रामा पाइन्छन्। यसका साथै स्वास्थ्यका लागि हितकारी पनि मानिन्छ। मेवाका केही उत्कृष्ट स्वास्थ्य लाभका सूची यहाँ दिइएका छन्।

२. तौल घटाउन सहयोगीः

गुलियो भएता पनि क्यालोरीमा कम मेवालाई तौल कम गर्न चाहना राख्नेहरुले आफ्नो खानामा समावेश गर्नुपर्छ । यसका साथै मेवामा पाइने फाइबरले तपाईंको भोकलाई मेटाउने गर्दछ भने आन्द्राको कार्यलाई ठिक स्थानमा राख्दछ । फलस्वरुपः तौल घटाउन सजिलो हुने गर्दछ ।

३. आँखाको लागि फाइदाजनकः

मेवा आँखाका रोगीहरुका लागि निकै फाइदाजनक मानिन्छ । यसमा प्रचुर मात्रामा भिटामिन ए पाइने भएकाले आँखाको ज्योती कम हुनबाट जोगाउँछ । यसको सेवनले रतन्धो रोगको निवारण हुन्छ र आँखाको ज्योती बढ्ने गर्दछ ।

४. कोलेस्ट्रोल कम गर्दछः

मेवामा फाइबर, भिटामिन सी र एन्टी अक्सिडेन्टको मात्रा अत्यधिक हुने भएकाले तपाईंको रक्त कोसिकामा कोलेस्ट्रोलको ढिक्का बन्नबाट जोगाउँछ । कोलेस्ट्रोलको ढिक्का हृदयघात र उच्च रक्तचापसमेत विभिन्न हृदय रोगको कारण बन्न सक्छ ।

५. महिनावारीको पीडाबाट छुटकाराः

मेवामा पेपेन नामक एन्जाइमले महिनावारीको क्रममा रक्त प्रवाहलाई ठिक गरेर पीडा कम गर्न मद्दत गर्दछ । त्यसकारण महिनावारीको पीडाबाट गुज्रिरहेका महिलाले आफ्नो आहारमा मेवालाई समावेश गर्नुपर्छ ।

६. प्रतिरोधी क्षमतालाई बलियो बनाउँछः

तपाईंको प्रतिरोधी क्षमता विभिन्न संक्रमणविरुद्ध ढालको रुपमा काम गर्ने गर्दछ । एउटा मेवामा मात्र यति भिटामिन हुन्छ जुन तपाईंको प्रतिदिनको भिटामिन सीको आवश्यकताको लगभग २ सय प्रतिशत हुने गर्दछ । यसरी यसले तपाईंको प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउने गर्दछ।

७. मधुमेह रोगीका लागि फाइदाजनकः

स्वादमा गुलियो भएता पनि यसमा सुगर नाममात्रको हुने गर्दछ त्यसकारण मेवा मधुमेह रोगीका लागि राम्रो आहारको रुपमा एक उत्कृष्ट विकल्प हो । यसका साथै, जो मधुमेह रोगी छैनन्, यसको सेवनले मधुमेहको खतरा टाल्न सक्छ ।

८. क्यान्सरलाई रोक्न प्रभावकारीः

केही अध्ययनका अनुसार मेवाको सेवनले कोलन र प्रोजेक्ट क्यान्सरको खतरालाई कम गर्न सकिन्छ । मेवामा एन्टी–अक्सिडेन्ट, फिटोन्यूट्रियन्ट्स र फ्लेवोनायड्स प्रचुर मात्रामा हुन्छन् । यसका साथै, यसमा पाइने भिटामिन सी, बीटा क्यारोटिन र भिटामिन इले शरिरमा क्यान्सरको सेल बन्नबाट रोक्छ त्यसकारण आफ्नो आहारमा मेवा समावेश गर्नुहोस्।

९. तनाव कम गर्छः

यो उत्कृष्ट फलमा तनाव कम गर्ने ताकत पनि हुन्छ । युनिभर्सिटी अफ अल्बामामा भएको एक अध्ययनका अनुसार लगभग २ सय मिलिग्राम भिटामिन सी स्ट्रेस हर्मोनलाई संचालित गर्नमा सक्षम हुन्छ र मेवामा भिटामिन सी प्रचुर मात्रामा पाइने गर्दछ ।

१०. पाचन क्रियालाई बलियो बनाउँछः

मेवामा फाइबरका साथै पपेन नामक एक एन्जाइम हुन्छ जसले तपाईंको पाचन शक्तिलाई बलियो बनाउँछ। यो एन्जाइम आहारलाई पचाउनमा निकै सहयोगी हुन्छ । जसलाई पेटसम्बन्धि समस्या छ जस्तै कब्जियत छ भने उनीहरुले मेवाको सेवन नियमित रुपमा गर्नुपर्छ।

११. बुढ्यौली रोक्छः

हामी सबैजना सधैं जवान रहन चाहन्छौं, तर कोही पनि यसमा सफल भने हुन सक्दैनौं। तरपनि, स्वास्थ्यबद्र्धक बानी र मेवालाई आफ्नो आहारमा समावेश गरेर तपाईंले आफ्नो उमेरलाई कम गर्न सक्नुहुन्छ। मेवामा भिटामिन सी, भिटामिन इ र बीटा क्यारोटिन, एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा हुन्छ जसले शरिरको पोषणको आवश्यकता पूरा गरेर तपाईंलाई वर्षौंसम्म जवान बनाइराख्छ।

१२. जोर्नी दुखाईबाट बचाउः

जोर्नी दुखाइले शरिरलाई दुर्बल बनाउनुका साथै तपाईंको जीवनशैलीलाई पनि नराम्रोसँग प्रभावित गर्ने गर्दछ । यसमा भिटामिन सीका साथै एन्टि इन्फ्लामेटरी गुण हुने भएकाले मेवा खानु तपाईंको हड्डीका लागि प्रभावकारी मानिन्छ । एक अध्ययन अनुसार भिटामिन सीयुक्त खानेकुराको सेवन नगर्नेहरुमा जोर्नी दुखाईको खतरा भिटामिन सीको सेवन गर्नेहरुभन्दा लगभग तीन गुणा बढि हुन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो : मारवाडी सेवा समिति सरकारद्धारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण कर्मचारी सञ्चय कोष र नेपालप्रहरी श्रीमती संघबाटउद्धार कोषमा रकमहस्तान्तारण देश बचाउन तेस्रो जनआन्दोलन आवश्यक छ : प्रभु साह बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने श्रमिकको मुद्दासाझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै हत्या आरोपमा झापामा नाबालकसहित ३ जना पक्राउ राष्ट्रपति पौडेलसमक्ष मुस्लिम र थारु आयोगले गरे प्रतिवेदन पेश महानगरद्धारा बजार अनुगमन : २२ वटामा म्याद गुज्रिएका सामान भेटिए मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौं : डा.शेखर कोइराला दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड