२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६ गल्ती, जो हामी हरेक दिन गरिरहेका हुन्छौ ? के छ असर

११ माघ २०७९, बुधबार ०८:३५

माघ ११, काठमाडौँ । एजेन्सी | हामी दैनिक जीवनयापनका क्रममा यस्ता गल्ती गरिरहेका हुन्छौ, जो स्वास्थ्यका लागि गंभिर समस्या बन्न सक्छ । जस्तो कसिलो जिन्स पहिरिनु, खाना पछि तुरुन्तै ब्रस गर्नु । हुन त यि सामन्य कुरा लाग्छ, तर यसको नतिजा असमान्य बनिदिन्छ ।


१. कसिलो जिन्स लगाउनु

अहिले फेसनमा छ, फिटिङ्स जिन्स । तर, फेसनेवल हुने चक्करमा यति कसिलो जिन्स पनि पहिरिनु हुन्न कि, जसले स्वास्थ्यमा असर गरोस् । किनभने कसिलो जिन्सले हाम्रो छाला एवं मांशपेशीलाई निरन्तर दबाब दिन्छ । नसामा पनि दबाव पैदा गर्छ । यसले गर्दा रक्तप्रवाहमा बाधा पुग्छ । असहज महसुष हुने त छदैछ, स्वास्थ्यमा पनि नोक्सान पुर्‍याउँछ ।

२. खाना खाए लगत्तै ब्रस गर्नु

खाना खानसथा तुरुन्तै ब्रस गर्ने बानी छ भने, त्यसलाई छाडिदिनुहोस् । खाना खाएको कम्तीमा तीस मिनेट वा एक घण्टा पछि मात्र ब्रस गर्नुपर्छ । जब खानेकुरा उच्च एसिडिक हुन्छ तब यसको अझ ख्याल राख्नुपर्छ । किनभने खाना पछि तुरुन्तै ब्रस गर्दा खानासँगको रसायनिक प्रतिक्रियाले गर्दा दाँतको प्राकृतिक इनामेल खिइन्छ । बरु, खाना खानसाथ पानीले राम्ररी कुल्ला गर्नुपर्छ ।

३. हाँच्छ्यु रोक्ने प्रयास

जब हामीलाई हाँच्छ्यु आउँछ, रोक्ने प्रयास गरिन्छ । हाँच्छ्यु त्यसबेला आउँछ, जतिबेला हाम्रो शरीरमा कुनै गडबडी हुन्छ । त्यसैले हाँच्छ्यु रोक्दा शरीरमा थप दबाव पैदा हुन्छ ।

४. परफ्युमको प्रयोग

परफ्युममा सिन्थेटिक तत्व मिश्रण गरिएको हुन्छ, जसले तिब्र सुगन्ध दिन्छ र प्राकृतिक तेलभन्दा सस्तो पनि हुन्छ । यहि सिन्थेटिक तत्वले गर्दा तपाईलाई चक्कर आउने, वान्ता आउने समस्या हुनसक्छ । यो आँखा, गला र छालाको लागि पनि हानिकारक हुन्छ । त्यसैले प्राकृतिक तेलयुक्त परफ्युम प्रयोग गर्नुपर्छ ।

५. सस्तो प्लाष्टिक बक्सको खाना

हामी कतिपय खानेकुरा सस्तो प्लाष्टि बक्समा राख्छौं । तर, यो कृत्रिम रसायनिक पदार्थले बनेको हुन्छ । प्लाष्टिक ब्याग लचिलो बनाउनका लागि त्यस किसिमको रसायन मिसाइएको हुन्छ । उक्त रसायन खानेकुरामा सजिलै फैलन्छ जो हामीले सेवन गर्दा शरीरमा प्रवेश गर्छ । त्यसैले यस्तो प्लाष्टि बक्सको साटो स्टेनलेस स्टिल, सिरामिक वा शिसाको भाँडामा खानेकुरा राख्नुपर्छ ।

६. एन्टिब्याक्टेरियल साबुनको धेरै प्रयोग

हाम्रो छालाको सतहमा धेरैजसो उपयोगी ब्याक्टेरिया हुन्छ । यसले हाम्रो शरीरलाई सुरक्षा दिइरहेको हुन्छ । यदि तपाई एन्टिब्याक्टेरियल साबुनको धेरै प्रयोग गर्दा नराम्रो ब्याक्टेरियालाई शरीरमा प्रवेश गर्नका लागि अनुकुलता मिल्छ । त्यसैले एन्टिब्याक्टेरियल साबुन हप्तामा दुई पटकसम्म मात्र प्रयोग गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा