२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

पर्यटन बिकासका लागि कालिकोटका स्थानीयबासी जुटे

२०७४, १९ कार्तिक आईतवार १४:१४

कात्तिक १९, कालिकोट । कालिकोट जिल्लाको पूर्वी क्षेत्रमा पर्ने खाँडाचक्र नगरपालिकाको दाहाँमा युद्ध पर्यटन, सपनाको गाउँ, होमस्टे र तिसेली गुफालगायतका पर्यटकीय गतव्य रहेका छन् । 

पर्यटनका धेरै सम्भावना रहेको दाहाँमा यस्ता पर्यटन प्रबद्र्धनमा सम्भावनाहरु ओझेलमा परेका छन् । यहाँका पर्यटकीय स्थलहरुको सम्भावना र तिनीहरुको प्रचार प्रसार गर्न र दाहाँ गाउँलाई पर्यटकीय गाउँकारुपमा विकास गर्न यहाँका स्थानीय लागेका छन् ।

पिलीमा युद्ध पर्यटन

तत्कालिन नेकपा माओवादीले २०५२ सालबाट थालेको सशस्त्र द्धन्द्धका बेला अन्तिम र सबैभन्दा बढी मानवीय क्षती भएर फौजी हमलाको सिकार बनेको दाहाँस्थित पिली गाउँलाई युद्ध पर्यटनका रुपमा विकास गर्ने लक्ष्य लिइएको छ । 

बि.स. ०६२ साउन २३ गते माओवादी र तत्कालिन शाही नेपाली सेनाको दोहोरो भिडन्त १ सय ३ जनाको ज्यान गएको पिली गाउँलाई युद्ध पर्यटकीय स्थलका रुपमा विकास गर्ने तत्कालिन गाउँ बिकास समितिबाट नै पहल गरिएको थियो । 

कर्णाली राजमार्ग हुँदै जुम्ला र मुगुको राराताल घुम्न जाने सबैजसो पर्यटक पिलीमा गाडी रोकेर तत्कालिन माओवादी र शाही सेनाबीच भएको भिडन्तको सोधीखोजी गर्न थाले पछि स्थानीयहरुले पीलिलाई युद्ध पर्यटकीय स्थलका रुपमा विकास गर्न लागिएको नेकपा एमाले कालिकोट जिल्ला समितिका सह–सचिव कमलराज शाहीले बताए ।


‘माओवादी द्धन्द्धमा राष्ट्रिय र अन्तर्राष्ट्रिय चर्चामा रहेको पिलीलाई सधंैभर चिनाउन र स्थानीयवासीको जीवनस्तर उकास्ने उद्देश्यले पर्यटकीय गाउँको विकास गर्ने योजना बनाइएको’ उनले भने, ‘युद्ध पर्यटकीय स्थल र लडाइँ भएका ठाउँमा भग्नावशेष र लडाइँमा प्रयोग भएका बंकरको संरक्षण गर्ने तयारी थालिएको छ ।’ 

पिलीमा दुवै पक्षका गरी १ सय ३ जनाले ज्यान गुमाएका थिए । माओवादी आक्रमण भएको पिली कोप डाँडामा सेनाले माओवादीबाट मारिएका १३ श्रमिक र ६२ जना सेना गरी ७५ जनाको सम्झनामा स्मारक समेत बनाएको छ । माओवादीले २८ मारिएको बताएको भएपनि त्यसबारे उल्लेख छैन ।

दुवै पक्षका कमान्डरसहित युद्धमा ज्यान गुमाएका सबैको सालिक बनाउने, प्रयोग भएका हतियार, उपकरण संकलन गरेर म्युजियम बनाउनेलगायतका योजना रहेको दाहाँ स्थानीय अनिल मल्लले बताए ।

‘कर्णाली राजमार्ग निर्माण क्रममा ०६२ वैशाखमा राखिएको तत्कालिन शाही नेपाली सेनाको सडक निर्माण कार्यदलको क्याम्पमा आक्रमण भएको थियो’ उनले भने, ‘पिलीमा भएको लडाइँमा मारिनेको तस्बिर, प्रयोग भएका हतियार र उपकरण संकलन गरेर म्युजियम बनाउने लक्ष्य लिएका छौं ।’

सपनाको गाउँ

दाहाँ–६, सेरालाई अहिले कर्णालीकै नमूना गाउँको रुपमा विकास गरेका छन् । 

भौगोलिक हिसाबले विकट रहेको गाउँमा मानिसले गरेको सुन्दर कल्पनानै अहिले सपनाको गाउँका रुपमा विकास भएको छ । सेरा गाउँका ७० घरधुरी रहेको सेरा गाउँलाई नमुनाका रूपमा चिनाउने विभिन्न आधारतय गरिएको छ । 

गाउँमा अधिकांश दलित समुदायको बसोवास छ । त्यहाँ ब्राह्मण पनि छन् तर सपनाको गाउँ निर्माणका लागि कुनै भेदभाव नगरी सबै मिलेर काम गरेका छन् ।

सपनाको गाउँका रुपमा विकास भएको सेरा गाउँमा घरआँगनमा फूल रोप्ने, वृक्षारोपण गर्ने, गाउँसम्म पुग्ने मोटरबाटो बनाउने, खानेपानीका पाइप मर्मत गर्ने, खानेपानीका नयाँ स्रोतहरू खोजी गर्ने, छुवाछुत, छाउपडी, प्लास्टिक, धूवाँ, मदिरा, सार्वजनिक ठाउँमा धुम्रपान, डढेलो, घरेलु हिंसाजस्ता सबै कुराबाट गाउँलाई मुक्त गराएर सपनाको गाउँकारुपमा सेरालाई विकास गर्ने लक्ष्य लिइएको छ ।

बालमैत्री वातावरण, खानेपानीका फिल्टर निर्माण साबुन–पानीले हात धुने ठाउँ, सफा चर्पी, होमस्टेको व्यवस्था र सामूहिक खेती प्रणालीको व्यवस्था गर्ने लक्ष्य गाउँले देखेको सुन्दर सपना नै अहिले सपनाको गाउँका रुपमा भएको स्थानीय नरिमाने बि.क.ले बताए । ‘गाउँलेले देखेको सुन्दर कल्पनाले हामीले सपनाको गाउँका रुपमा विकास गर्ने छौं’ उनले भने, ‘हाम्रो यो सपनाको गाउँबाट अरुले पनि शिक्षा सिक्न सक्छन् ।’

सपनाको गाउँ बनाउन हामी दलित, बाहुन सबै मिलेर गाउँलाई देशकै नमुना गाउँका रुपमा विकास गर्न लागेको र त्यसका सबैको साथ रहेको स्थानीय पशुपति भट्टराईले बताए । ‘हामीले सक्यो भने आफ्नो गाउँ आफै सुन्दर हुने रहेछ’ उनले भने, ‘गाउँका सबै जातजाती मिलेर बसेका छौं । केही भएको छैन् ।’

गुमनाम तिसेली गुफा

साविकको दाहाँ र कालिका गाविसको सिमानामा तीलाकर्णाली नदीको काखमा पर्ने तिसेली गुफा प्रचार–प्रसारको गुमनाममा छ । 

कालिकोट जिल्लाकै ऐतिहासिक तथा पर्यटकीय हिसाबमा निकै महत्व बोकेको तिसेली गुफा जिल्ला सदमुकामबाट नजिकैको दुरीमा रहेर पनि सरकारी निकायहरुले चासो नदेखाउँदा यो गुफाको प्रचार प्रसारका साथै उचित विकास हुन सकिरहेको छैन ।

दाहाँको मोल्फा बजारदेखि २० मिनेट पैदल हिँडेपछि भेटिने तीला नदीको किनारमा रहेको यस गुफा स्थानीयका अनुसार यो गुफा ४५ मिटरभन्दा धेरै भित्रसम्म रहेको छ । यो गुफालाई पनि माओवादीको द्धन्द्धसँग जोडेर हेर्ने गरिएको छ । 

पिलीमा भएको तत्कालिन माओवादी र शाही सेनाबीचको लडाइँको बेला केही माओवादी भागेर सुरक्षित स्थान खोज्दा त्यो गुफा फेला पारेको स्थानीय मनसिंह शाहीले बताए । ‘पिलीमा भएको लडाइँबाट माओवादी भागेर लुक्न खोज्दा त्यो गुफा फेला परेको हो’ उनले भने, ‘यो गुफालाई पनि युद्ध पर्यटनका रुपमा लिन सकिन्छ ।’

गुफाभित्र हेर्दा भुँईमा शिवलिंङ्गजस्तै आकार देखिएको र माथि कैलु गाईको जस्तै कचौडा र थुनबाट दुधको धारा जस्तै पानीका थोपाहरु खस्ने र स्थानीय देवीदेवताका मुर्तिहरु रहेको देख्दा यो गुफा धार्मिक आस्थाको केन्द्र बन्न सक्ने स्थानीय दमनराज शाहीले बताए । 

‘गुफालाई धार्मिक पर्यटनका रुपमा पनि विकास गर्न सकिन्छ’ उनले भने, ‘त्यहाँभित्र धार्मिक मूर्तिहरु पनि रहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै