सतखलुवामा दिँदादिदै बन्दुक पड्केपछि ! (भिडियो सहित)

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
5 Min Read

प्रभात सुवदी । कात्तिक २२, बर्दिया ।

बारबर्दिया नगरपालिका वडा नं. ९ बस्ने २८ वर्षीय सोम प्रसाद चौधरी खैरेनीमा रहेको अत्यन्तै रमणीय सिमसार क्षेत्रको वनमा रखवारी गर्न थालेको झण्डै २ वर्ष नाघिसक्यो । उनले त्यहाँ आउने पर्यटकलाई मनोरन्जनका लागि ढुङ्गामा चढाएर ताल घुमाउने गर्दछन् ।

यही तालको बारेमा हामी बुझ्न जाँदा उनले हामीलाई कही कुरा बताउन अन्तर्वार्ता दिँदादिदै जङ्गलमा ड्याम्म आवाज आयो र यसको अनुसन्धानका लगि सेनालाई फोन गरे । यो बन्दुक शिकारीले नै पड्काएको हुन सक्ने अनुमान गर्दै केही समयपछि गस्तीमा सेनाका जवानहरु देखा परे । निकुञ्जमा अझै पनि चोरी शिकारी नियन्त्रणमा कमी आउन नसकेकोमा दुखित भयौँ र हामी भने तालको धार्मिक, पुरातात्विक तथा ऐतिहासिक र यसको पर्यटकीय सम्भावनाका बारेमा खोतल्न थाल्यौँ यसरी । (बन्दुक पड्केको आवाज तलको भिडियोमा हेर्दै जानुभयो भने ५ मिनेट ५३ सेकेण्डमा सुन्न सकिन्छ ।)

वर्तमानमा मानिसमा तनाव र असन्तुष्टिले जरा गाडिरहेको छ । अझ यसमा पनि पैसा नै मूल आवश्यकता भएपछि यसको पछि लाग्दा लाग्दै जीवन नै सकिने रहेछ । यही तनावका बीचमा पनि मानिस मनोरम जीवन जीउन चाहन्छ । यही चाहाना पूरा गर्नका लागि प्रकृतिसँग सम्मिलन गर्न मनोरम स्थलहरुको खोजी गरिरहेको हुन्छ ।

यस्तै मनोरम सुन्दर सिमसार क्षेत्र साविक बर्दिया धधवार गाविस वडा नं. ६ ‘क’ खैरेनी र हाल बारबर्दिया नगरपालिका ९ अन्तर्गत ६० विगाहा क्षेत्रफलमा फैलिएको राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको सतखलुवा ताल पनि हो । कोहलपुर मेहन्द्रनगर राजमार्ग अन्तर्गत पर्ने कतर्निया बजारदेखि झण्डै ४ किलोमटिर उत्तरमा पर्ने यो ताल जैविक विविधताले भरिपूर्ण रहेको छ । अनेकन प्रजातिका बोटविरुवा, चराचुरुङ्गी तथा जीवजन्तुहरुको बासस्थान रहेको यो क्षेत्रले पर्यटन विकासको प्रसस्त सम्भावना बोकेको छ ।

निकुञ्ज क्षेत्रमा परेको कारणले गर्दा पनि वि.सं. २०७१ सालसम्म यो तालको विषयमा कसैको पनि चासो नगएतापनि माछा मार्नका लागि ठेक्का दिईँदै आएको मात्रै थियो । तर पछिल्लो समयमा पर्यटनको सम्भावना देखिएपछि यस क्षेत्रमा होम स्टे लगायत बनभोज स्थलहरु निर्माण गरिएको छ । हाल सार्वजनिक विदाको दिनमा बनभोज तथा तालमा डुङ्गा सयरका लागि विभिन्न ठाउँबाट मानिसहरु आउने गरेको भएतापनि प्रचार प्रसारको अभावका कारण छिमेकी जिल्लाहरुबाट मात्रै आन्तरिक पर्यटकहरु घुम्न तथा बनभोजका लागि आउने गरेका छन् ।

तालको व्यवस्थापन तथा संरक्षका सन्दर्भमा के गर्न सकिन्छ भन्दै बारबर्दिया नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष हरिप्रसाद भूसालले यसलाई अवलोकन गर्न आएको बताउनुभयो । यसको विकासका लागि नगरपालिकाबाट केही बजेट विनियोजन गरी प्राथमिकतामा राखी अबको पाँच सात वर्षमा मुहार फेर्ने सोच रहेको बताउनुभएको छ ।

तालको उचित व्यवस्थापन तथा संरक्षणका लागि सतखलुला ताल संरक्षण उपभोक्ता समिति पनि गठन भएको छ ।  समतिका अध्यक्ष सुनिल कुमार चापागाईँले  यसको उत्पत्तिका बारेमा जानकारी प्राप्त नभएपनि यो सातओटा खल्लाहरुबाट निर्मित प्राकृतिक ताल भएकोले यसको नाम सतखलुवा रहेको बताउनुभयो । उहाँका अनुसार हाल समितिको सक्रियतामा बाँध बाँधेर अलि बढी पानी जम्मा हुने व्यवस्था मिलाइएको हो । यस तालमा वन्यजन्तुहरुले हिउँदमा पानी खाने ठाउँ, पाटेबाघ, चित्तल, अजिङ्गर, सालक, सुन गोहोरो देख्न सकिने भएकाले पनि हिउँदको समयमा स्वदेशी तथा विदेशी पर्यटकहरु अवलोकनका लागि आउने गरेको अध्यक्ष चापागाईंले जानकारी दिनुभयो ।

आगामी दिनमा व्यवस्थित सुविधा सम्पन्न पिक्निक स्थलहरु, भिउ टावर, डिप बोरिङ र पक्की बाँधको व्यवस्थापन गर्न सकिएमा यसको महत्व अझ बढेर जाने भएकोले स्थानीय निकायले विशेष ध्यान दिनुपर्ने चापागाईं बताउनुहन्छ ।

जङ्गलमा थारु समुदायको आस्थाको केन्द्र कल्कामरुवा मन्दिर र तालको बीचमा नागको थान रहेको पनि यसको धार्मिक महत्व रहेको छ ।

सतखलुवा सिमसार क्षेत्रका वन हेरालु तथा पर्यटकलाई डुङ्गामा घुमाउने खैरेनीका सोम प्रसाद थारुले वि.सं. २०७२ सालदेखि मात्रै ढुङ्गा चलाउन थालेको र यसरी पर्यटकको आगमन वृद्धि हुँदा आन्तरिक पर्यटनमा टेपा पुग्ने बताउनुभयो ।

बगलाुमखी राधाकृष्ण थारु माध्यमिक विद्यालयका प्रधानाध्यापक भेजेन्द्र बहादुर थापाले यस ताललाई पर्यटकीय दृष्टिकोणबाट समुचित व्यवस्थपन गर्न सकिएमा अत्यन्तै राम्रो हुने धारणा व्यक्त गर्नुभयो । यस्तै विचार अवलोकनका लागि आउने अन्य शिक्षक तथा विद्यार्थीहरुको रहको छ ।

ओझेलमा रहेको र त्यति प्रचार प्रसार नभएको प्राकृतिक रुपमा निर्मित अत्यन्तै सुन्दर यो तालको संरक्षण तथा अन्य थप भौतिक संरचनाहरुको निर्माण गरी यथाशीघ्र स्थानीय निकायबाट पहल गर्नुपर्ने देखिन्छ ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply