२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

आन्तरिक पर्यटक लोभ्याउँदै पर्सा राष्ट्रिय निकुञ्ज

२०७४, १० पुष सोमबार ०४:२७

पुस १०, वीरगञ्ज । केही वर्षअघिसम्म घुम्न र रमाइलो गर्न चितवन राष्ट्रिय निकुञ्जबाहेक नजिकमा पर्यटकीय गन्तव्यस्थल नरहेको प्रदेश नं २ मा विस्तारै आन्तरिक तथा बाह्यपर्यटकका लागि पर्सा राष्ट्रिय निकुञ्ज आकर्षक गन्तव्यस्थलका रुपमा विकसित हँुदै गएको छ । 

निकुञ्ज वरिपरि आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी रिसोर्ट खुल्ल थालेपछि यो क्षेत्रमा पर्यटक गतिविधि बढ्न थालेको हो । निकुञ्जभित्र रहेका ऐतिहासिक तथा प्राचीन हलखोरियादह, कामिनी दह, माया मन्दिर, टुटेश्वर महादेव मन्दिरका साथै निकुञ्जभित्र रहेको हात्ती, बारहसिंगे, मृग, नीलगाई, पाटेबाघ, भालु, विश्वमा लोप हुन लागेको काँडेभ्याकुर, शारस, अजिंगर, ३०० प्रकारका चरा पर्यटकको आकर्षणको माध्यम बनेको छ । 

जंगली जनावरलाई खानेपानीको सुविधाका लागि निकुञ्जभित्र निर्माण गरिएको ११ वटा पोखरी, पर्यटकलाई निकुञ्ज भ्रमण गराउन १० वटा हात्ती राखिएको छ भने ठूलो संख्यामा एक सिंगे गैँडा, १२० वटा जंगली हात्ती, एक हजार ८४३ वटा बाह्र सिंगे, १० वटाभन्दा बढी पाटेबाघ थप आकर्षणको केन्द्र रहेको छ । 

आरक्षबाट निकुञ्जमा स्तरोन्नति भएपछि आकर्षक तथा मनमोहक प्राकृतिक दृश्य, जैविक विविधताले भरिएको वनजंगल, जनावर हेर्न प्रत्येक वर्ष एक हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक आउने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले बताउनुभयो । 

यस क्षेत्रमा परिवारसहित घुम्न निस्कने ठाउँको अभाव भइरहेका बेला निर्माण भएका रिसोर्टले त्यसको आवश्यकता पूर्ति गर्ने गरेको छ भने करोडौँ रुपैयाँको लगानीमा नयाँ रिसोर्ट तथा होटल निर्माण हुने क्रममा रहेको छ । पर्सा तथा बारा जिल्लाको सीमा पर्ने निकुञ्जमा पर्याप्तमात्रामा पूर्वाधार रहेकाले अब यसको दिनचर्या बदलिँदो अवस्थामा रहेको छ । 

छ सय २७ वर्ग किमीमा फैलिएको यो निकुञ्जको पूर्वमा धार्मिक रंतनपुरी जंगल, पश्चिम चितवन राष्ट्रिय निकुञ्जको सिकारीबास, उत्तरमा बफरजुन र दक्षिणमा पुरानो निर्मलबस्ती ,सुवर्णपुर रहेको छ । 

निकुञ्जभित्र ऐतिहासिकस्थल, दुर्लभ वन्यजन्तु, रमणीय तथा प्राकृतिक दृश्य हेर्न आउने विदेशी पर्यटकका लागि प्रतिव्यक्ति भ्याटसहित रु एक हजार, हात्ती चढेको रु ६५० तथा नेपाली पर्यटकका लागि प्रतिव्यक्ति प्रवेश शुल्क रु ५० र हात्ती चढेमा रु ६५० तोकिएको छ । 

सार्कराष्ट्र तथा आन्तरिक पर्यटकसँग हात्ती सखारी गरेबापत निकुञ्जले विगत पाँच महिनमा रु २५ लाख २६ हजार राजश्व संकलन गरेको छ । वीरेन्द्र कर्ण/रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा