2026-10-30 06:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

आन्तरिक पर्यटक लोभ्याउँदै पर्सा राष्ट्रिय निकुञ्ज

पुस १०, वीरगञ्ज । केही वर्षअघिसम्म घुम्न र रमाइलो गर्न चितवन राष्ट्रिय निकुञ्जबाहेक नजिकमा पर्यटकीय गन्तव्यस्थल नरहेको प्रदेश नं २ मा विस्तारै आन्तरिक तथा बाह्यपर्यटकका लागि पर्सा राष्ट्रिय निकुञ्ज आकर्षक गन्तव्यस्थलका रुपमा विकसित हँुदै गएको छ । 

निकुञ्ज वरिपरि आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी रिसोर्ट खुल्ल थालेपछि यो क्षेत्रमा पर्यटक गतिविधि बढ्न थालेको हो । निकुञ्जभित्र रहेका ऐतिहासिक तथा प्राचीन हलखोरियादह, कामिनी दह, माया मन्दिर, टुटेश्वर महादेव मन्दिरका साथै निकुञ्जभित्र रहेको हात्ती, बारहसिंगे, मृग, नीलगाई, पाटेबाघ, भालु, विश्वमा लोप हुन लागेको काँडेभ्याकुर, शारस, अजिंगर, ३०० प्रकारका चरा पर्यटकको आकर्षणको माध्यम बनेको छ । 

जंगली जनावरलाई खानेपानीको सुविधाका लागि निकुञ्जभित्र निर्माण गरिएको ११ वटा पोखरी, पर्यटकलाई निकुञ्ज भ्रमण गराउन १० वटा हात्ती राखिएको छ भने ठूलो संख्यामा एक सिंगे गैँडा, १२० वटा जंगली हात्ती, एक हजार ८४३ वटा बाह्र सिंगे, १० वटाभन्दा बढी पाटेबाघ थप आकर्षणको केन्द्र रहेको छ । 

आरक्षबाट निकुञ्जमा स्तरोन्नति भएपछि आकर्षक तथा मनमोहक प्राकृतिक दृश्य, जैविक विविधताले भरिएको वनजंगल, जनावर हेर्न प्रत्येक वर्ष एक हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक आउने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले बताउनुभयो । 

यस क्षेत्रमा परिवारसहित घुम्न निस्कने ठाउँको अभाव भइरहेका बेला निर्माण भएका रिसोर्टले त्यसको आवश्यकता पूर्ति गर्ने गरेको छ भने करोडौँ रुपैयाँको लगानीमा नयाँ रिसोर्ट तथा होटल निर्माण हुने क्रममा रहेको छ । पर्सा तथा बारा जिल्लाको सीमा पर्ने निकुञ्जमा पर्याप्तमात्रामा पूर्वाधार रहेकाले अब यसको दिनचर्या बदलिँदो अवस्थामा रहेको छ । 

छ सय २७ वर्ग किमीमा फैलिएको यो निकुञ्जको पूर्वमा धार्मिक रंतनपुरी जंगल, पश्चिम चितवन राष्ट्रिय निकुञ्जको सिकारीबास, उत्तरमा बफरजुन र दक्षिणमा पुरानो निर्मलबस्ती ,सुवर्णपुर रहेको छ । 

निकुञ्जभित्र ऐतिहासिकस्थल, दुर्लभ वन्यजन्तु, रमणीय तथा प्राकृतिक दृश्य हेर्न आउने विदेशी पर्यटकका लागि प्रतिव्यक्ति भ्याटसहित रु एक हजार, हात्ती चढेको रु ६५० तथा नेपाली पर्यटकका लागि प्रतिव्यक्ति प्रवेश शुल्क रु ५० र हात्ती चढेमा रु ६५० तोकिएको छ । 

सार्कराष्ट्र तथा आन्तरिक पर्यटकसँग हात्ती सखारी गरेबापत निकुञ्जले विगत पाँच महिनमा रु २५ लाख २६ हजार राजश्व संकलन गरेको छ । वीरेन्द्र कर्ण/रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ