माघ ३, कपिलवस्तु | कपिलवस्तु जिल्ला र विशेष गरि बुद्धभुमी  नगरपालिका क्षेत्रको स्थानीय उत्पादन, कला संस्कृति, पर्यटन प्रर्बद्धन, आधुनिक कृषि प्रव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ३, कपिलवस्तु | कपिलवस्तु जिल्ला र विशेष गरि बुद्धभुमी  नगरपालिका क्षेत्रको स्थानीय उत्पादन, कला संस्कृति, पर्यटन प्रर्बद्धन, आधुनिक कृषि प्रव"/>
२०८३, १४ बैशाख सोमबार
कपिलवस्तु - KPL

कपिलवस्तुको बुद्धभूमीमा कृषि पर्यटन तथा औद्योगिक महोत्सव हुने

२०७४, ३ माघ बुधबार १६:१३

माघ ३, कपिलवस्तु | कपिलवस्तु जिल्ला र विशेष गरि बुद्धभुमी  नगरपालिका क्षेत्रको स्थानीय उत्पादन, कला संस्कृति, पर्यटन प्रर्बद्धन, आधुनिक कृषि प्रविधीको प्रस्तुती, अटोमोबाइल्सको प्रर्दशनी, साना उद्यम तथा हस्तकला प्रर्दशनी पर्यटकीय विकास, व्यवसायको वृद्धि तथा कृषि उपजहरुको बजारीकरणका लागि यहि माघ १२ गते देखि २१ गते सम्म बुद्धभूमीको इमिलियामा महोत्सव संचालन गर्न लागिएको नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिनुभयो |

मंगलबार नगरपालिकाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मेयर श्रेष्ठले बुद्धभूमी क्षेत्रको समग्र आर्थिक,सामाजिक, पर्यटकीय तथा सांस्कृतिक विकासको लागि महोत्सव संचालन गर्न लागिएको बताउनुभयो । आयोजक जनआर्दश सामाजिक केन्द्रका कमल अधिकारीले महोत्सवको आवश्यक तयारी बुधबारबाट सुरु गरिएको जानकारी दिनुभयो । 

संंस्थाकी उपाध्यक्ष कमला न्यौपानलेले महोत्सव तयारीलाई तिब्रता दिन १ सय ५१ सदस्सीय मूल आयोजक समिति, विभिन्न १७ वटा उप–समिति निर्माण गरि विभिन्न गतिविधी संचालन गरिएको बताउनुभयो ।

यस क्षेत्रको पहिलो महोत्सव हुन गइरहेकाले यो महोत्सव बुद्धभूमी क्षेत्रको मात्र नभई समग्र कपिलवस्तुबासीको भएको नगर प्रमुख श्रेष्ठको भनाई छ । महोत्सवबाट आउने मुनाफालाई संस्थाले सामाजिक क्षेत्रमा खर्च गर्ने बताएको छ । – आभास पौडेलको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो