२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा घरवास र पदयात्राद्वारा पर्यटनलाई जोड्ने प्रयास शुरु

२०७४, ५ माघ शुक्रबार ०८:४५

वासुदेव पौडेल / माघ ५, कास्की | पछिल्लो समयमा बढ्दै गएको घरवास (होम स्टे) कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजाने उद्देश्यका साथ घरवास र पदयात्राद्वारा  पर्यटनलाई जोड्ने प्रयास शुरु भएको छ । 

नेपालका रमणीय गाउँहरू प्रचारप्रसार एवं पूर्वाधार विकासका दृष्टिले पछि परेको अवस्थालाई दृष्टिगत गरी घरवास पर्यटनको अवधारणालाई अघि सारिएको हो । 

पर्यटकलाई सुविधा सम्पन्न रिसोर्ट तथा होटल नभएर गाउँकै भान्सामा खाना तथा आवासजन्य सुविधा प्रदान गर्ने सोचका साथ घरवास पर्यटनको अवधारणा शुरु भएको हो । अन्तर्राष्ट्रियरुपमा नेपाल पदयात्रा पर्यटनको विशिष्ट गन्तव्य रहेको अवस्थालाई दृष्टिगत गरी ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) प्रदेश नं ४ ले घरवास र पदयात्रा पर्यटनलाई सँगसँगै जोड्ने अभियानको थालनी गरेको मञ्चका अध्यक्ष रवीन्द्रराज पौडेलले जानकारी दिनुभयो । 

“यहाँका पर्यटकीय गाउँ पुग्ने पर्यटकको इच्छा पदयात्रासँग पनि जोडिएको हुन्छ”, उहाँले भन्नुभयो, “घरवास सञ्चालन भएका एक ठाउँबाट अर्को ठाउँमा पुग्ने बाटोलाई पदमार्गका रुपमा व्यवस्थित गरे त्यसबाट घरवास र पदयात्रा पर्यटन दुवैको विकास सम्भव हुन्छ ।” 

मञ्चको अगुवाइमा कास्कीका घरवास सञ्चालन भएका पर्यटकीय गाउँ ताङ्तिङबाट कर्पुडाँडा र कर्पुडाँडाबाट याङ्जाकोटलाई पदयात्रासँग जोड्न लागिएको छ । पदमार्गसहित ‘ताङतिङ–कर्पुडाँडा–याङ्जाकोट’ जोड्ने अभियान कास्कीकै पर्यटकीय विकासमा महत्वपूर्ण बन्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो । 

पदयात्रा र घरवासलाई सँगसँगै जोड्ने सोचका साथ अभियान सञ्चालन गरिनु समग्र पर्यटकीय विकासका लागि महत्वपूर्ण कार्य भएको नेपाल टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका सहसचिव धर्मराज पन्थीले बताउनुभयो । 

“नेपालमा पदयात्राकै लागि धेरै बाह्य पर्यटक आउने गरेका छन्”, उहाँले भन्नुभयो, “पदयात्रा मार्गमा पर्ने गाउँमा घरवास कार्यक्रमलाई विकास गर्न सके यसले घरवास पर्यटन र पदयात्रा पर्यटन दुवैलाई टेवा पुग्छ ।” 

जथाभावी बाटो खन्ने नाममा पदमार्ग छोटिने क्रम पदयात्रा पर्यटनको चुनौती बनेको उहाँको भनाइ छ । एउटा घरवासबाट अर्कोसम्म पुग्नका लागि छोटा पदमार्गको विकास गर्न सकेमात्र पनि त्यसले पदयात्रा पर्यटनमा राहत पुग्ने उहाँले बताउनुभयो । 

नेपालमा घरवास पर्यटनको शुरुवात् २०५४ सालमा सिरुबारीबाट भएको मानिन्छ । सिरुबारीका समाजसेवी स्व क्याप्टेन रुद्रमान गुरुङको पहलमा पहिलोपटक घरवास कार्यक्रम शुरु गरिएको सो गाउँमा हाल १७ वटा घरमा उक्त सेवा सञ्चालनमा छ । 

घरवास पर्यटनको शुरुवात् स्थानीयस्तरबाट गरिएसँगै सरकारले पहिलोपटक पर्यटन ऐन, २०६५ मा घरवासलाई औपचारिक सम्बोधन ग¥यो भने २०६७ मा कार्यविधि ल्याइयो । नेपालको पर्यटकीय विकासमा घरवास पर्यटनले महत्वपूर्ण योगदान गर्ने स्पष्ट संकेत दिए पनि यो क्षेत्र अझै ओझेलमा परिरहेको मञ्चका पूर्व अध्यक्ष तारानाथ पहारी बताउनुहुन्छ । 

पदयात्रा पर्यटनसँगै घरवासलाई जोड्ने र यसको प्रचारप्रसार गर्न सके स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण नेपालमा रमणीय गाउँमा पर्ने उहाँको भनाइ छ । नेपालमा सबैभन्दा बढी घरवास कार्यक्रम गण्डकी तथा धवलागिरिमा सञ्चालनमा छ । तथ्याङ्कअनुसार गण्डकी र धवलागिरिमा मात्र घरवास सञ्चालन भएका गाउँको संख्या ६५ पुगेको छ भने कास्कीमा ३७ वटा घरवास दर्ता भई सञ्चालनमा आएका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ