2026-10-30 05:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

साहसिक खेल ‘क्यानोनिङ संचालनमा(भिडियो)

पर्वत । पर्वतमा पहिलो पटक क्यानोनिङ (छाँगावरोहण) सुरुवात भएको छ । पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङ्गस्थित महभिर झरनामा औपचारिक रुपमा संचालन गरिएको छ ।

हिमाल आरोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, बञ्जिजम्प जस्तै साहसिक पर्यटकीय गतिविधिका रुपमा हिमाली र पहाडी क्षेत्रमा रहेका अग्ला पहाडका झरनामा क्यानोनिङ खेलको विकास गर्न सकिने सम्भावनालाई लक्षित गर्दै धौलागिरिमै पहिलोपटक यो खेलको शुरुवात भएको हो ।

१ सय १० मिटर लामो झरनामा छाँगावरोहण संचालन गरिएको छ । पहिलो दिनमा विभिन्न कम्पनीका तालिम प्राप्त साहसिक पथ प्रदर्शक र स्थानीय तालिम प्राप्त युवाहरुले क्यानोनिङ गरेका छन् ।

जिल्लाको पर्यटकीय क्षेत्रको पहिचान, विकास र प्रर्वद्धनको लागि क्यानोनिङको तयारी गरिएको स्थानीय श्रीप्रसाद गुरुङ्गले बताउनु भयो ।

आफ्नो गाउँ आफै बनाउ भन्ने अभियानका साथै आफ्नै गाउँ ठाउँमा भएका प्रकृति सम्पदाहरुको प्रवृद्धन र विकासका लागि क्यानोनिङको शुरुवात गरेको भिमबहादुर गुरुङले बताए ।

जिल्लाको पर्यटन क्षेत्रको विकासका लागि आफूहरुले यो खेलको सफल परिक्षणका साथै सुरुवात गरेको गोलमान गुरुङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल