माघ ९, पोखरा | पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीलाई लक्षित गरी नेपाल पर्यटन बोर्डले चिनियाँ भाषाको आधारभूत कक्षा शुरु गरेको छ ।

साइनो नेपाल मिडिया सोसाइटीको व्यवस्थापन तथा काठमाडौँ विश्वविद्यालय कन्फुसियस इन्स्टिच्युटको सहयोगमा बोर्डको पोखरा ड्यामसाइटस्थित प्रदेश नम्बर ४ कार्यालयमा उक्त कक्षा सञ्चालन गरिएको हो ।

प्रतिनिधिसभाका सदस्य रवीन्द्र अधिकारीले सोमबार एक विशेष समारोहका बीच चिनियाँ कक्षाको उद्घाटन गर्दै चिनियाँ भाषाको ज्ञानले पर्यटन उद्यमशीलतासमेत बढाउने बताउनुभयो ।

सन् २०२० सम्ममा २० लाख पर्यटक नेपालमा भित्र्याउने लक्ष्य राखिएको उल्लेख गर्दै उहाँले हाल घट्दै गएको विप्रेषणलाई पर्यटन क्षेत्रबाट आउने विदेशी मुद्राको आम्दानीबाट पूर्ति गर्न सकिने उल्लेख गर्नुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले नेपालको पर्यटन क्षेत्रलाई सुधार गरी चीनबाट मात्र होइन विश्वका अन्य देशबाट समेत भित्र्याउनको लागि काम भइरहेको जानकारी दिनुभयो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले चिनियाँ भाषाले नेपाली र चिनियाँ नागरिकबीचको सम्बन्धलाई प्रगाढ बनाउने बताउनुभयो ।

काठमाडौँ विश्वविद्यालय कन्फुसियस इन्स्टिच्युटका निर्देशक प्रा डा वाङ सङलीले चिनियाँले विदेशी भाषामा बोल्न नचाहने भएकाले नेपालको पर्यटकीय क्षेत्रमा लागेकाले चिनियाँ भाषाको आधारभूत ज्ञान अनिवार्यरुपमा हासिल गर्नुपर्ने बताउनुभयो ।

आफ्नै भाषामा अपनत्व खोज्ने चिनियाँ पर्यटकलाई उनीहरुकै भाषामा सेवा दिई पर्यटकको संख्या बढाउन उहाँले सुझाव दिनुभयो ।

आर्थिकरुपमा तीव्रगतिले विकास गरिरहेको चीनले विश्वबजारमा आप्mनो हिस्सा बढाउँदै गएकाले चिनियाँ भाषाको महत्व विश्वभर बढ्दै गएको उल्लेख गर्दै साइनो नेपाल मिडिया सोसाइटीका अध्यक्ष धु्रव पौडेलले चिनियाँ भाषा नसिकेकै कारण पोखराका स्थानीय पर्यटन व्यवसायीले चिनियाँ पर्यटकबाट गर्न सक्ने आम्दानी गुमाउँदै गएको बताउनुभयो ।

कुल ८० घण्टा अवधिको चिनियाँ भाषाको आधारभूत कक्षामा ८० भन्दा बढी पर्यटन व्यवसायीको सहभागिता रहेको छ । भाषा प्रशिक्षणका लागि काठमाडौँ विश्वविद्यालय कन्फुसियस इन्स्टिच्युटले दुईजना व्यावसायिक चिनियाँ शिक्षकको व्यवस्था गरेको छ ।

You Might Also Like
अछाम - ACMअर्घाखाँची - AGKइलाम - ILMउदयपुर - UDPओखलढुङ्गा - OKLकन्चनपुर - KNCकपिलवस्तु - KPLकाभ्रेपलान्चोक - KVPकालिकोट - KLKकास्की - KSKकैलाली - KLLखोटाङ्ग - KTGगुल्मी - GLMगोरखा - GRKचितवन - CTWजाजरकोट - JKTजुम्ला - JMLझापा - JPडडेलधुरा - DDLडोटी - DTडोल्पा - DLPतनहुँ - TNHताप्लेजुङ्ग - TPLतेह्रथुम - TRTदाङ्ग - DNGदार्चुला - DCLदैलेख - DLKदोलखा - DLKHधनकुटा - DNKधनुषा - DNSधादिङ्ग - DHGनवलपुर - NWLनुवाकोट - NWKपर्बत - PBTपर्सा - PRSपश्चिमी रुकुम - RKMपाँचथर - PCTपाल्पा - PLPप्युठान - PTNबझाङ्ग - BJNबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLबाजुरा - BJRबारा - BRबैतडी - BTDभक्तपुर - BKTभोजपुर - BJPमकवानपुर - MKWमनाङ्ग - MNGमहोत्तरी - MHTमुगु - MGमुस्ताङ्ग - MSTमोरङ्ग - MRGम्याग्दी - MGDरसुवा - RSWरामेछाप - RMCरुपन्देही - RPDरोल्पा - RLPरौतहट - RTHलम्जुङ्ग - LMGललितपुर - LLTलेखसङ्खुवासभा - SKWसप्तरी - SPTसर्लाही - SLHसल्यान - SLNसिन्धुपाल्चोक - SDPसिन्धुली - SDLसिराहा - SRHसुनसरी - SNSसुर्खेत - SKTसोलुखुम्बु - SLKस्याङ्गजा - SNJहुम्ला - HML