2026-09-08 01:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

बागलुङको ढोरपाटनमा प्रधानमन्त्रीको पहिलो भ्रमण

चैत ३०, ढोरपाटन | प्रधानमन्त्री केपी शर्मा ओली आज केहि समय अघि प्राकृतिक सौन्दर्यले भरिपूर्ण ढोरपाटनमा अवतरण गरेर मुगु तिर प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओलीको यो ढोरपाटनको पहिलो भ्रमण हो । प्रधानमन्त्री ओलीको टोलीलाई ढोरपाटनमा स्थानीय निकायका जनप्रतिनिधीहरु, स्थानीयबासी, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले भव्य स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीका साथमा रक्षा, शिक्षा, पर्यटन मन्त्री सहित पूर्व सभामुख सुवास नेवाङ, जनार्दन शर्मा रहेका थिए ।

ढोरपाटनमा आयोजित संक्षिप्त कार्यक्रममा प्रधानमन्त्री ओलीले पर्यटन मार्फत देशलाई सम्बृद्ध बनाउने सरकारको लक्ष रहेकोले ढोरपाटनलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रतिवद्धता जाहेर गरे । प्रधानमन्त्री ओलीले ढोरपाटनबासीको सर्बाधिक चासोको विषय रहेको उत्तरगंगा हाईड्रको विषयमा बोल्दै ढोरपाटनलाई नडुबाईकन उत्तरगंगा हाईड्रो –जलाशय) निर्माण गरिने पनि विश्वास दिलाए ।

सो अवसरमा प्रधानमन्त्री ओलीले ढोरपाटन शिकार आरक्ष कार्यालय र ढोरपाटन स्थित नेपाली सेनाको हनुमानध्वज गुल्मको निरीक्षण गरेका थिए ।

सो अवसरमा प्रधानमन्त्री ओली समक्ष ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला, बडीगाड गाउँपालिकाहरुका प्रमुख, बागलुङ उद्योग वाणिज्य संघ बुर्तिवाङ इकाईका पदाधिकारी सहितको संयुक्त टोलीले पश्चिम क्षेत्रका समस्याहरु संबोधन गर्नका लागि आवश्यक मागपत्र सोही माग पत्र बुझाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल