2026-08-30 04:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

कर्णालीको पर्यटन बर्षले नीजि क्षेत्रमा उत्साह

वैशाख ५, सुर्खेत | कर्णाली प्रदेश सरकारले ‘कर्णाली रारा पर्यटन वर्ष २०७५’ सुरु गरेपछि नीजि क्षेत्र उत्साहित भएको छ । पर्यटन सम्भावनाको गाथा गाउँदै आएको सरकारले पर्यटन क्षेत्रको विकास लागि राम्रो अभियान शुभारम्भ गरेकोमा नीजि क्षेत्र उत्साहित बनेको हो ।

वर्षौदेखी ओझेलमा रहेको कर्णाली प्रदेशका पर्यटन क्षेत्रको विकासका लागि सरकारले जागरुकता देखाए पछि निजी क्षेत्रले पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा लिएको छ । यसो त रारा ताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पूँजीले मात्रै विकास निर्माणका कामहरु अघि नबढ्ने भन्दै कर्णालीको मुहार फेर्न निती, योजना र चिन्तन प्रदेश सरकारले लिए पुँजीको जोहो आफै गर्दिने आश्वासन दिइसकेका छन् ।

रारा ताल मात्रै नभई प्रदेशका अन्य दश जिल्लाकै पर्यटन क्षेत्रसम्म पर्यटकहरुलाई पुर्याउन ठोस योजनाविनै प्रदेश सरकारले पर्यटन वर्षको शुरुवात गरेकाले कतै अभियान असफल हुने त हैन भन्ने कतिपयको बुझाई छ । कर्णाली प्रदेशमा रहेका पर्यटन स्थलहरुसम्म पुग्न सडक असहजतादेखी बास बस्न प्रयाप्त होटलहरुको प्रवन्ध भने अझै हुन सकेको छैन । तर, आन्तरिक तथा बाह्य दुवै खाले पर्यटक भित्र्याउन प्रदेश सरकारले पर्यटन क्षेत्रमा पूर्वाधार निर्माण गर्न योजना ल्याउन सुझाव नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीको छ ।

उनले पर्यटनको अथाह सम्भावना बोकेको कर्णाली प्रदेशमा शुरु भएको पर्यटन वर्षले यहाँका पर्यटकीय सम्पदाहरुको विकास गर्न सहयोग पुग्ने बताए । ‘विगतका वर्षभन्दा यो वर्ष पक्कै पनि पर्यटकहरुको संख्या बढ्ने छ’ शाहीले भने, ‘कम्तीमा सरकारले यहाँ आउने पर्यटकहरुलाई सवै क्षेत्रमा पुग्न सडक र बासको राम्रो प्रवन्ध गर्न सके पर्यटन क्षेत्रको विकासमा टेवा पुग्छ ।’

२०७५ सालमा मात्रै पाँच लाख आन्तरिक र बाह्य पर्यटन भित्र्याउने कर्णाली प्रदेश सरकारको लक्ष्य छ । प्रदेश सरकारले मानसरोवर जाने भारतीय तिर्थालुहरुलाई कर्णाली प्रदेशका अन्य पर्यटकीय क्षेत्रहरुमा घुमाउने विशेष प्याकेज ल्याउने तयारीमा छ । पर्यटन वर्षको शुभारम्भ गरेर मात्रै नहुने भन्दै सवै पक्षलाई समाहित गरेर बाह्य र आन्तरिक पर्यटन भित्र्याउन सवै पक्ष एक भएर लाग्नु पर्ने अध्यक्ष शाही बताउँछन् ।

‘स्थानीय, प्रदेश र केन्द्रीय सरकारको समन्वयमा कर्णालीका पर्यटन क्षेत्रसम्म पुग्न पर्यटकलाई सहज बनाउन समन्वय गर्न जरुरी छ’ शाहीले भने, ‘पर्यटन वर्षको हामी स्वागत गर्छौ, तर नीजि क्षेत्रलाई पनि यस अभियानमा प्रदेश सरकारले समेट्दा लक्ष्य भेटाउन सहज हुन्छ ।’ हवाई र सडक असहजतालाई सहज गराएर पर्यटकहरुबाट भरपुर फाइदा लिन होटल, मनोरञ्जन, धार्मिक स्थल, पदमार्गलगायत पूर्वाधार विकास गर्नमा प्रदेश सरकारले ठोस गुरुयोजना निर्माण गरेर अघि बढे पर्यटकहरु भित्र्याउन सहज हुने शाही बताउँछन् ।

यता, गत आर्थिक वर्षमा मात्रै रारा तालमा घुम्न १२३ जना बाह्य र झण्डै १० हजार आन्तरिक पर्यटक पुगेको रारा राष्ट्रिय निकुञ्जका रेञ्जर यज्ञराज रोकायाले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा रारा पुग्ने बाह्य पर्यटकको संख्या २०१ र आन्तरिक झण्डै ११ हजार छन् । ‘आन्तरिक पर्यटकहरुको अभिलेख हामी राख्दैनौं’ रोकायाले भने, ‘अघिल्लो वर्षको तुलनामा यो वर्ष आन्तरिक र बाह्य पर्यटकहरुको संख्यामा विस्तारै बढोत्तरी भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने