2026-09-08 01:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कर्णाली प्रदेश पर्यटकमैत्री हुन्छः मुख्यमन्त्री शाही

वैशाख ५, कालिकोट | कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशलाई पर्यटकमैत्री प्रदेशका रुपमा बिकास गर्ने बताएका छन् । मुख्य मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला पुगेका शाहीले कर्णालीको बिकासका लागि पर्यटन प्रबद्र्धन जरुरी भएको बताए । आफ्नै गृह गाउँपालिकाले आयोजना गरेको प्रथम पचालझरना साँस्कृतिक तथा पर्यटन महोत्सवको समापन गर्न मुख्य मन्त्री शाही कालिकोट आएका थिए ।

नयाँ बर्षको सुरुवातसंगै बैशाख १ गतेदेखी ५ गतेसम्म चलेको पचालझरना साँस्कृतिक तथा पर्यटन महोत्सवमा उनले कर्णाली प्रदेशका विकट गाउँहरु सबै होमस्टेका रुपमा विकास गर्ने, यस प्रदेशमा रहेका धार्मिक तथा ऐतिहाँसिक पर्यटकीय क्षेत्रको विकास गर्ने बताए । महोत्सव समापन गर्दै मुख्य मन्त्री शाहीले गैरसरकारी संस्थाले कर्णालीलाई परनिर्भर भएको भन्न भने छुटाएनन् । ‘अहिले कर्णाली एनजिओ र आइएनजिओका कारण परनिर्भर बन्दै गएको छ’ उनले भने, एनजिओको परनिर्भरता घटाउन स्थानीय उत्पादन प्रबद्र्धन गर्न जरुरी छ ।’ उनले कृषि उद्यममा अनुदानको व्यवस्था, पशुपालन व्यवसायलाई सरकारी जागिर सरह सरकारले अनुदान तथा प्रबद्र्धन, औधोगीकरणमा जोड दिने बताए ।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि सरकारले प्रयाप्त बजेटको व्यवस्था गर्न लागेको बताए । कर्णाली प्रदेश सरकारले यस बर्ष रारा कर्णाली पर्यटन बर्षको घोषणासँगै कर्णाली प्रदेशको सम्मृद्धिको ढोका खोलेको उनको भनाई छ । उनले अहिले मुलुककै सबै भन्दा विकट, गरिब र दुर्गम प्रदेशका रुपमा चिनिरहेको कर्णाली प्रदेशलाई आफुले पाँच बर्षभित्र मुलुककै नमुना प्रदेशका रुपमा विकास गर्ने प्रतिबद्धता जनाए । आफ्नो गृह गाउँपालिका समेत रहेको पचालझरनाको महोत्सवमा उनले पचालझरनालाई संसारभर चिनाउनका लागि पर्यटन विभागमा अभिलेखका लागि तत्काल पहल गर्ने बताए ।

पचालझरनाको प्रचार प्रसारका लागि पाँच दिनसम्म आयोजना गरिएको महोत्सवमा उनले कालिकोटका हरेक डाँडाकाडाहरु पर्यटकको पर्खाईमा रहेकोले त्यहाँ जाने भौतिक पुर्वाधारको विकासलाई प्राथमिकता दिने र कर्णालीमा बगिरहेको सितो डलरको सदुपयोग गर्न विद्युत उत्पादनमा जोड दिने बताए । उनले कर्णाली प्रदेश अब अर्गानिक प्रदेश र सुचनामैत्री प्रदेश बनाउने बताए । अहिले भारतको रुपैडियाको विषादीयुक्त तरकारीहरु भित्रिएको भन्दै स्थानिय अर्गानिक तरकारीजन्य उत्पादनलाई बढाउन प्रदेश सरकारले यसै आर्थिक बर्षबाट ठोस कार्यक्रम ल्याउने तयारी भईरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल