प्रकृतिमा रमाउनेदेखि धर्ममा आस्थावान् पर्यटकलाई घुम्टेल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकृतिमा रमाउनेदेखि धर्ममा आस्थावान् पर्यटकलाई घुम्टेल"/>

2026-09-08 01:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

पर्यटक लोभ्याउँदै बागलुङको घुम्टे

रामबहादुर थापा/वैशाख ९ बागलुङ | गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । 

प्रकृतिमा रमाउनेदेखि धर्ममा आस्थावान् पर्यटकलाई घुम्टेले आकर्षित गरेकाले पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा घुम्टे पर्न थालेकोे हो । दश हजार ३९३ फिट उचाइमा रहेको घुम्टे प्राकृतिक, धार्मिक, सांस्कृतिक र जैविक दृष्टिले महत्वपूर्ण मानिन्छ । 

गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतका अनुसार वर्षेनी हजारौँ पर्यटकले घुम्टे चढ्ने गरेका छन् । विगतमा वैशाख पूर्णिमामा मात्र मेला लाग्ने घुम्टेमा विगत छ वर्षदेखि नयाँ वर्षको अवसरमा ‘गुराँस उत्सव’ समेत हुँदै आएको छ । पर्यटन प्रवद्र्धनका गतिविधिले पर्यटकको आगमन पनि बढेको अध्यक्ष बस्नेतको भनाइ थियो । “पदमार्गलगायतका पूर्वाधारका काम र प्रचारप्रसारले पर्यटकको संख्या बढ्दो छ”, उहाँले भन्नुभयो । 

प्राकृतिक सुन्दरतायुक्त घुम्टेको शिरमा अवस्थित सिद्ध र भैरवको मन्दिरले धार्मिक पर्यटनलाई पनि बढावा दिएको छ । पौराणिक किंवदन्तीसँग जोडिएका ती मन्दिरमा पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने विश्वासमा टाढा–टाढाबाट भक्तजन त्यहाँ पुग्ने गर्छन् । 

पूजाआजा चल्ने सबै महिना र दिनमा मन्दिर दर्शन गर्न सकिने व्यवस्था छ । पदयात्रामा रमाउने पर्यटकका लागि पनि घुम्टे आकर्षक गन्तव्य बनेको छ । नयाँ वर्षमा घुम्टे चढ्नुभएका बागलुङ सदरमुकामवासी मनिष रायमाझीले रोमाञ्चक अनुभूति भएको बताउनुभयो । 

तीन घण्टाको पदयात्रापछि रायमाझी घुम्टेको चुचुरोमा पुग्नुभएको थियो । ‘निकै साहसिक र रोमाञ्चक भयो यात्रा,’ उहाँले भन्नुभयो, ‘घुम्टेमा पर्यटन विकाको प्रचुर सम्भावना छ ।’ केन्द्रले घुम्टे चढ्न “रिचौर, टेउवा हुँदै जाने तीन किलोमिटर पदमार्ग बनाएपछि पर्यटकलाई थप सहज भएको छ । उक्त पदमार्ग हुँदै घुम्टेलाई फेरो मारेर पाण्डवखानीको सिद्धथान ओर्लन थप तीन किलोमिटर पदमार्ग बनाउन बाँकी छ । पाण्डवखानीबाट घुम्टे चढ्ने पर्यटकले पुरानै बाटो प्रयोग गर्ने गरेका छन् । 

पदमार्ग, मन्दिरको स्तरोन्नतिलगायतका पूर्वाधारका काममा हालसम्म रु एक करोडभन्दा बढीको काम भएको केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले बताउनुभयो । “पर्यटन मन्त्रालय र स्थानीय जनश्रमदानमा काम भएको छ”, उहाँले भन्नुभयो, “पर्यटन पूर्वाधारका क्षेत्रमा थुप्रै काम गर्न बाँकी छ ।” उपाध्यक्ष थापाले घुम्टेलाई पर्यटकीय केन्द्र बनाउन राज्यले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । प्राकृतिक सुन्दरता, हिमालमा सूर्योदय र सूर्यास्तका बेलका देखिने चमक, बहुमूल्य जडीबुटी, ऐतिहासिक मन्दिर, गुराँसको घना जंगल आदि घुम्टेका सौन्दर्य हुन् । 

वसन्त ऋतुमा ढकमक्क फूल्ने लालीगुराँस हेर्नका लागि पनि पर्यटक घुम्टे चढ्ने गरेका छन् । सिद्धेश्वरको गुफा, राम्चे ओडार, गोठथरी, बुलाहा बाबाको आश्रम, भीमसेन लौरी, दमाहा ढुङ्गा, दह पानी, टोड्के पानी, नाङृभिर, पैराका सोतो शालीग्राम आदि घुम्टेका धार्मिक तथा पर्यटकीय आकर्षण हुन् । 

घुम्टेबाट गलकोटे राजाको दरबार, ‘स्टोन भिलेज’को रुपमा परिचित हरिचौर बजार, गाईघाटको झरना, गाजाको दह, गौदी र दरमखोलाका दर्जन बढी पुल, गुल्मीको टक्सार बजारलगायत दर्जनौँ आकर्षकस्थल अवलोकन गर्न सकिन्छ । 

घुम्टे क्षेत्रमा डाँफे, मुनाल, काँडेभ्याकुरलगायत सयौँथरिका चरा, कस्तुरी, मृग, घोरल, चित्तल, थार, भालुलगायतका वन्यजन्तु पाइन्छन् । चिराइतो, पाँचआंँले, भुत्केस, जटामसी, हनुमानवीर, गुजरगानो, पखनबेत, शिलाजित, परलचाल्नो, सतुवा, रौतेमुला, एक्लेवीरजस्ता औषधिजन्य जडीबुटी पाइन्छन् । 

घुम्टेको चुचुरोमा मल्म, पाण्डवखानी, हिल र हरिचौर गरी चार वटा नाकाबाट पुग्न सकिन्छ । हरिचौरको टेउवा, मल्मको टोकरी, पाण्डवखानीको सिद्धथानसम्म गाडी पुगे पनि त्योभन्दा माथि करीब तीन घण्टाको पदयात्रापछि घुम्टे पुग्न सकिन्छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल