2026-10-30 06:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

पर्यटन बिकासमा हातेमालोको आबश्यकताः सहभागि

प्रकाश बम | जेठ १, डोटी | तेले लेकबनलाई  संरक्षित गर्न  सबैले आ—आफ्नो क्षेत्रबाट लाग्नु पर्ने एक कार्यक्रमका सहभागीहरुले  बताएका छन् ।

मंगलवार डोटीको सिलगढीमा तेले लेकलाई संरक्षित बनको रुपमा ब्यबस्थापन गर्न गरिएको  छलफल कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

संरक्षणकालागि सम्बन्धीत निकाय र त्यस क्षेत्रका बन उपभोक्ताहरु  बिच एक आपसमा  छलफल गरी  बन संरक्षित गर्नु अती आबश्यक भएको सहभागिहरुले बताएका थिए ।

त्यस्तै कार्यक्रममा बोल्दै डोटीका प्रमुख जिल्लाअधिकारी बिरेन्द्र कुमार यादबले पर्यटन बिकास देशको आर्थिक बिकासको मेरुदण्ड भएकाले तेले लेक र खप्तडलाई पर्यटकको गन्तब्यका रुपमा बिकास गर्नु पर्नेमा जोड दिएका थिए ।  

सोहि कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालीका प्रमुख मन्जू मलासी,शिखर नगरपालीकाका प्रमुख सिताराम जोशि र के.आई.सिँ गाउपालीकाका अध्यक्ष लोकेन्द्र शाहिले तेलेलेक बन संरक्षितकालागी अवका दिनमा  घनीभुत तरीकाले छलफललाई अगाढी बढाउनु पर्नेमा जोड दिएका थिए ।  

त्यस्तै कार्यक्रमको समापनमा बोल्दै जिल्ला सम्वन्यय समिती डोटीका अध्यक्ष  राम बहादुर ऐरले तेलेको संरक्षण र पर्यटन बिकासलाई जोडेर  संङ सङ्गै लैजानु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ