2026-07-26 05:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

प्रदेश समृद्धिमा पर्यटन विकास जरुरीः मन्त्री बुढा

असार २३, सुर्खेत | कर्णाली प्रदेशको पर्यटकिय क्षेत्रको विकासमा सरकार कटिवद्ध रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले बताएका छन् । समृद्ध कर्णाली निर्माणमा यहाँका पर्यटकिय क्षेत्रहरुको पहिचान गरेर विकासमा आफूहरु कटिवद्ध रहेको मन्त्री बुढाले बताएका हुन् ।

नेपाल पर्यटन वोर्डले आर्थिक २०७५।७६ को बार्षिक बजेट तथा कार्यक्रम तर्जुमाका लागि वीरेन्द्रनगरमा आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बुढाले प्रदेश भित्रका पर्यटन क्षेत्रको सम्भाव्यता अध्ययन गरेर गुरुयोजना निर्माण गर्ने रणनीतिमा मन्त्रालय जुटेको जानकारी दिए । मन्त्रालयको आधा बजेट पर्यटन क्षेत्रको विकासका लागि छुट्याईएकाले बजेटको उचित प्रयोग गर्नेमा प्रतिवद्धता बढाले जनाए । ‘नीजि क्षेत्रसँग सहकार्य गरेर कर्णाली प्रदेशलाई पर्यटन गन्तब्यका रुपमा विकास गर्न सरकार लागि परेको छ’ बुढाले भने, ‘पूर्वाधार विकासमा सरकार केन्द्रित रहेकाले आन्तरिकभन्दा बाह्य पर्यटक भित्राउने सरकार गम्भीर बनेको छ ।’ पर्यटन विकासको लागि चुनौती रहेपनि यसको सहज समाधान गर्दै सबै पक्षको सकरात्मक सहयोगको अपेक्षा गरेको मन्त्री बुढाको भनाई छ कर्णाली रारा पर्यटन वर्षको शुभारम्भसँगै प्रदेशका दशवटै जिल्लाका ऐतिहासिक, धार्मिक र पर्यटकिय क्षेत्रहरुको पहिचान गर्ने काममा सहयोग पुग्ने अपेक्षा उनको छ ।

नीतिअनुसार सरकार चल्ने  भएकाले सहज नीति बनाउन नेपाल पर्यटन बोर्डका कार्यकारी समिति सदस्य कृष्णकुमार अर्यालले आग्रह गरे  । ‘नीति सहज नभए पर्यटनको विकास गर्न सकिदैन’ अर्यालले भने, ‘कर्णाली प्रदेशले पर्यटनका क्षेत्रमा भएका नीतिगत समस्याहरुलाई हल गरेर सातवटै प्रदेशलाई मार्गनिर्देश गर्ने नीति बनाउन सरकार चुक्नु हुँदैन् ।’ पर्यटकलाई तान्ने भन्दा उनीहरुलाई आफै आउने वातावरण निर्माण गर्नु पनेमा उनको जोड थियो । टिकटमा भएको विभेदकारी मूल्य अन्त्य गरी सबैलाई समान गराउनु पर्ने सुझाव अर्यालको छ । नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले कर्णाली रारा पर्यटन वर्षको घोषणा र पूर्वाधार विकासमा देखाएको अग्रसरताले कर्णाली प्रदेशको पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने दावी गरे ।

कार्यक्रममा बोर्डका हिक्मतसिंह ऐरले शौचालय, हरीयो र सफा शहर, जलक्रिडा, स्थानिय खाना र स्थानिय संस्कृति, ट्राफिक सहजता लगायतका कार्यक्रमहरु बोर्डले सञ्चालन गर्न लागेको जानकारी दिए । कर्णाली प्रदेशमा टुरिष्ट इन्फरमेशन सेन्टर स्थापना लगायत कार्यक्रम सञ्चालन गरेर पर्यटकलाई आकर्षित गर्ने प्याकेज घोषणा गर्ने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ