2026-10-30 06:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

अन्नपूर्ण क्षेत्रलाई पर्या पर्यावरण कुमारी क्षेत्र घोषणा गरिने

वासुदेव पौडेल | असार ३०, पोखरा | अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण क्षेत्रलाई ‘पर्या पर्यावरण कुमारी क्षेत्र’ घोषणा गर्ने भएको छ । 

विश्वका १० उत्कृष्ट पदमार्गमध्ये पर्ने अन्नपूर्ण पदमार्ग क्षेत्रको पर्यावरणीय संरक्षणलाई दृष्टिगत गरी गाउँपालिकाले उक्त नीति अवलम्बन गर्न लागेको हो ।

गाउँपालिकाका प्रमुख युवराज कुँवरका अनुसार अन्नपूर्ण आधार शिविर मार्गमा पर्ने छोम्रेङमाथि कुनै पनि पूर्वाधार विकासका नाममा मेसिनरी आंैजार प्रयोग गरिने छैन । 

अन्नपूर्ण हिमालको आधार शिविरलगायत अन्य आवश्यक स्थानमा साझेदारी नीतिका आधारमा पर्यटकको बसाइँ व्यवस्थित, सुरक्षित बनाउन सार्वजनिक जग्गामा रहेका लज एवं रेष्टुरेन्टमा निश्चित कोठा थप गर्ने नीति अवलम्बन गरिने कुँवरले जानकारी दिनुभयो । 

पदमार्ग क्षेत्रमा होटलको स्तरोन्नतिका साथै होटेलको संख्या थप गर्न र पर्यापर्यटनमा अभिवृद्धि गर्न कार्यदल निर्माण गरी त्यसबारे आवश्यक अध्ययन गरी निर्णय लिने गाउँपालिकाको योजना छ । 

अध्यक्ष कुँवरका अनुसार पदयात्रा पर्यटनको विकासका लागि गाउँपालिकाले हालै ग्रेट अन्नपूर्ण ट्रेकिङ ट्रेलको डिपिआर तयार गरेको छ । पदयात्रा पर्यटनलाई गाउँपालिकाले प्राथमिकतामा राख्नु स्वागतयोग्य भएको ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष दीपकराज अधिकारीले बताउनुभयो । 

“अन्नपूर्ण चक्रिय पदमार्गको उत्तर तर्फका मार्ग संकटमा परिरहेका अवस्थामा दक्षिणी भेगतर्फ यसको संरक्षण एवं प्रवद्र्धनमा भइरहेको प्रयास सह्रारनीय छ,” उहाँले भन्नुभयो, “अन्नपूर्ण गाउँपालिका जस्तै माछापुच्छ्रे, मादी जस्ता गाउँपालिकाले पनि पद्यात्रा पर्यटनलाई प्राथमिकतामा राख्नु आवश्यक छ ।” 

मर्दी ट्रेक, माछापुच्छ्रे मोडल ट्रेक, किर्कु पास, कफुचे लेक जस्ता पदमार्गको संरक्षण एवं प्रवद्र्धन आवश्यक रहेको उहाँले बताउनुभयो । 

अन्नपूर्ण क्षेत्रमा विशेष राहत, उद्धार एवं विपद्को अवस्थामा बाहेक हवाई हेली उडान कटौती गरी ध्वनी प्रदूषण रोक्ने नीति अवलम्बन गरिने गाउँपालिका प्रमुख कुँवरले बताउनुभयो । 

अन्नपूर्ण क्षेत्रमा प्रयोग भइरहेका हेलिकोप्टर र त्यसको आवाजसँगै ध्वनीप्रदूषण भइरहेको र त्यसका कारण त्यहाँ रहने जीवजन्तुलाई असर परिरहेको अवस्थाप्रति गम्भीर बन्नुपर्ने अवस्था आएकोमा गाउँपालिकाले थालेको यो प्रयास सकारात्मक भएको टान पश्चिमाञ्चल क्षेत्रीय संघका वरिष्ठ उपाध्यक्ष हरि भुजेल बताउनुहुन्छ । 

गाउँपालिकाले पर्यापर्यटनको संरक्षणलाई लक्षित गरी कार्यक्रम ल्याउनु सकारात्मक भएको बताउँदै उहाँले पर्यापर्यटनको संरक्षण अपरिहार्य भएको धारणा व्यक्त गर्नुभयो । 

अन्नपूर्ण क्षेत्रको प्रवद्र्धनका लागि आधार शिविरमा प्रथम हिमाल आरोही मौरिस हर्जोगको सालिक स्थापना गरी अनावरण गरिने तयारी पनि गरिएको छ । 

वर्षेनी ठूलो संख्यामा विदेशी पर्यटक यस क्षेत्रमा पदयात्राका लागि आउने गरेका छन्, भने पछिल्ला समयमा स्वदेशी पर्यटकको आकर्षण पनि उत्तिकै बढेको छ । अघिल्लो वर्ष अन्नपूर्ण पदमार्ग क्षेत्रमा ३२ हजार पर्यटकले पद्यात्रा गरेका छन् । 

नयाँ पुलदेखि वीरेठाँटी, तिखेढुंगा घोडेपानी मुक्तिमार्ग धेरै स्वदेशी एवं विदेशी पर्यटकले रुचाइएको पदमार्ग हो । 

यस्तै नयाँ पुल–वीरेठाँटी–घान्द्रुक, नयाँ पुल–विरेठाँटी–तिखेढुंगा–उल्लेरी–घोरेपानी, नयाँ पुलदेखि घान्द्रुक हुँदै छोम्रोङदेखि अन्नपूर्ण आधार शिविरसम्मको पदमार्ग, घान्द्रुक– घोरेपानी, सिवै–झिनु–छोम्रोङ, लान्द्रुक–झिनु–छोम्रोङ, टाढापानी–घुर्जुङदेखि आधार शिविर, लुम्ले–पोथना–ठूलाखर्क हुँदै मर्दी हिमालसम्मको पदमार्ग लगायतका पदमार्ग यहाँका आकर्षण हुन् । 

वनजंगल, उच्च पहाडी एवं हिमाली भू–भाग भएका कारण यो क्षेत्र पर्यापर्यटनका लागि महत्वपूर्ण सम्भावना बोकेको छ । यस गाउँपालिकामा आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण पहिलो पर्दछ भने सात हजार दुई सय १९ मिटरको अन्नपूर्ण साउथ पनि यसै क्षेत्रमा पर्छ । 

त्यस्तै छ हजार ७४१ मिटरको हिउँचुली, सात हजार ६४७ मिटरको बराहचुली, ६ हजार ५०० एक मिटरको सिन्गुचुली, ६ हजार ४४१ मिटरको पातलचुली, पाँच हजार ६९५ मिटरको टेण्ट पिक (थर्पुचुली) र चार हजार एक सय पाँच मिटरको खयर बराहयहीँ पर्दछन् । 

यहाँ पाँचऔँंले, सतुवा, वन लसुनजस्ता दुर्लभ एवं अत्यन्त महत्वपूर्ण जडीबुटी पाइन्छ भने डाँफे, मुनाल, घोरलजस्ता जीवजन्तु यस गाउँपालिकामा पाइन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ