By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
10 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
10 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
10 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
12 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
15 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
12 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
16 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
1 day ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: सरयू नदी र धार्मिक पर्यटनको विकास
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > बर्दिया - BRD > सरयू नदी र धार्मिक पर्यटनको विकास
पर्यटन बर्दिया - BRD
सरयू नदी र धार्मिक पर्यटनको विकास
kit
Last updated: July 19, 2018 3:30 pm
kit
22 Min Read
Share
 अयोध्या प्रसाद श्रीवास्तव
रामायणमा सरयू नदीको निकै महिमा गान गरिएको छ । भारतको विश्वविख्यात पुण्य तीर्थ अयोध्या यसै नदीको तटमा अवस्थित छ । भगवान रामको जन्मभूमि र क्रीडास्थल रहेको यो पुण्यतीर्थमा आज पनि लाखौं तीर्थयात्री यस नदीमा नुहाउने गर्दछन ्। भारतको धार्मिक पर्यटन केन्द्रका रुपमा रहेको यो शहरले शिल्पकला र मूर्तिकलाको उद्योग तथा अन्य चीज वस्तुको ठूलो व्यापार व्यवसायले लाखौं मानिसलाई रोजगारी दिएको छ । अयोध्याको यो पुण्यशीला सरयू या सरजू नदी धेरै नदी नालाहरुको संयोगबाट बनेको छ तर यसको उद्गम स्थान बारे कमैलाई थाह होला । यस कुराको अनभिज्ञता, लापरवाही र उद्यमशील – व्यवसायिक बुद्धिको अभावमा हामीले लाभ र यश का धेरै अवसरहरु गुमाई रहेका छौं । यो सरयू नदी वर्तमान समयमा दाँग जिल्लामा प्रकट भएपछि दांँग कै बबई खोला, सल्यानको शारदा खोला र बर्दियाको भादा खोलामा मिसिदै अंतमा भारतमा प्रवेश गर्ना साथ सर्जू नदी कहलाउँछिन् । यसै संदर्भमा यहाँ छलफल गर्न खोजिएको छ ।
सरयू नदीको पौराणिक आधार खोज्दै जाने हो भने रतनापुर निवासी मेवालाल कुर्मीले सुखसागर भन्ने धर्म ग्रन्थमा प्राचीन कालमा ऋषिमुनिहरुको तपस्थलीमा पानीको आवश्यकता पूरा गर्नकालागि स्वयं विष्णु भगवानले धर्तीमा बाँण हानेर जलश्रोत प्रकट गरिदिनुभएको प्रसंग छ । तर, त्यो प्रसंग यसै ठाउँको हो भनेर किटानी नरहेपनि बाँणलाई “सर” र उत्पत्तिलाई “जू” भनिएको हुँदा “सरजू” को उत्पत्ति भएको हुनुपर्दछ । त्यो सरजू अथवा सरयू नदी यही हुनु पर्दछ र यसको मूल दाङको ऋषिमुनिहरुको तपस्यास्थलमा उत्पत्ति हो भने त्यहाँका स्थानीयहरुले “बाबाजी” “बाबाजी” भन्दाभन्दै “बाबाई” र अन्तमा अपभ्रंस हुन गई बबई भएको हुनु पर्दछ भनी पौराणिक आधारमा अनुमान गर्नुहुन्छ ।
तर एैतिहासिक यथार्थ धरातलको खोज गर्दै जाँदा,यो नदीको उद्गम स्थलका मूल निवासी, गुलरिया न.पा.को सुहेलवा गाउँ बस्ने गंगाराम अधिकारी (वहाँको हालसालै स्वर्गवास भएको छ ) का अनुसार दाँग हरलक काउले गा वि स को हरलक काउले गाउँ नजीक को पहाडबाट यौटा पातलो चीरो, पहाडको वर्षाती पानीको झरन तल आउँछ, यसमा पानी टिक्दैन, रही रहदैन । तल आएपछि यसैमा पहाडबाट निस्केको पानीको अर्काे मसिनो सानो श्रोत देखिन्छ, जसमा गाउंलेहरुले ढुंगे धारो बनाएका छन् र तुर्र आउने पानी हात थापेर पिउने र साना तिना आवश्यकता पूरा गर्ने गर्दछन् । यसलाई स्थानीय मानिसहरुले “सरयूको शिर” भन्दछन् । थोरै तल आएपछि यसमा पानी बृद्धि हुन्छ र यसलाई “बालिम” खोला भनिन्छ । यो खोला दाँगको समतल भूमिमा पुगेपछि घोराहीको पूर्वबाट आएको “कटुवा खोला” पश्चिमको सेवार खोला र त्यस देखि पूर्वबाट आएको “सिसने खोला,” कोइरेपानी गाउँ नजीक यसमा मिसिए पछि यसलाई “बबई खोला” भनिन्छ भनि बताउनु हुन्थ्यो । अलि अगाडी गएपछि घोराही भन्दा पश्चिम गुरिए खोला र बेलझुण्डी बिजौरीमा आए पछि गुहार खोला, तुल्सीपुर निर “पात खोला” यसमा मिसिन्छन । झम्के खोला सहित बागर हुदै दक्षिणबाट अनेक खोलाहरु मिसीन्छन् । दाँग कोइरेपानीबाट बबई भएर हिंडेको यो खोलामा सल्यानबाट आएको “शारदा खोला” मिसिएपछि बल्ल यसको आकार अलि ठूलो हुन पुग्दछ र त्यहाँ देखि बर्दियामा प्रवेश हुदा यिनी सरयू कहलाउछिन । त्यस पछि बर्दियामा पुग्दा सम्म केही अरु स–साना खोल्साहरु यसमा मिसिन्छन् । वहाँले “बबई” भन्ने नाम घोराही सदरमुकाम नजीकको भएकोले यो नाम बढी प्रचलनमा आउनु स्वाभाविकै भएको हुँदा पहाडमा यसको उद्गम लाई “सरयूको शिर” भन्ने गरेको कुरा त्यहाँका स्थानीयहरुमा मात्र सीमित हुँदै गएको हो । त्यस पछि बर्दियामा भूमिसुधारको प्रचार र औलो उन्मूलन भए पछि २०२५ साल देखि पहाडका मानिस बर्दिया झर्र्ने क्रममा दाँगको समतल भूभागबाट बर्दिेया आएका मानिसहरु बबई नाम संग परिचित रहेकाले बर्दियामा पनि यसलाई बबई नै भन्न थाले का हुन् जसले गर्दा यसको मूल नाम सरयू ओझलमा पर्न गएको हो भनेर गंगाराम अधिकारी ले इतिहास बताउनु भएको थियो र शुशिल कुमार लामिछानेले पनि यस सम्बन्धी जानकारी दिनु भएको छ ।
मुक्तिनारायण भादा घाट व्यवस्थापन समितिले यो पंक्तिकारको संयोजकत्वमा २०७३ सालमा गुलरिया नजिक हुलाकी सडक छेउ भादा नदीको घाटमा महायज्ञ लगाउने क्रममा उक्त संस्थाका अध्यक्ष नारायण प्रसाद श्रेष्ठको साथमा यो पंक्तिकार सरयू शिरको पूजा गर्न पर्यटन पत्रकार फुलवारी एफ.एम.का दीपक शर्माको सहयोगमा दाँग गएकोमा इतिहासकार, भद्रभलाद्मी, जान्ने बुझ्ने र पर्यटन पत्रकार धनीराम शर्मा सहित संस्कृत विश्व विद्यालयकाका प्रतिनिधि समेतको भेटघाट र अन्तरक्रियामा बाह्रै महिना पानी आउने सरयूको शिर दाँगको रामपुर गा.वि.स. वडा नं. ९ सीमलतराको अठ्ठाइसे टोलमा रहेको लालझाँक्री बनको पहाडको टुप्पोमा मूल फुटेर पानी तल खोलामा आउने गरेको मुख्य शिर छ भनेपछि हाम्रो टोली पत्रकार रेडियो र टी भी. का संवाददाताहरुको साथमा २०७३ भदौमा सो मूलमा पुगेका थियौं । त्यहाँ जेष्ठ र मंसिर पूर्णिमामा सरयूको शिर भनेर गाउँलेहरुले पूजा गर्दा रहेछन् । त्यहाँ सानो गुफा पानीको सानो खाल्डो र भीरबाट सानो धार पानी झरी रहेको देखियो । त्यसको करिब ३०० मिटर माथि चुचुरोमा वास्तविक मूल भनेकोमा ठाडो भिर, मेरो अस्वस्थता र रात पर्न लागेको, वर्षाको जङ्गल र वर्षात् हुने बुँदाबुँदी शुरु भैसकेकोले स्थानीय निवासीहरुले माथि उक्लिन नसक्ने हुनाले यसै ठाउँमा यहीँ स्रोतमा पूजा आजा हुने गेको भनेपछि हामीले सरयू शिर भनिएको त्यस ठाउँमा पूजा गरेर जल लिएर फर्केका थियौं र महायज्ञमा संस्कृत विश्वविद्यालयका रजिष्ट्रार कार्तिकेय झाको नेतृत्वमा प्राध्यापकहरु तथा अन्य श्रद्धालु भक्तहरु पनि बर्दिया आउनु भएको थियो । यो महायज्ञमा सरयू नदीको पुनरप्रतिष्ठा र धार्मिक पर्यटनमा अभिवृद्धिका लागि गुलरियाको महायज्ञमा २०७३÷०६÷०१ गते सरयू नदी नामलाई प्रतिष्ठित गरी गुलरियाको वडा नं. १० हुलाकी मुक्तिनारायण घाटलाई तीर्थ घोषणा गरिएको छ र अयोध्या , काशी, गया, नैमिषारण्य तीर्थमा पिण्ड दान, श्राद्ध कर्म गर्न जानेहरुले अयोध्यादेखि कर्मकाण्ड शुरु गर्नुको सट्टा, सरयूको कमर भागदेखि अथवा दाँगको शिरस्थानदेखि कर्मकाण्ड शुरु गर्न र नियमित श्राद्ध समेत सरयू तटमा गर्न गुलरिया घाटमा यज्ञशाला, धर्मशाला र मन्दिर समेत बनेको छ र यस दिशामा भारतमा प्रचार प्रसार तथा वेबसाइट निर्माणको आवश्यकता देखिन्छ ।
यसरी दाङमा स्रोतस्थानमा सरयू नाम भएको, दाँगको सदरमुकाम निर बबई भनिएको यो नदीमा स—साना खोला खोलसाहरु मिसिदै बर्दिया आएपछि सरयू कहलिएको र कुम्हराघाट हुँदै बेचईपुर र पण्डितपुरको बिचबाट दक्षिणपूर्व बग्दै हालको कृष्णसार क्षेत्र र खैरी गाउँको पूर्व हुँदै हसनापुर कटी देखि पूर्व बग्दै खाले गुलरिया गाउँलाई उत्तरपूर्व पार्दै गुलरिया बजार र भन्सार र सूरजपुरको पश्चिम दक्षिण बग्दै प्रयागपुर कालाबञ्जर हुँदै भारतमा प्रवेश गरेपछि गोपिया गाउँको पूर्व बग्दै  मिहिपुरवा–नानपारा मूलसडकको पुल र रेलवे पुल भएको नदी नै सरयू हो । ती पुलहरुमा सरयू पुल भनेर लेखिएको छ । नेपालका मान नदी र नकहवा, डिडैना खोलाहरु पनि त्यहीनिर यसमा मिसिन पुग्दछन् । चुरे पहाडको जंगलबाट निस्केको धधवारतिरवाट आएको भादा खोला पनि नेपाल सीमा पार गरेपछि  यसै सरयू नदीमा मिल्दथ्यो । साना ठूला खोलाहरुलाई समेट्दै यो सरयू नदी अगाडि बढ्दै भेरी कर्णाली नदी जसलाई भारतमा घाघरा भनिन्छ, चौकाघाटमा गएर घाघरामा विलय हुन्छ र विशाल आकार प्राप्त गर्दछ । यो घाघरा अगाडि बढ्दै गएपछि नेपालको महाकाली नदी जसलाई भारतमा शारदा भनिन्छ, यो शारदा र घाघरा एकाकार भएर रामायणमा गुणगान गरिएको भगवान रामको जन्मभूमि अयोध्या तीर्थमा पवित्र सरयू नदी कहलाइन्छ र त्यहाँबाट अगाडि यसको यात्रा जारी रहन्छ ।
दाङको बबई समेतका खोलाहरु मिश्रित नदीलाई बर्दियामा सरयू नदी र भारतमा प्रवेश गर्नासाथ यो नदीलाई सरयू नै भनिएको छ । तर नेपालको तराईमा कोही कोहीले कर्णाली र महाकालीलाई पनि यदाकदा सरयू भनेको सुनिन आउँछ । यी दुइ नदीहरु भारतमा गएर सरयूमा मिसिएपछि सरयू नै बन्न पुगेकाले सरयू नदीको माथिल्लो खण्ड कर्णाली र महाकालीलाई पनि सरयू भनिएको हो भन्ने भनाई छ । तर कर्णाली र महाकालीलाई नेपालमा कुनै कागज र नकशामा सरयू भनेर उल्लेख भएको पाइदैन भने इनलाई भारतमा पनि सरयू भनेर कहीं उल्लेख गरिएको छैन । यस कारण यी दुइ नदीलाई सरयूमा मिसिएको कारण शास्त्रीय भाषा र श्रद्धावश सरयू भनेको कुरा स्पष्ट हुन्छ । भारत उत्तर प्रदेशका सिचाई मन्त्री शिवपाल यादवले घाघरा (कर्णाली) सरयूमा मिसिएपछि गोण्डादेखि बलियासम्मको नदीको भागलाई सरयू नै भन्नुपर्छ भनि घोषणा गर्नुभएको दैनिक जागरण अगस्त १२, २०१६ मा प्रकाशित समाचारले गुलरिया हुँदै बगेको नदी नै सरयू भएको र अहिलेपनि पर्यटन उद्योगको ढाँड रहेको कुरा स्पष्ट भैरहेको छ ।  यसका साथै उच्च पहाड र हिमालबाट उत्पत्ति भएको जलश्रोतलाई नदी भनिन्छ र चुरे पहाड र वन जङ्गलबाट निस्केकाहरु खोलानाला कहलाउँछन् यस अर्थमा भेरी, कर्णाली, महाकाली नदी हुन तर सानो पहाडबाट निस्के पनि सरयूको शिर ऋषि भूमि भएको र यो शिर गएर भारतमा भेरी कर्णाली र महाकालीसंग जोडिएकोले सरयू उच्च कोटिको नदी बन्न पुगेको र अयोध्यानगरी भगवान रामको जन्म भूमि स्थानको नदी भएकोले परम पावनी सरयूको स्थान अद्वितिय छ र महात्म बर्णन गरेर साध्य छैन भनी गुलरिया निवासी प्रकाण्ड पण्डित श्री खेमराज गौतम, डिल्ली प्रसाद उपाध्याय र पुस्कर अधिकारीले दावी गर्नु हुन्छ । जे भएपनि दाङको बबई समेत मिसिएको नदीलाई बर्दियाको जनमानस, बोली बचन र अड्डाखानामा पुराना नक्शा आदि श्रेस्तामा यो नदीको नाम सरयू—सरजू नै अङ्कित रहेकोले पौराणिक सरयू यही नदी भएको कुरामा कुनै शंका र विवाद छैन ।
सरयू नदी बर्दिया गुलरियाको बेचईपुर निर घुमती बनाउने ठाउँ नजीकै गडउटकी खोला र भादा खोला थिए । सं. २००७ सालको बाढीमा यो सरयू नदी उत्तरपट्टी रहेको गड्उट्की खोलालाई कटान गरी आफुमा मिसाएपछि यसको फाँट अलि चाक्लो हुन पुग्यो र बगही, बेचईपुर र तुलसीपुर गाउँको सिंचाइमा प्रयोग हुने गड्उट्की खोलाको बाँध फुटेपछि सो खोलादेखि पूर्व रहेको भादा खोलामा नदी पस्न नपाओस भन्ने उद्देश्यले बनघुस्री गाउँमा कोठार बनााएर बसेका तत्कालीन बर्दियाका सब भन्दा ठूला र भारतमा लखनऊ गोरखपुर सम्म प्रभावशाली नाम कहलिएका जमिनदार हरिहरप्रसाद उपाध्यायले सरयूमा ठूलो जनबल लगाई बाँध बनाएका थिए । तर सरयू, जसले पण्डितपुरलाई दायाँ पारेर घुम्ति बनाउँदै दक्षिणतर्फ बगेको थियो, बाँधले नियंत्रित भएन र त्यसले घुम्तिको मुख सोझो पार्दै अन्तमा २०१७ सालको बाढीमा गहिरो खोला “भादा” खोलामा खस्न पुगेको  हो भन्ने कुरा रतनापुर निवासी १०२ वर्षिय छत्रपाल कुर्मी र हसनापुर कटी निवासी विशेश्वर यादव समेतका वयोवृृद्धहरुले बताउनु हुन्छ ।
तर खैरापुर क्षेत्रका केही वृद्धहरुले अलि फरक कुरा सुनाउँछन् । उनीहरुका अनुसार निमकोठिया निवासी कमलाप्रसाद श्रीवास्तव राणा विरोधी गोप्य आन्दोलनकर्ता प्रजा परिषद्का सदस्य भएकाले त्यसबेला यो क्षेत्रमा जनघनत्व बढी भएको र आवागमनका लागि भारतको मूर्तिहा र निशानगाडा रेलवे स्टेशन सुगम र नजिक पर्ने हुनाले राणा विरोधी गतिविधि बढ्न लागेको र हरिहर उपाध्याय राणाहरुको घनिष्ट भएकाले राणाविरोधी गतिविधि बारे बनघुस्री गाउँबाट निगरानी राख्न कठिन पर्ने हुनाले खैरापुरको गुजरहना गाउँमा स–मिल लगाएर आफ्नो उपस्थिति बाक्लो बनाउने क्रममा सरयू लाई भादा खोलामा खसाल्ने असफल प्रयास गरेका थिए भन्ने कुरा सुनाउँछन् । तर लेखक यस कुुरामा विश्वस्त नहुने कारण यो  छ कि, हरिहरप्रसाद उपाध्यायले गुजरहनाको खाद्य गोदाम र मिलमा आगो लगाउने जस्ता मुद्धाहरु चलाएकाले,ज्ञातव्य इतिहासमा बर्दियाका प्रथम प्रजातान्त्रिक योद्धा कमलाप्रसाद श्रीवास्तवलाई राणा शासनबाट वि.सं. १९९३ सालमा दामल सजाय भएको र नख्खु जेलबाट वि.सं १९९७ सालमा नै देश निकाला भै वीरगंजको नाकाबाट भारत पठाईसकेकोले सो कुरा वि.सं.२०१७ सालमा नदीको मुहान खन्ने प्रसंगमा मेल खाने देखिदैन । अरु कोही कसैबाट यो नदीको इतिहास लेख्ने क्रममा भ्रम श्रृजना नहोस भन्नका लागि यहाँ यो स्पष्टिकरण दिइएको हो ।
जेहोस, सरयू नदी को पानी २००७ देखि भादा खोलामा खस्न शुरु भयो र सरयूका दुई हाँगा भए अंतमा २०१७ साल सम्म लगभग १० वर्षको संघर्ष पछि  सरयू नदी बेचईपुर नजिक भादा खोलामा पूर्णतया आफै खसेपछि सरयूको चलीरहेको मुहान थुनियो र यसको बहाव बगही, बालापुर, टँडवा, बाँधूपुर र थपवा हुँदै भारतमा प्रवेश गरेको, “भादा”खोला गोपिया हुँदै नकहवा कुलोलाइ समेट्दै मुरैनिया र रोशनकोला गाउँ हुँदै पुनः सरयूमा मिसिन पुगेको हो । छोटकरीमा भन्नु पर्दा सरयू नदी नेपालमा बेचईपुरको पश्चिमबाट बगदै गुलरियाको पश्चिम हुँदै भारतमा प्रवेश गरेको भाग अब पुरानो नदी “बुढिया नदी” को रुपमा परिवर्तित भएको छ र केही चिन्ह अवशेष बाँकी रहेपनि धेरै जसो भाग आवाद गुलजार भैसकेको छ । भादा खोला अब भादा नदी बन्न पुगेको छ । यसरी सरयूको बिचको भाग भादा खोला भएको छ ।
यसको दर्शन स्थान दाङ्गमा यसलाई सरयूको शिर भनेको र बर्दियामा प्रवेश गरेपछि सरयू भनिएकोमा वर्तमान समयमा कतै बबई र कतै भादा नदी भनिएको छ । तर भारतमा गएपछि आधिकारिक स्तरमा हाल सम्म समेत सरयू नै भन्ने गरिएकोले यी तीन नाम मध्ये पौराणिक, परम्परागत र अधिकारिक सरयू भन्ने नाम हामीकहाँ लोप हुँदै गएको देखिन्छ । सरयू नदीको तटमा स्थापित बबई बहुमुखी क्याम्पसको नामाकरण हुँदा त “बबई क्याम्पस”, र गुलरियाको सामुदायिक रेडियो एफ.एम को “बबई एफ.एम” र साविक नेउलापुर भूरीगाँउ क्षेत्रलाई बबई नगरपालिका नामाकरण हुन पुगेको छ भने, ऐतिहासिक र भौगोलिक ज्ञानको अभावले गर्दा अन्यत्र धेरै स्थानहरुमा असावधानी र अज्ञानता झल्कने कामहरु भएका र भइरहेका देखिन्छन् । एक किसिमले भन्नु पर्दा बर्दियाको धार्मिक र साँस्कृतिक गहना र धरोहर नै तिरोहित हुन पुगेको छ । बर्दियामा सरयूको नामै बिगारेर भन्ने हो भने  दाँगबाट आएका खोलाहरुको मिश्रण बबई खोला सल्यानको शारदा खोलाले गर्दा जीवन्त भएकोले बरु शारदा भन्न मिल्थ्यो होला र  बेचईपुर देखि भारत सीमा सम्मको टुक्रालाई बरु “भादा”भन्न सकिएला तर बबई भन्ने आधार त दाँग तिरबाट आएका मानिसहरुको स्मृति बाहेक अन्य कुनै आधार देखिदैन । बबई नदी त यो नदीको न शिर हो न पुच्छर हो केवल दाँग क्षेत्रमा सीमित बीचको खण्ड मात्र हो । पौराणिक सरयू नदीको मूल बर्दिया र श्रोत दाँग हो भन्ने कुरा प्रचारमा ल्याउन सकिएमा बर्दिया र दाँग जिल्लाको पौराणिक र धार्मिक महत्व बढन सक्दछ भगवान रामको जन्मभूमि भारतको अयोध्या तीर्थको सरयूमा स्नान  गर्न  र गंगाको उद्गम उत्तराखण्डमा गोमुख को दर्शन गर्न लाखौं मानिस जाने गरे जस्तै, गुलरिया र दाँगको हरलक काउले र झाँक्री बनमा मा हिन्दू तीर्थयात्रीहरुको ओइरो लागन सक्दछ , जसले धार्मिक पर्यटनलाई ठूलो टेवा पुर्याउन सक्दछ ।
संभवत् २०५८ सालको कुरा हो । गुलरिया निवासी श्री किशोर कुमार गौतमले एक जना सन्यासी सन्तलाई लिएर यो पंक्तिकारको घरमा आउनु भयो । परिचय हुँदा वहाँ वैदिक संस्कृतका धुरंधर विद्वान, भुवनेश्वरी मन्दिर गोरक्षपीठ बासकी चौर बल्खु काठमाडौ निवासी स्वासी सम्बुद्ध देव हुनु हुँदो रहेछ । वहाँ योगी नरहरिनाथका समकालिन साथी भएकाले नरहरी नाथको समयमा शुरु भएको काम पुरा गर्ने उद्देश्यले बर्दिया आएको कुरा बताउनु भयो र म कहाँ निवास गर्नुभयो । यस क्रममा वहाँले कोठिया घाटको चौतर्फी अध्ययन अवलोकन गरेर गुलरियामा धार्मिक, सामाजिक, राजनैतिक र प्रशासनिक व्यक्तित्वहरुसँग अन्तरक्रिया गर्नुभयो र नरहरी नाथले गौतम बुद्धको केही समय प्रवासस्थल रहेको क्षेत्र “गौढी” (खैरीचन्दनपुरको दक्षिणी भूभाग र सो भूभागदेखि दक्षिणको भारत जङ्गल, ढोढरी गा.वि.स.को खातागाउँको गेरुवा नदी तट समेतको क्षेत्र)लाई समेटेर कोठियाघाटमा विश्वविद्यालय स्थापित गर्न खोज्दा डा. मोहम्मद मोहसिनको अवरोध र राजा महेन्द्र सहमत नभएकोले वहाँले तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरागान्धीको सहयोग र सहमतिले भारतको विछिया पुल, गिरिजापुरी कलोनी पनि गौढी क्षेत्र भएको भनि त्यहाँ विद्यालय सञ्चालन गर्नु भएको रहेछ । सो सहयोग समितिमा भारत बहराइच र मिहिपुरुवाका मानिसहरु र नेपाल तर्फबाट वकील होम प्रसाद न्यौपाने, ढोढरीका तुल्सी काफ्ले, बसन्ताका बाबुराम शर्मा आदि हुनुहुँदो रहेछ । मढैला (हाल लालिबजार बस्ने) शिक्षक खगेश्वर घिमिरे हुनुहुन्थ्यो । कोठियाघाट देखि कैलाश मानसरोवरको यात्रा जल मार्गबाट चलाउने, कोठियाघाटमा परम्परागत पेसा व्यवसाय र आधुनिक ज्ञानको मिश्रित सीप महाविद्यालय चलाउने र सरयू नदीको पुर्नप्रतिष्ठा गर्ने आदि योजनाका साथ वहाँहरु प्रयासरत रहनु भएको कुरा त्यस बेला पत्र पत्रिकामा आउने गरेको थियो ।
२०६३ सालमा वहाँले काठमाडौबाट जनकल्याण आयुर्वेद उद्योग प्रा.लि. काठमाडौं न.पा. १०, भक्तपुर, चित्तपोल–७ का योगी हरिकृष्ण पाण्डे र मुक्तिनाथ घिमिरे त्रि.वि.वि. अन्तर्गतका प्राध्यापक बालकृष्ण न्यौपाने, पत्रकारहरु लगायत सन्त महन्त बैद्यहरुका साथ २०६३÷१२÷२८ मा स्थानिय कैलाशद्वार ॐकारेश्वर शिव पाञ्चायन मन्दिरको सहयोगमा उपचार शिविर तथा समय समयमा यज्ञ र अन्य शिविरहरु कोटिहोम स्थल कोठियाघाटमा सम्पन्न गर्दै सभा गोष्ठि गर्दै खैरी गाउँको दक्षिण गेरुवा नदी तटमा “नवग्रह वेदी” स्थापित गर्नु भएको थियो ।वहाँहरुको निरन्तर प्रयासका वावजूद सरकारी तन्त्र सक्रिय नभएकोले कुनै सार्थक परिणाम प्राप्त हुन सकेन । स्वामी ज्यूको २०६३ मा मृत्यु भएपछि सो क्षेत्रमा धार्मीक कार्यमा सक्रिय लक्ष्मीनारायण मन्दिर गुलरिया रहेको छ र कैलाशद्वार नामको बोर्ड पनि लगाएको छ ।
स्वामीजीहरुको सानिध्यमा रहँदा यो लेखकलाई अध्ययन अनुसन्धानमा रुचि जागेकोले गौतम बुद्धको प्रवासको बारेमा श्रावस्ती गएर अध्ययन गरेको साथै वहाँहरुको छलफलमा कर्णाली नदी कैलाशको राक्षस तालबाट निस्केको हो तर सरयू नदी मानसरोवरबाट निस्किएको भनि पुराणमा भनिएता पनि वर्तमान समयमा मानसरोवरबाट ब्रह्मपुत्र र रावी (झेलम भनेका थिए कि?) दुइटा नदीमात्र देखा पर्छन् । सरयूको शिर बिलीन भएको देखिन्छ भन्ने कुरा छलफलमा आएको थियो ।
एवम् प्रकारले दाँग बासीहरुले हरलक काउले र रामपुरको सीमलतरा गरी दुइ ठाउँमा सरयू शिर देखाएको । दुवै शिरको पानी बबई खोलामा जाने गरेको रहेछ । तर सरयूको उद्गम मानसरोवर होइन र ? भन्ने जिज्ञासामा भारत इलाहावाद संगममा गंगा, जमुना र सरस्वती तीन वटा नदी मिलेको शास्त्रमा उल्लेख गरेको तर सरस्वतीको कुनै चिन्ह समेत नरहेकोले पृथ्वीको सतहमा आएको परिवर्तनबाट एउटा नदीको समूल अन्त भए जस्तै मानसरोवरबाट सरयूको मुहान लुप्त हुन गएको हुन सक्ने र भित्रि स्रोतबाट दाँगमा प्रकट भएको हुन सक्ने भन्ने कुरा सन्त, महन्त र बुद्धिजीविहरुको छलफलमा आएको थियो ।
यो विषयमा मुक्तिनारायण भादा घाट स्मारिकामा मेरो सहयोगमा तयार भएको आदित्य पंकजको लेख र परिमार्जित पुस्तिका समेत प्रकाशित छन् तर कतैबाट चासो व्यक्त भएको पाइँदैन । सरयू जस्तो अति महत्वपूर्ण नदीको छातीदेखि कमर सम्मको भाग नेपाल भूमिमै रहेको स्पष्ट छ । दाँग बासीले शिर भाग दाँगमा रहेको दाबी गरिरहेको र भौतिक रुपमा वर्तमान समयमा त्यही देखिए पनि यदि धर्मशास्त्रले सरयूको उद्गम स्थल मानसरोवर भन्छ भने यो अनुसन्धानको विषय हो । सल्यानको शारदा खोलाको उद्गम कहाँ हो र यसका स्रोतहरु के के हुन् भन्ने कुरा पनि हेर्नु पर्दछ । तर सर्वप्रथम त मानसरोवर नै उद्गम हो भने महाभारत वा अन्य कुनै पहाडको उत्पत्ती हुँदा नदी , मुहान र अन्य भाग लोप हुन गएको हो कि ? यो अति गम्भीर विषय हो । तर यसलाई प्रस्ट्याउन सकियो भने पर्यटकिय ठूलो आर्थिक लाभ र राष्ट्रिय मर्यादाको विषय पनि हो । अब त ५ नं. र ७ नं. प्रदेश सरकारहरुले बढी चासो राखेर अनुसन्धान अगाडी बढाउन आवश्यक देखिन्छ । बर्दियाको प्राचीन मानव सभ्यताको स्थल दानवाताल हुँदै सुर्खेत काँक्रेबिहार, राराताल र कैलाश मानसरोवरको बीच पूर्व र उत्तर वैदिकालीन मानवीय सभ्यता र सम्बन्ध थियो, थिएन ? के सरयू तटिय मानवसभ्यता त्यहाँबाट शुरु भएको थियो ? भूइचालो अथवा अन्य परिवर्तनबाट नदी भासिएर भित्र भित्रै बग्दै दाँगमा प्रकट भएकी हुन् ? या मानसरोवरबाट निक्लेकी सरयूको शिर र बीचको भाग पुरिन गएको हो ? सोध खोज हुनुपर्दछ ।
फोन –००९७७ ०८४ ४२० ४९४
[email protected]<o:p></o:p>
Share This Article
Facebook Email Copy Link Print
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Previous Article बैदेशिक रोजगारमा सबैभन्दा बढी कामदार पठाउने म्यानपावर दि रिभर, टप-५० मा को-को ?
Next Article मलेसियामा कामदारको न्युनतम पारिश्रमिक १५ सय रिंगिट
Leave a Comment Leave a Comment
Leave a Reply Cancel reply
You must be logged in to post a comment.
You Might Also Like
अछाम - ACMअर्घाखाँची - AGKइलाम - ILMउदयपुर - UDPओखलढुङ्गा - OKLकन्चनपुर - KNCकपिलवस्तु - KPLकाठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPकालिकोट - KLKकास्की - KSKकैलाली - KLLखोटाङ्ग - KTGगुल्मी - GLMगोरखा - GRKचितवन - CTWजाजरकोट - JKTजुम्ला - JMLझापा - JPटिप्सडडेलधुरा - DDLडोटी - DTडोल्पा - DLPतनहुँ - TNHताप्लेजुङ्ग - TPLतेह्रथुम - TRTदाङ्ग - DNGदार्चुला - DCLदैलेख - DLKदोलखा - DLKHधनकुटा - DNKधनुषा - DNSधादिङ्ग - DHGनवलपुर - NWLनुवाकोट - NWKपर्बत - PBTपर्सा - PRSपश्चिमी रुकुम - RKMपाँचथर - PCTपाल्पा - PLPप्युठान - PTNबझाङ्ग - BJNबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLबाजुरा - BJRबारा - BRबैतडी - BTDभक्तपुर - BKTभोजपुर - BJPमकवानपुर - MKWमनाङ्ग - MNGमहोत्तरी - MHTमुगु - MGमुस्ताङ्ग - MSTमोरङ्ग - MRGम्याग्दी - MGDरसुवा - RSWरामेछाप - RMCरुपन्देही - RPDरोल्पा - RLPरौतहट - RTHलम्जुङ्ग - LMGललितपुर - LLTसङ्खुवासभा - SKWसप्तरी - SPTसर्लाही - SLHसल्यान - SLNसिन्धुपाल्चोक - SDPसिन्धुली - SDLसिराहा - SRHसुनसरी - SNSसुर्खेत - SKTसोलुखुम्बु - SLKस्याङ्गजा - SNJहुम्ला - HML
होसीयार ! बर्गर र पाउरोटीबाट पनि क्यान्सरको खतरा
57 years ago
पर्यटन
पर्यटकीय गन्तव्यका रुपमा परिचित बागलुङ कालिका मन्दिर जिर्णोद्धार
57 years ago
जाजरकोट - JKTपर्यटन
पर्यटन प्रवद्र्धनका लागि संरचना निर्माण
57 years ago
अछाम - ACMअर्घाखाँची - AGKइलाम - ILMउदयपुर - UDPओखलढुङ्गा - OKLकन्चनपुर - KNCकपिलवस्तु - KPLकाठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPकालिकोट - KLKकास्की - KSKकैलाली - KLLखोटाङ्ग - KTGगुल्मी - GLMगोरखा - GRKचितवन - CTWजाजरकोट - JKTजुम्ला - JMLझापा - JPडडेलधुरा - DDLडोटी - DTडोल्पा - DLPतनहुँ - TNHताप्लेजुङ्ग - TPLतेह्रथुम - TRTदाङ्ग - DNGदार्चुला - DCLदैलेख - DLKदोलखा - DLKHधनकुटा - DNKधनुषा - DNSधादिङ्ग - DHGनवलपुर - NWLनुवाकोट - NWKपर्बत - PBTपर्सा - PRSपश्चिमी रुकुम - RKMपाँचथर - PCTपाल्पा - PLPप्युठान - PTNबझाङ्ग - BJNबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLबाजुरा - BJRबारा - BRबैतडी - BTDभक्तपुर - BKTभोजपुर - BJPमकवानपुर - MKWमनाङ्ग - MNGमहोत्तरी - MHTमुगु - MGमुस्ताङ्ग - MSTमोरङ्ग - MRGम्याग्दी - MGDरसुवा - RSWरामेछाप - RMCरुपन्देही - RPDरोल्पा - RLPरौतहट - RTHलम्जुङ्ग - LMGललितपुर - LLTशिक्षासङ्खुवासभा - SKWसप्तरी - SPTसर्लाही - SLHसल्यान - SLNसिन्धुपाल्चोक - SDPसिन्धुली - SDLसिराहा - SRHसुनसरी - SNSसुर्खेत - SKTसोलुखुम्बु - SLKस्याङ्गजा - SNJहुम्ला - HML
एसइईको नतिजा भोली सार्वजनिक गर्ने तयारी हुँदै
57 years ago
Sport News
• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)
Socials
Facebook Twitter Youtube
Company
• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)
Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress
Welcome Back!
Sign in to your account
Username or Email Address
Password
Lost your password?