2026-09-08 01:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

सरकारले २४ घण्टै होटल, रेष्टुरेन्ट संचालन गर्ने वातावरण बनाउँछ : मन्‍‍त्री अधिकारी

प्रज्वल पौडेल । भदौ २, काठमाण्डौ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्‍‍त्री रविन्द्र अधिकारीले पर्यटन क्षेत्रको विकासबाट मात्र नेपालको आर्थिक समृद्धि सम्भव हुने बताउनुभएको छ । शनिबार राजधानीमा फास्टफुट एसोसियन नेपालको छैठौँ अधिवेशनको उद्‍घाटन गर्दै उहाँले पर्यटन प्रवर्द्धनका लागी सरकारको पहिलो प्राथमिकता विमानस्थललाई व्यवस्थित गर्नु रहेको बताउनुभएको हो । मन्त्री अधिकारीले त्रिभूवन अर्न्तर्राष्ट्रिय विमानस्थल आफू मन्त्री भएपछि हाल २१ घण्टा संचालनमा ल्याएको बताउदै पूर्णरुपमा विमानस्थल निर्माण पश्चात २४ घण्टा  संचालन गरिने र होटल व्यवसाय पनि निरन्तर चल्ने बताउनुभयो । 


उहाँले नेपालका महत्वपूर्ण शहरमा यहि आर्थिक वर्षबाट क्रमश समय बढाउदै २४ घण्टै होटल, रेष्टुरेन्ट संचालन गर्ने वातावरण सरकारले बनाउने बताउनुभएको छ । उहाँले भन्नु्भयो -‘अहिले एक व्यक्तिले ६ देखी ८ घण्टा मात्र काम गर्ने बुझिने गरेको छ, अब त्यसो नभई फास्टफुड व्यवसाय, उद्योग धन्दालाई तीन सिफ्ट गरेर २४ घण्टै संचालन गर्नुपर्छ, तब मात्र देश समृद्धिको दिशामा अगाडि बढ्छ, समय कम भयो भनेर चिन्ता नलिनुस् ।’ 


विकासको पुरातनवादी सोचाईले नेपाल पछाडि परेको बताउदै उहाँले नयाँ सोचका साथ अगाडि बढ्दा मात्रै पर्यटन प्रवर्द्धन हुने र व्यवसायले समेत सफलता पाउने धारणा राख्नुभयो । उहाँले नेपालमा वर्षैपिच्छे पर्यटकको संख्या बढ्दै गएकाले पर्यटन भित्राउन फास्टफुडलाई गुणस्तरीय र व्यवस्थित बनाउँदै लैजानु पर्ने बताउनुभयो । मन्त्री अधिकारीले व्यवसायमा लगानीपश्चात अनुशासित र गुणस्तरीय सेवा प्रदान गर्न आवश्यकता अनुसार तालिमको आयोजना गर्नुपर्ने बताउनुभयो । उहाँले भन्‍नुभयो -‘ व्यवसाय संचालन गर्न संचालक तथा श्रमिकले समय-समयमा तालीम लिइरहनुपर्छ । नियमितरुपमा तालिम संचालन हुँदा ग्राहक र पर्यटकलाई सहज रुपमा सेवा दिन र नयाँ-नयाँ प्रविधी भित्र्याउन सहज हुन्छ ।’


कार्यक्रममा व्यवसायीहरुले प्रहरीले राती ९ बजे पछाडि व्यवसाय बन्द गराउदै हिड्ने गरेकाले समस्या भएको बताएका थिए । उनीहरुले राज्यलाई कर तिरेपनि नियम कानुन अनुसार चाहे जति समय व्यवसाय गर्न राज्यले अनुमति दिनुपर्ने धारणा राखेका थिए । 


मन्त्रीे अधिकारीले फास्टफुड एसोसियसन नेपालको नवनिर्मित भवनको उद्‍घाटन समेत गर्नुभएको थियो । कार्यक्रममा फास्टफुड एसोसियसन नेपालले संस्थालाई योगदान दिने विभिन्‍न व्यक्तिहरुलाई सम्मान समेत गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल