2026-10-30 06:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

सरकारले २४ घण्टै होटल, रेष्टुरेन्ट संचालन गर्ने वातावरण बनाउँछ : मन्‍‍त्री अधिकारी

प्रज्वल पौडेल । भदौ २, काठमाण्डौ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्‍‍त्री रविन्द्र अधिकारीले पर्यटन क्षेत्रको विकासबाट मात्र नेपालको आर्थिक समृद्धि सम्भव हुने बताउनुभएको छ । शनिबार राजधानीमा फास्टफुट एसोसियन नेपालको छैठौँ अधिवेशनको उद्‍घाटन गर्दै उहाँले पर्यटन प्रवर्द्धनका लागी सरकारको पहिलो प्राथमिकता विमानस्थललाई व्यवस्थित गर्नु रहेको बताउनुभएको हो । मन्त्री अधिकारीले त्रिभूवन अर्न्तर्राष्ट्रिय विमानस्थल आफू मन्त्री भएपछि हाल २१ घण्टा संचालनमा ल्याएको बताउदै पूर्णरुपमा विमानस्थल निर्माण पश्चात २४ घण्टा  संचालन गरिने र होटल व्यवसाय पनि निरन्तर चल्ने बताउनुभयो । 


उहाँले नेपालका महत्वपूर्ण शहरमा यहि आर्थिक वर्षबाट क्रमश समय बढाउदै २४ घण्टै होटल, रेष्टुरेन्ट संचालन गर्ने वातावरण सरकारले बनाउने बताउनुभएको छ । उहाँले भन्नु्भयो -‘अहिले एक व्यक्तिले ६ देखी ८ घण्टा मात्र काम गर्ने बुझिने गरेको छ, अब त्यसो नभई फास्टफुड व्यवसाय, उद्योग धन्दालाई तीन सिफ्ट गरेर २४ घण्टै संचालन गर्नुपर्छ, तब मात्र देश समृद्धिको दिशामा अगाडि बढ्छ, समय कम भयो भनेर चिन्ता नलिनुस् ।’ 


विकासको पुरातनवादी सोचाईले नेपाल पछाडि परेको बताउदै उहाँले नयाँ सोचका साथ अगाडि बढ्दा मात्रै पर्यटन प्रवर्द्धन हुने र व्यवसायले समेत सफलता पाउने धारणा राख्नुभयो । उहाँले नेपालमा वर्षैपिच्छे पर्यटकको संख्या बढ्दै गएकाले पर्यटन भित्राउन फास्टफुडलाई गुणस्तरीय र व्यवस्थित बनाउँदै लैजानु पर्ने बताउनुभयो । मन्त्री अधिकारीले व्यवसायमा लगानीपश्चात अनुशासित र गुणस्तरीय सेवा प्रदान गर्न आवश्यकता अनुसार तालिमको आयोजना गर्नुपर्ने बताउनुभयो । उहाँले भन्‍नुभयो -‘ व्यवसाय संचालन गर्न संचालक तथा श्रमिकले समय-समयमा तालीम लिइरहनुपर्छ । नियमितरुपमा तालिम संचालन हुँदा ग्राहक र पर्यटकलाई सहज रुपमा सेवा दिन र नयाँ-नयाँ प्रविधी भित्र्याउन सहज हुन्छ ।’


कार्यक्रममा व्यवसायीहरुले प्रहरीले राती ९ बजे पछाडि व्यवसाय बन्द गराउदै हिड्ने गरेकाले समस्या भएको बताएका थिए । उनीहरुले राज्यलाई कर तिरेपनि नियम कानुन अनुसार चाहे जति समय व्यवसाय गर्न राज्यले अनुमति दिनुपर्ने धारणा राखेका थिए । 


मन्त्रीे अधिकारीले फास्टफुड एसोसियसन नेपालको नवनिर्मित भवनको उद्‍घाटन समेत गर्नुभएको थियो । कार्यक्रममा फास्टफुड एसोसियसन नेपालले संस्थालाई योगदान दिने विभिन्‍न व्यक्तिहरुलाई सम्मान समेत गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ