2026-09-08 02:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

‘जङ्गलकुटी’ प्रदेश ५ कै प्रमुख पर्यटन केन्द्र बन्छ: मुख्यमन्त्री

कात्तिक ७, लमही (रासस) | प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले दाङ गढवा गाउँपालिका–८ स्थित ‘सिद्ध बाबा जङ्गलकुटी’ क्षेत्रको आज अवलोकन भ्रमण गर्नुभयो । 

सो अवसरमा उहाँले यो क्षेत्रलाई प्रदेशकै प्रमुख पर्यटन केन्द्रको रुपमा विकास गरिने बताउँदै थारू समुदायको धार्मिक आस्थाको केन्द्रविन्दु रहेको जङ्गलकुटी क्षेत्रलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

विसं १८७९ मा दाङ देउखुरी क्षेत्रको गढवा गाउँपालिका–८ स्थित घनाजङ्गलमा भुवनेश्वर नाथले सिद्धि प्राप्त गरेको सिद्धनाथ बाबा जङ्गलकुटीलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विस्तार गर्न अन्य सरकारी तथा निजी क्षेत्रले समेत सहयोग गरेका छन् । 

कुटी संरक्षण समितिले कुटी क्षेत्रमा अतिथिगृह, शौचालय र कार्यालय निर्माण, मन्दिर क्षेत्रलाई सुरक्षित राख्न तारबार, मुख्य प्रवेशद्वार तथा पुरानो संरचना नबिग्रने गरी भवनको चारैतर्फ पिलरसहितको छत निर्माण तथा रङरोगन गरिएको छ । 

ऐतिहासिक महत्व तथा पुरातात्विक सम्पदासमेत रहेको कुटीमा सिद्धि प्राप्त गरेका भुवनेश्वरनाथ बाघमा चढेर जङ्गल घुम्ने गरेकाले उनलाई ‘बाघनाथ’ भन्न थालिएको कुटीका पुजारी देवीसिंह चौधरीको भनाइ छ । कुटीमा बाघनाथ बाबाको पूजाअर्चनाका लागि माघे सङ्क्रान्तिमा सबैभन्दा ठूलो मेला लाग्ने गर्दछ भने दशैँ, तिहार, शिवरात्रि र चैते दशैँमा समेत यहाँ भक्तजन आउने गर्छन् । 

बाबाको खराउ, खाट, पूजाको सामग्री, ओछ््यानलगायत थुप्रै पुरातात्विक सामग्री कुटीमा छ भने १९३ वर्षअघि अगेनामा बालिएको आगोलाई अभैm निभ्न दिइएको छैन । थारू समुदायमा उत्पादन गरेका अन्नपात सर्वप्रथम बाबाको कुटीमा चढाई मात्र आफ्ना लागि प्रयोग गरेमा निरोगी हुनाका साथै बाबाको आशीर्वाद सधैँ प्राप्त हुने विश्वास रहिआएको छ । 

ऐतिहासिक रूपमा अगाध धार्मिक आस्था रहेको सो जङ्गल कुटीलाई राष्ट्रिय तथा विश्व सम्पदा सूचीमा अभिलेखीकरण गर्न सकियो भने ऐतिहासिक सम्पदाको संरक्षणमा कोशेढुङ्गा साबित हुने र पर्यटकीय सम्भावनासमेत बढाउने विश्वास गरिएको छ । 

दाङ–बुटवल सडकखण्डको कालाकाटेबाट १६ किलोमिटर पश्चिम गढवा–कालाकाटे सडकमा पर्ने गोवरडिया गाउँदेखि सात किमी दक्षिण चुरे पहाडको काखमा जङ्गलकुटी रहेको छ । जङ्गलकुटीको पहाडको टुप्पोमा जसलाई भ्यू टावर पनि भन्ने गरिएको छ । यस स्थलबाट हेर्दा देउखुरी उपत्यकाको अधिकांश भू–भागको दृश्य देख्न सकिन्छ । 

रोल्पाबाट माण्डवी र प्यूठानबाट झिमरुक दुवै नदीको सङ्गमस्थल ऐरावतीमा बनेपछि नामकरण हुने राप्ती नदीको नागबेली आकृति, उर्वरा खेतीयोग्य भूमि, राजमार्ग दायाँबायाँमा बाक्लो बस्ती र मनोरम दृश्य भ्यू टावरको चुचुरोबाट अवलोकन गर्न सकिन्छ । 

यसैबीच मुख्यमन्त्री पोख्रेलले गढवा गाउँपालिका–४ स्थित १० बिगाह क्षेत्रफलमा लगाइएको रेशम खेतीको पनि आजै अवलोकन गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल