2026-10-30 07:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

मान्ममा सिसिटिभि क्यामरा जडान

कात्तिक ८, कालिकोट | कालिकोटको सदरमुकाम मान्म बजारमा सिसिटिभि क्यामेरा जडान गरिएको छ । बजारलाई सुरक्षा दिनका लागि विभिन्न संस्थाहरूका सहयोगमा जिल्ला प्रहरी कार्यालय कालिकोटले सिसिटिभी क्यामेरा जडान गरेको हो ।

सदरमुकाम मान्म बजारका ११ ठाउँमा सिसिटिभी क्यामरा जडान गरिएका छन् । सदरमुकाम मान्म बजारको जिरो प्वाइन्ट, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी र जिल्ला समन्वय समिति अगाडि, बीच बजारको बैंक चोक, नरहरिनाथ चोक र सुरक्षाका दृष्टिकोणले अति संम्वेदशिल ठाउँमा सिसीटिभी क्यामरा जडान गरिएको छन् । 

सुरक्षालाई अझै प्रभावकारी बनाउनका लागि र अपराध न्यूनीकरणका लागि सीसीटिभी क्यामरा अत्यन्तै प्रभावकारी भएकाले सिसिटिभी क्यामेरा जडान गरिएको प्रहरी प्रमुख डिएसपी विनोद शर्माले बताए । 

‘सिसी क्यामेराले अपराधलाई न्यूनीकरण गर्न धेरै ठूलो सहयोग पुर्याउँछ ।’ उनले भने, ‘यसले सुरक्षालाई पनि बलियो बनाउँछ।’ सिसिटिभी क्यामेरा जडान गर्न सहयोग बजारमा सिसिटिभी क्यामेरा जडानको लागि खाँडाचक्र नगरपालिकाले पाँच लाख, जिल्ला प्रहरी कार्यालयले एक लाख, सानिमा विकास बैंक, एनआइसी एसिया, टुरिज्म डेभलपमेन्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंकले १ लाख ५० हजार र कालिकोट उद्योग वाणिज्य संघले ७५ हजार रुपैयाँ उपलब्ध गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ