Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मान्ममा सिसिटिभि क्यामरा जडान

By साझासवाल 3 मिनेट पढाइ

कात्तिक ८, कालिकोट | कालिकोटको सदरमुकाम मान्म बजारमा सिसिटिभि क्यामेरा जडान गरिएको छ । बजारलाई सुरक्षा दिनका लागि विभिन्न संस्थाहरूका सहयोगमा जिल्ला प्रहरी कार्यालय कालिकोटले सिसिटिभी क्यामेरा जडान गरेको हो ।

सदरमुकाम मान्म बजारका ११ ठाउँमा सिसिटिभी क्यामरा जडान गरिएका छन् । सदरमुकाम मान्म बजारको जिरो प्वाइन्ट, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी र जिल्ला समन्वय समिति अगाडि, बीच बजारको बैंक चोक, नरहरिनाथ चोक र सुरक्षाका दृष्टिकोणले अति संम्वेदशिल ठाउँमा सिसीटिभी क्यामरा जडान गरिएको छन् ।

सुरक्षालाई अझै प्रभावकारी बनाउनका लागि र अपराध न्यूनीकरणका लागि सीसीटिभी क्यामरा अत्यन्तै प्रभावकारी भएकाले सिसिटिभी क्यामेरा जडान गरिएको प्रहरी प्रमुख डिएसपी विनोद शर्माले बताए ।

‘सिसी क्यामेराले अपराधलाई न्यूनीकरण गर्न धेरै ठूलो सहयोग पुर्याउँछ ।’ उनले भने, ‘यसले सुरक्षालाई पनि बलियो बनाउँछ।’ सिसिटिभी क्यामेरा जडान गर्न सहयोग बजारमा सिसिटिभी क्यामेरा जडानको लागि खाँडाचक्र नगरपालिकाले पाँच लाख, जिल्ला प्रहरी कार्यालयले एक लाख, सानिमा विकास बैंक, एनआइसी एसिया, टुरिज्म डेभलपमेन्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंकले १ लाख ५० हजार र कालिकोट उद्योग वाणिज्य संघले ७५ हजार रुपैयाँ उपलब्ध गराएका छन् ।