२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुश्मामा नेपालकै अग्लो शिव–पार्वतीको मुर्ति बनाइने

२०७५, १८ कार्तिक आईतवार ११:२०

राजु पौडेल | कात्तिक १८, कुश्मा | पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारमा नेपालकै अग्लो शिव पार्वतीको मुर्ति बनाइने गरी रकम संकलन गरिएको छ ।

एशियाकै लामो दावी गरिएको कुश्माको गुप्तेश्वर गुफालाई केन्द्रमा राखेर कुश्मामा ऐतिहासिक धार्मिक विराट गुप्तेश्वर मेला एवं कोटी होमको आयोजना गरी शिव पार्वतीको मुर्ति निर्माण गरिने भएको हो ।

मेला आयोजनाका लागि मूल समिति निर्माण गर्न शनिवार कुश्मामा भएको भेलाले सोही दिन शिव पार्वतीको मुर्तिका लागि २८ लाख रुपैंया समेत जुटाइसकेको छ । मुर्ति निर्माणका लागि १ सय ५१ जनासँग मात्र संस्थापक बनाउने आयोजकले जनाएको छ ।

२०७६ जेष्ठ १ देखि ११ गतेसम्म आयोजना गरिएने  धार्मिक मेला अन्य वर्षहरुमा प्रत्येक वर्षको वैशाख १ देखि ११ गतेसम्म आयोजना गरिने कार्यक्रममा प्रमुख अतिथि पण्डित इश्वरकृष्ण महाराजजीले बताउनुभयो । शनिवार पर्वत कुश्मामा भएको धार्मिक भेलालाई सम्बोधन गर्दै उहाँले पार्वतीजको जन्मभुमिको रुपमा परिचित कुश्मा र भगवान् शिव गुप्त हुनुभएको भनी विश्वास गरिएको गुप्तेश्वर क्षेत्रमा विश्वकै अग्लो शिवपार्वतीको मुर्ति बनाइने बताउनुभयो । सो मुर्ति निर्माणका लागि आज नै २८ जना स्थानीयहरुले  एक–एक लाख रुपैंया दान बोलिसक्नु भएको छ ।

साथै धार्मिक मेला तथा कोटीहोम महायज्ञबाट संकलित दान तथा अन्य सहयोग रकमबाट तत्काल २०० बढी आवासीय क्षमता भएको गुप्तेश्वर धर्मशाला र सिस महल बनाइने इश्वरकृष्ण महाराजले बताउनुभयो । 

पार्वतीको जन्ममूमि पर्वत भएको, गुप्तेश्वर गुफा, मोदीवेणी दिव्यधाम, सहस्रधारा, पार्वती नदी, कृष्णगण्डकी जस्ता पवित्र तीर्थ भइकनपनि हिन्दूहरुको गन्तव्य बन्न नसकिरहेको भन्दै स्थानीयहरुले हिन्दूहरुको धार्मिक केन्द्र बनाउन वृहत भेलाको आयोजना गरेका थिए ।

कार्यक्रममा प्रदेश सांसद जुनादेवी नेपाली, जिल्ला समन्वय समिति प्रमुख मनोहर वि. पौडेल, पूर्व सांसद कल्पना चापागाई, ऋषिकेश तिवारी, कुश्मा नगरपालिका उपप्रमुख सीता काफ्ले लामिछाने लगायत स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतले बोल्नुभएको थियो ।

भेलामा सहभागीहरुले मुक्तिनाथ दर्शन गर्न जाने तीर्थालुहरुलाई लक्षित गरी आवासीय सेवा सहितको धर्मशाला निर्माण गर्ने र पर्वत जिल्ला वरपरका क्षेत्रहरुलाई समेटेर धार्मिक सर्टिक बनाउन पहल गरिने बताउनुभयो ।

भेला आयोजक समितिका अध्यक्ष केदारनाथ शर्माको अध्यक्षतामा भएको सो भेलाको संचालन अच्युत तिवारीले गर्नुभएको थियो । कार्यक्रममा ४ सय बढीको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै