Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

हुम्लामा धार्मिक पर्यटनको सम्भावना

By साझासवाल 11 मिनेट पढाइ

पढ्न करिब 5 मिनेट लाग्छ
प्रकाशित:

रेशमराज रोकाया | कात्तिक २५, हुम्ला | हुम्लामा धार्मिक पर्यटनको अति नै सम्भावना रहेको छ । हिन्दु र बौद्ध धर्मावलम्बीको चालचलन र रितीरिवाजको कारण यस्तो सम्भावना रहेको छ । बौद्ध धर्म मान्ने स्थानियको पुजा आजा हेर्नको लागि हुम्लाका आन्तरिक देखी जिल्ला बाहिरका पर्यटकको आवागमन बढ्ने गरेको छ । त्यसै गरी तेस्रो मुलुक, चिन र भारतका पर्यटकको समेत हुम्लामा उपस्थिती रहने गरेको छ ।

लामा साँस्कृतिक मञ्चले आयोजना गरेको ३ दिने बज्रगुरु पुजाले नेपालीलाई मात्र नभएर विदेशी पाहुनालाई अकर्षित गरेको छ । हुम्लाका आन्तरिक पर्यटक सबै गाउँपालिकाको उपस्थिती रहेको भएता पनि लामा समुदायका सबै बस्तीबाट अनिवार्य हरेक घरधुरीका २ देखी १० परिवारका सदस्यको उपस्थिती रहेको थियो । बौद्ध धर्मगुरु पेमा रिक्सालको प्रमूख उपस्थिती र सञ्चालनमा भएको पुजामा हजारौं बौद्ध अनुयायीको उपस्थिती रहँदा पर्यटनको सम्भावना अझ बढेको पाईएको छ ।

लामा समुदायको पहिरन, भेषभुषा सहित चलेको पुजामा ३ दिन सम्म निरन्तर पुजा सञ्चालन भएको थियो । पुजामा सिमकोटमा रहेको पसलमा लाखौंको कारोबार भएको थियो । पुजामा खाना, बस्नको व्यवस्थापन समेत उचित तवरले गरिएको थियो । पुजा विशेष गरेर आत्म शान्तीको लागि बौद्ध धर्म गुरु पेमा रिक्सालले प्रवचन दिनुभएको थियो । पुजामा उपस्थित हुने हरेक बौद्ध धर्मावलम्वीले आ–आफ्नो भेषभुषामा अनिवार्य उपस्थित हुने प्रचलन राखिएको थियो, जसको कारण लोप हुन लागेको संस्कृती जोउनको लागि मद्यत समेत गरेको थियो । संसारमा जति अपराध हुन्छन् सबै मनको आकाँक्षा धेरै हुनु र असन्तोष रहनु भएके कारण यसलाई सुधार गर्नु पर्ने बौद्ध गुरु पेमा रिक्सालले बताउनु भयो । हत्या, हिँसा र अशान्ती संसारको शत्रु भएको कारण यसबाट उन्मुख्ती प्राप्तीको लागि मनमा शान्ती भाव हुनु अपरिहार्य भएको रिक्सालको तर्क रहेको थियो ।

विशेष गरी हुम्लामा सिमकोट गाउँपालिकाको केही वडा र नाम्खा गाउँपालिकाको पूरै वस्ती बौद्ध धर्मावलम्बीको बस्ती रहेको छ । हाल लामा समुदायमा राजनितीले पनि उच्च प्रभाव रहेको भएता पनि विकास निर्माण र सकरात्मक कामको लागि सबै एकजुट भएर लागेमा मात्र समाज बन्ने कार्यक्रममा सहभागि सबैको जोड रहेको थियो । परम्परा देखी लामा समुदायले नाच्दै आएको तरवार नृत्य, थाईकोर नृत्य र स्याब्रो नृत्य कार्यक्रम समापन भएको दिनको राती आयोजना समेत गरिएको थियो ।

पुजामा संलग्न सबै भक्तजनले गच्छे अनुसार दान समेत गरेका थिए । दान संकलन पछि दानलाई सामाजिक हितको काममा प्रयोग गर्ने बौद्ध धर्मावलम्बीको सकरात्मक पक्ष रहेको छ । करिब एउटा पुजाबाट २० देखी ३० लाख सम्म संकलन हुने र सो रकम पुजामा संलग्न भक्तजन, पुजारीको खानपान पछि बचेको रकम स्थानिय गोम्बामा पठन पाठन गर्ने विद्यार्थी, गुरु र गोम्बा प्रवद्र्धनमा लगानी गर्ने प्रचलन रहेको छ । पुजामा साँस्कृतिक कार्यक्रम अनि टाढा टाढा रहेका आफन्तको भेट हुने गरेको छ । स्थानिय व्यापारीका व्यापार व्यवसाय पनि उच्च वृद्धी हुने गर्दछ ।

धार्मिक हिसाबले हुम्ला हिन्दु धर्म मान्ने धर्मावलम्बीको कैलाश मानसरोवर यात्रा हरेक वर्ष १२ हजार भन्दा बढी पहुने गरेको भएता पनि जिल्लाका विभिन्न गोम्बामा आयोजना हुने यस्ता पुजा, समारोहले पनि पर्यटकलाई लोभ्याउने गरेको छ । रहन, सहन, कला प्रदशनी, संस्कार र चालचलन अध्ययन गर्नको लागि भने यो अति नै महत्वपूर्ण हुने देखिएको छ । स्थानियले पुराना गरगहना, लुगा कपडाको पहिरनले गर्दा सबैको ध्यान त्यस तर्फ आकृष्ट गर्न सफल हुने गरेको छ । लामा समुदायको एक व्यक्तिले पहिरनमा कम्तीमा ३ देखी ५ लाख रकम बराबरको कपडा र गरगहना लगाउने प्रचलन रहेको छ । यस्ता गरगहना मेला, पर्व, विशेष समारोह, विवाहमा प्रयोग गर्ने देखिएको छ । पुराना हाल प्रचलनमा अन्त कतै नआएको थाईकोरमा सुन, हिरा, चाँदीको कलात्मक बुट्टा राखिएको हुन्छ । करिब १ देखी २ किलो वजन भएको यो गहना स्थानियले विशेष महत्वको पहिरन हुने गरेको छ ।

हिन्दु धर्म मान्ने समुदायले पनि मेलापर्वमा स्थानिय चालचलनलाई विशेष महत्वका साथ मनाउने भएको कारण हुम्लामा धार्मिक पर्यटनको अझ महत्व बढ्दै गएको छ । जिल्लामा कार्यरत जिल्ला बाहिरका कर्मचारीले पनि यस्तो चलचलनलाई अविस्मरणिय रहेको अनुभव गर्ने गरेका छन् । आगामी दिनमा यस्ता सांस्कृतिक पर्व मेलालाई हरेक समुदायले विशेष महत्वको साथमा मनाएर धार्मिक दृष्टिकोणले पनि पर्यटकलाई लोभ्याउन तर्फ आफु लागि परेको लामा साँस्कृतिक मञ्चका अध्यक्ष धर्मानन्द लामाले बताउनु भयो । यो वर्ष सिमकोटमा पहिलो पटक प्रवचन कार्यक्रम राखेको भएता पनि आगामी हरेक वर्षमा यसलाई निरन्तरता दिने सोच मञ्चको रहेको लामाले बताउनु भयो ।

धार्मिक कार्यक्रममा संघिय साँसद छक्क बहादुर लामा, सहायक प्रमूख जिल्ला अधिकारीलगायत जिल्लामा रहेका सबै कर्मचारीको पनि बाख्लो उपस्थिती रहेको थियो । धार्मिक कार्यक्रममा महँगा र अनौठो कहिँ देख्न नपाईने गहना समेत लगाएर नृत्य गरेको हेर्न पाईने अवसर सबैलाई जुट्ने गरेको छ । यस्ता अनौठा र दुर्लभ नृत्य हेर्नको लागि कि त चाड पर्व पर्न पर्छ कि भने यस्ता औपचारिक कार्यक्रमको पर्खाईमा बस्नु पर्ने हुन्छ । कला संस्कृतीको जगेर्ना गर्न र यसलाई विश्वव्यापी गर्नको लागि सम्वन्धित सबैको ध्यान जान आवश्यक रहेको छ । पुजामा हस्तकलाको पनि अति नै प्रयोग भएको हुन्छ । पुजामा प्रसाद स्वरुप दिईने झिल्लाप (प्रसाद) र सातु (उवा प्रजातीको अन्न भुटेर बनाईएको पिठो) बाट विभिन्न आकृतीमा बनाईएका हस्तकला पनि हेर्न लायकका हुने गरेका छन् ।

माथिको तश्वीरमा: धार्मिक प्रवचनमा प्रस्तुत गरिएका झाँकी र विदेशी पर्यटक झाँकी हेर्दै गरेका तस्विरहरु । तश्वीर: रेशमराज रोकाया