2026-10-30 07:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कंचनपुरको झिलमिला ताल ओझेलमा

मङ्सिर ११, भीमदत्तनगर (रासस) | कञ्चनपुरको उत्तरी क्षेत्र चुरेमा रहेको धार्मिक पर्यटनको झिलमिला ताल संरक्षणको अभावले सङ्कटमा पर्दै गएको छ । पर्याप्त प्रचारप्रसार हुन नसक्दा झिलमिला ताल ओझेलमा परेको छ । 

चुरे पहाडमा रहेको ताल सदरमुकाम महेन्द्रनगरदेखि करीब २५ किलोमिटरको दूरीमा पर्छ । एक किलोमिटर लम्बाइ र ३०० मिटर चौडाइ रहेको उक्त तालमा भक्तजन पूजाअर्चनाका लागि जाने गर्छन् । पहाडले घेरिएको ताल वर्षात्का बेला आउने बाढी पहिरोका कारण सङ्कटमा परेको छ । तालको क्षेत्र घटदै गएको छ । तालमा विभिन्न प्रजातिका माछासमेत पाइन्छन । घाम परे पानीको रङ्ग परिर्वतन हुने झिलमिलामा पूजाअर्चना गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । 

भीमदत्त नगरपालिका–९ का लालबहादुर विष्ट प्रचारप्रसारका अभावका कारण ताल ओझेलमा परेको बताउनुहुन्छ । “सरकारी निकायको ध्यान संरक्षणतर्फ जान सकेन,” उहाँले भन्नुभयो, “झिलमिला ताल धार्मिक पर्यटनको महत्वपूर्ण स्थल हो ।” तालमा पूजाअर्चनाका लागि भारतीय भक्तजनसमेत आउने गरेका छन् । 

द्वापर युगमा १२ वर्ष बनवास र एक वर्ष गुप्तवास बस्ने क्रममा पाण्डवको बास महाभारत पर्वतमा भएको र त्यस बेला महाभारत पर्वतमा हिँड्दै गर्दा द्रोपतीलाई तिर्खा लागेर बाटोमा मुर्छित भएपछि पाण्डवले पानीको पाउन सकेनन् । पानी नभेट्टाएपछि अर्जुनले वाण हानेपछि पानी जम्मा भएर झिलमिला ताल बनेको किवदन्ती छ । अहिले झिलमिलासम्म सघन सहरी विकास कार्यक्रमअन्तर्गत सडक निर्माण अघि बढाइएको छ । वन विभागले वातावरणीय प्रभाव मूल्याङ्कन गर्न गरेको ढिलाइका कारण केही समय सडक निर्माण प्रभावित भएको हो । 

भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले झिलमिला ताललाई पर्यटकीय गन्तव्य बनाउन ताराकोटमा चालु आर्थिक वर्षमा पाँच तले भ्यूटावर निर्माण थालिने बताउनुभयो । गुरुयोजना बनाएर ताल संरक्षणका लागि कार्यक्रम अगाडि बढाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ