2026-10-30 07:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको ऐतिहासिक नन्दन तालले पुनःजीवन पाउँदै

मङ्सिर २३, परासी (रासस) | अतिक्रमणमा परेर अस्तित्व नै सङ्कटमा परेको ऐतिहासिक नन्दन तालले पुनःजीवन पाउने भएको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–६ मा पर्ने सो ताल लामो समयदेखि स्थानीयवासीले अतिक्रमण गरी खेती गर्दै आएका थिए । 

अहिले ताल पुरै खेतीयोग्य जमीनमा परिणत भएकाले त्यहाँ पानीसमेत छैन । रामग्राम नगरपालिकाको समेत केही भाग ओगट्ने सो ताल करीब १०० बिघा क्षेत्रफलमा फैलिएको छ । अहिले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले सो तालको पुनःजीवन र संरक्षणमा चासो देखाएको छ । ताल संरक्षण गर्दै पर्यापर्यटनको विकास गरी स्थानीयवासीको आयआर्जनमा समेत टेवा पुर्याउने गरी काम शुरु गर्न लागिएको समितिका अनुसन्धान तथा सूचना प्रविधि विभागका प्रमुख राजन रेग्मी बताउनुहुन्छ । 

अहिले तालले आगटेको क्षेत्र पहिचान गरी वरपर बाँध निर्माण गरेर तालमा पानी सञ्चय गर्ने योजना बनाइएको र त्यसका लागि समितिले रु ४० लाख बजेट विनियोजन गरेको उहाँको भनाइ छ । पानीमात्रै रोक्न सके पनि तालले पुनःजीवन पाउने र त्यहाँ माछापालन र डुङ्गा शयरको व्यवस्था गर्ने योजना बनाइएको छ भन्दै प्रमुख रेग्मी जोड दिनुहुन्छ, “यसबाट स्थानीयवासीको आयआर्जनमा टेवा पुग्नाका साथै भूमिगत जलस्रोतको सतह बढेर तराईमा देखिएको पानी अभावसमेत हट्छ ।” 

इञ्जिनीयर किशोर खतिवडासहित आफूले स्थलगत अनुगमन गरेको र अब लागत अनुमान र नमूना तयार गरी टेण्डर आह्वान गरेर काम शुरु गरिने उहाँ बताउनुहुन्छ । तालको संरक्षणका लागि गाउँपालिकाले पनि प्रयास थालेको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता उल्लेख गर्नुहुन्छ । 

ताललाई पुनः व्यूँताउन वृहत गुरुयोजना बनाएर संरक्षण आवश्यक देखिएकाले गाउँपालिकाले सोहीअनुसारको तयारी गरिएको अध्यक्ष गुप्ताको भनाइ छ । उहाँ भन्नुहुन्छ, “ताललाई व्यूँताएर त्यहाँको आसपासमा घरबास सञ्चालन गर्ने, पार्क निर्माण तथा डुङ्गा शयर गर्दै पर्यापर्यटनको विकास हुने गरी योजना बनाइरहेका छौँ ।” 

लामो समयदेखि केही स्थानीय व्यक्तिले तत्कालीन जिविसबाट तालको नाममा बजेट लिए पनि संरक्षणको कुनै काम नगर्दा तालको अस्तित्व नै मेटिएको पाल्हीनन्दन–६ का वडाध्यक्ष कृष्णचन्द्र यादव बताउनुहुन्छ । केही व्यक्तिले ताल अतिक्रमण गरी जग्गाधनी पुर्जा बनाउने प्रयास गरे पनि सो बारे मुद्दा परेपछि सर्वोच्च अदालतले तालको जग्गालाई पुर्जा दिन नमिल्ने गरी फैसला गरिदिएका कारण जग्गा जोगिएको उहाँको भनाइ छ । 

ताललाई पुनःजीवन दिन सके यहाँको पर्यटन विकासमा ठूलो टेवा मिल्ने भएकाले सबै मिलेर लागे ताललाई पुनःजीवन दिन समय नलाग्ने जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर रायको विश्वास छ । पौराणिक किंवन्दीअनुसार भगवान कृष्णले आफ्नो नारायणी सेना लगाएर सो ताल खनेका थिए । बुद्धकालमा पनि भगवान गौतमबुद्धका अग्रश्रावकसमेत रहेका उहाँका भाइ भिक्षु आनन्दको नामसँग समेत तालको इतिहास जोडिने गरिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ