२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

ओझेलमा रुकुमको देउराली गुफा

२०७५, २३ मंसिर आईतवार ०५:४६

सर्जना कार्की | मङ्सिर २३, रुकुम पूर्व (रासस) | रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट पूर्वी क्षेत्र सानीभेरीको तिरैमा रहेको पर्यटकीयस्थल देउराली गुफा ओझेलमा परेको छ । संरक्षण र प्रचारप्रचारको अभावले सो गुफा सङ्कटमा परेको हो । 

सानीभेरीको तिरैमा रहेको गुफा सदरमुकाम रुकुमकोटदेखि पाँच किलोमिटरको दूरीमा छ । गुफामा चैतेदशैँ र नयाँ वर्षको दिनमा मेला लाग्ने गर्दछ । वरपर डाँडैडाँडाले घेरिएको गुफाको अगाडिबाट सुसाउँदै सानीभेरी नदी बगिरहेको छ । 

गुफाभित्र रहेका सबै कलाकृति तोडफोड भएको पाइन्छ । केही वर्ष अगाडिसम्म ढुङ्गामा कुँदिएका मूर्तिहरुले सजिएको देउराली गुफा हेरेर सबै मोहित हुन्थे । पहिले गुफा दुई तलाको थियो । अहिले एक तला बन्द भइसकेको छ । गुफाभित्र जताततै घुँडासम्म डुबाउने पानी छ । माथिबाट तपतप पानी चुहिरहन्छ । गुफाभित्र थुप्रै चरा पनि पाइन्छन् । गुफा पुरै अँध्यारो छ । भित्र जाँदा बत्ती लिएर जानुपर्छ । गुफाभित्र पस्दा पानीले सबैलाई निथ्रुक्कै हुने गरी भिजाए पनि बाहिर निस्कने बित्तिकै एकै छिनमा सबै पानी ओभाएर जान्छ । चिसोको अनुभव पनि नहुने भएकाले यहाँ आइपुग्ने सबै पर्यटक चकित हुन्छन् । 

देउराली गुफा हेर्न छिमेकी जिल्लाका साथै अन्य विभिन्न स्थानबाट थुप्रै पर्यटक आउने गरेपनि यसको संरक्षणतर्फ अहिलेसम्म कसैको पनि ध्यान पुगेको छैन । गुफा अगाडि २०/२५ जनाभन्दा बढी मानिस अटाउन सक्ने खालको आँगनसमेत छैन । मेला लाग्दा भीरमा भए पनि कोचिएर ९०/१०० जनासम्म अटाउँछन् । पहिले गुफाभित्र विभिन्न आकृतिका मूर्तिहरु थिए । पञ्चेबाजा, वाद्यवादनका सामग्री, सानो बच्चालाई दूध चुसाउँदै जातो घुमाइरहेको, ढीकी कुट्दै गरेको, भालुको मुख, हात्ती, विभिन्न देवीदेवताका मूर्ति तथा पत्थरबाट बनेका मालालगायत अनौठा खालका भित्तामा टाँसिएका थुप्रै मूर्तिहरु थिए । ती मूर्तिले त्यहाँ पुग्ने मानिसलाई आकर्षित गर्थे तर अहिले ती मूर्ति गुफाको भित्तातिर कतैपनि देखिँदैनन् । कहीँकतै टुटेफुटेका निशाना मात्र देखिन्छन् । 

सिस्ने गाउँपालिका–५ का सूर्यबहादुर नेपालीका अनुसार ५५ वर्ष अगाडि देउराली गुफाबाट छिरेर भित्रभित्रै पाँच किलोमिटर पर बागदुला र तीन किलोमिटर पर खानीदुलाबाट बाहिर निस्कने ठाउँ थियो । देउराली गुफाभित्रबाट धेरै परसम्म पनि जाने ठाउँ देखेपछि परीक्षणका लागि चमेरा छोपेर त्यसलाई रङ्ग घसेर देउराली गुफामा राखिदिएको र त्यो चमेरा केही समयपछि खानीदुलाबाट बाहिर निस्किएको थियो । बागदुलामा पनि यसरी नै परीक्षण गरिएको थियो । त्यहाँ गएर फोहर गर्नुहुँदैन, झुटो कुरा बोल्नु हुँदैन, त्यहाँका चराहरुलाई मार्नु हुँदैन र मूर्तिमा क्षति पनि पुर्याउनु हुँदैन । यदि त्यसो गरेमा अनर्थ हुने किवंदन्ती रहेपनि अहिले त्यस्तो छैन । उहाँले भन्नुभयो, “आजकल सब ठीक उल्टो भएको छ, खानीदुला र बागदुलाको स्थिति के छ, कसैलाई थाहै छैन ।” 

संरक्षण र प्रचारप्रचारको अभावले देउराली गुफा ओझेलमा पर्दै गएको सिस्ने गाउँपालिका–५ का जयबहादुर मल्लले बताउनुभयो । यसको संरक्षण र प्रचारप्रचारमा कसैले ध्यान नदिने हो भने जिल्लालाई पर्यटनको क्षेत्रमा ठूलो घाटा लाग्ने उहाँको भनाइ थियो । विसं २०६५÷६६ मा गुफा संरक्षणका लागि पहिलो पटक गाविसबाट रु २५ हजार र दोस्रो पटक रु ५० हजार छुट्याइएको थियो । त्यो रकमले गुफा वरिपरिको झाडी हटाइ पिल्लर उठाएर एउटा ढोका निर्माण गरिएको मल्लले बताउनुभयो । 

उहाँका अनुसार विसं २०७० मा सञ्चालन गरिएको कमलदह पर्यटन महोत्सवबाट सङ्कलन भएको रु ७० हजारले त्यहाँसम्म पुग्न खनेर बाटो बनाइएको थियो । त्यो भन्दा पछाडि गुफा संरक्षणतर्फ कसैले ध्यान दिएका थिएनन् । गुफासम्म पुग्नलाई सहज बाटो पनि छैन । भीरको बाटो जोखिम मोल्दै मानिस त्यहाँ पुग्ने गरेका छन् । वडा र गाउँपालिकास्तरको बजेटले नपुग्ने भएकाले गुफा संरक्षणका लागि डिपिआर बनाएर प्रदेश सरकारसँग सहकार्य गरी अगाडि बढ्ने सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु