२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सडक खाना महोत्सवमा पर्यटकलाई निम्तो

२०७५, ४ पुष बुधबार ०५:१५

पुस ४, रुपन्देही | बुद्धजन्मस्थल लुम्बिनीमा हुने सडक खाना महोत्सवमा सहभागी हुन पर्यटन व्यवसायीले पर्यटकलाई निम्तो गरेका छन् । 

व्यवसायीले दिनहुँ बैठक तथा भेला आयोजना गरी महोत्सवमा सहभागी हुन आन्तरिक र बाह्य पर्यटकलाई आह्वान गरेका हुन् । अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा सिद्धार्थ होटल एशोसिएसन लुम्बिनी च्याप्टरको आयोजनामा लुम्बिनी बजारमा सडक खाना महोत्सव आयोजना गरिँदैछ । 

‘लुम्बिनी जाऔँ, सडकमा खाऔँ, सडकमै रमाऔँ’ नारासहित पुस १६ गतेदेखि सञ्चालन हुने सो सडक खाना महोत्सवमा नेपाली परिकारका साथै भारतीय, थाइल्याण्ड, चाइनिजलगायतका विभिन्न देशका खानाका परिकारका कक्ष राख्ने तयारी भइरहेको लुम्बिनी च्याप्टरका अध्यक्ष मिथुनमान श्रेष्ठले जानकारी दिनुभयो । 

“सडक खाना महोत्सव आयोजना गर्दा पर्यटकको बढी सहभागिता र आकर्षण रहन्छ, यसले पर्यटन व्यवसायीलाई उत्साहित बनाउँछ,” उहाँले भन्नुभयो । खाना महोत्सवमा ७० भन्दा बढी कक्ष राख्ने तयारी भइरहेको कार्यक्रमका संयोजक श्रेष्ठले बताउनुभयो । लुम्बिनीको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको खाना महोत्सवमा बिराहा नाच, स्थानीय जातजातिको सांस्कृतिक प्रदर्शनी, झाँकी प्रदर्शनीलगायत विभिन्न सांस्कृतिक प्रस्तुति रहने सङ्घले जनाएको छ । 

पोखरामा महोत्सव, रुपन्देहीमा निम्तो 

पोखरामा हुने सडक महोत्सवमा सहभागी हुन पोखरेलीले रुपन्देहीवासीलाई निम्तो दिएका छन् । ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ नाराका साथ पोखरामा यही पुस १३ देखि १७ गतेसम्म आयोजना हुने सो सडक महोत्सवमा सहभागी भई पर्यटन प्रवद्र्धनमा सहयोग गर्न रेस्टुरेन्ट एन्ड बार एशोसिएसन अफ नेपाल (रेबान)ले रुपन्देहीको मणिग्राममा पत्रकार सम्मेलन गरी उक्त आग्रह गरेको हो । पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखराको पर्यटकीयस्थल लेकसाइडमा महोत्सवको आयोजना गरिने रेबानका अध्यक्ष बुधराज भुजेलले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै