२७ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

खप्तड आउने पर्यटक वृद्धि

३ माघ २०७५, बिहीबार ०६:००

माघ ३, डोटी | सुदूरपश्चिमको पर्यटकको आकर्षणको केन्द्र मानिएको खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्न थालेको छ । चालू आर्थिक वर्षको हालसम्म २९ विदेशी पर्यटकले निकुन्ज अवलोकन गरेकामा एक हजारभन्दा बढी स्वदेशी पर्यटकले अवलोकन गरेको निकुञ्जका सहायक संरक्षक अधिकृत प्रकाशबहादुर शाहले जानकारी दिनुभयो । 

निकुञ्जमा बाह्य पर्यटकभन्दा बाजुरा, अछाम, डोटी र बझाङका पर्यटक अवलोकन तथा भ्रमणमा आउने गरेको निकुञ्जले जनाएको छ । निकुञ्जको भ्रमण गर्न आउने पर्यटकबाट चालू आर्थिक वर्षको सात महीनामा रु दुई लाखभन्दा बढी राजश्व सङ्कलन भएको छ । 

निकुन्जमा आन्तरिक पर्यटकलाई निःशुल्क र बाह्य पर्यटकलाई प्रतिव्यक्ति रु तीन हजार ३९० का दरले भ्रमण शुल्क तोकिएको छ । निकुञ्ज क्षेत्रभित्र धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रका साथै जङ्गली जनावरसमेत हेर्न सकिन्छ । त्यहाँ रहेका त्रिवेणीधाम, नागढुङ्गा, खप्तड स्वामीको आश्रम, २२ पाटनलगायत क्षेत्रको भ्रमण गरी मनोरञ्जन लिन सकिन्छ । 

निकुञ्जको संरक्षणका लागि चार ठाउँमा इलाका कार्यालय राखिएको छ । खप्तड क्षेत्रमा जेठमा गङ्गा दशहरा मेला तथा जनै पूर्णिमाका दिन जात्रा लाग्छ । जात्रा हेर्नका लागि सुदूरपश्चिमका विभिन्न जिल्ला र नेपालका अन्य क्षेत्रबाट समेत पर्यटकको घुइँचो लाग्ने गरेकोस्थानीयवासी धनबहादुर विष्टले बताउनुभयो । 

खप्तड क्षेत्रमा पर्यटन गतिबिधि बढाउन खप्तड प्रवेशद्धार बगलेकमा होमस्टे (घरबास) सञ्चालन गर्न लागिएको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिका, होटल व्यवसायी सङ्घ डोटी र पूर्वीचौकी गाउँपालिका–२ को संयुक्त लगानीमा बगलेक गाउँका १० घरमा घरबासको व्यवस्था मिलाउन लागिएको होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष दीपकबहादुर खड्काले जानकारी दिनुभयो । बगलेकमा तत्कालै ठूला होटेल सञ्चालनमा ल्याउन कठिन हुने भएकाले घरबासका माध्यमबाट पर्यटकलाई सुविधा दिन स्थानीय घर छनोट गरिएको उहाँले बताउनुभयो । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोमानिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ यूएईका अलराउन्डर बसिल हमिद चितवन राइनोजमा अनुबन्धित दुर्गा प्रसाईँ अदालत परिसरबाटै फेरि पक्राउ पोखरासँग हारेपछि सन्दीपले भने- सुपर ओभरमा आफैँ बलिङ गर्ने निर्णय सही भएन चार महिनामा भित्रियो ५ खर्ब २१ अर्ब रेमिट्यान्स ओलीको व्यस्तताको कारण सिंहदरबारको मन्त्रिपरिषद् बैठक बालुवाटारमा अदालतले छाड्न आदेश दिएपनि दुर्गा प्रसाईं रिहा नहुने सेलेना गोमेजले गरिन् प्रेमी बेनी ब्लान्कोसँग इन्गेजमेन्ट दुर्गा प्रसाईँलाई ४० हजार धरौटीमा रिहा गर्न अदालतको आदेश काठमान्डु भर्सेस जनकपुर: ‘प्लेयर अफ द म्याच’ बने ललित राजवंशी जनकपुर बोल्ट्सले काठमान्डु गुर्खाजलाई ५ विकेट हरायो, प्लेअफमा स्थान पक्का त्रिविमा मैले हस्तक्षेप गरेको छैन : प्रधानमन्त्री ओली सेयर बजारमा ३३ अंकको गिरावट, २०४ कम्पनीको मूल्य घट्यो मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाइँको नेतृत्वमा मैत्रीपूर्ण फुटबल सम्पन्न जनकपुर बोल्ट्सले १० औं ओभरमा गुमायो चौथों विकेट रवि लामिछानेमाथि मानव अधिकारको उल्लंघन नगर्न र नगराउन जिल्ला अदालतको आदेश जनकपुरलाई दोस्रो झट्का अब त्रिभुवन विमानस्थल दैनिक ८ घण्टामात्र बन्द हुने रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति जापान पठाइदिन्छु भन्दै १० लाख ठगी गर्ने व्यक्ति पक्राउ