2026-10-15 02:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

कर्णालीमा त्रिभुज आकारको गुरुयोजना

चैत्र ९, सुर्खेत । कर्णाली योजना आयोगले कर्णाली पर्यटन विकासको पर्यटन गुरुयोजनाको तयारीमा जुटेको छ । कर्णालीमा पर्यटक भित्र्याउनका लागि त्रिभुज आकारमा पर्यटकीय क्षेत्रको गुरुयोजनाको तयारीमा कर्णाली योजना आयोग लागेको हो ।

सुर्खेत काक्रेबिहार, बुलबुले ताल देउती बज्यै, मुगुको रारा र डोल्पाको से–फोसुण्डो र त्रिपुरासुन्दरी जोड्ने त्रिभुज आकारमा पूर्वाधार निर्माण गरिने कर्णाली योजना आयोगका उपाध्यक्ष डा.पुण्यप्रसाद रेग्मीले बताए । ‘त्रिभुज आकारमा पूर्वाधार विकास लगाएतका क्षेत्रमा गर्ने गरी गुरुयोजना तयार पार्न लागेको छौं ।’ उनले भने,‘त्यसका लागि प्रारम्भिक अध्ययन समेत सुरु गरेका छौँ ।’ कर्णाली प्रदेश सरकारले प्रत्येक वर्ष पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको त्यसलाई पूर्णता दिनका लागि पनि गुरुयोजनाको आवश्यकता रहेको आयोगका उपाध्यक्ष रेग्मीले बताए । ‘हामीले पर्यटक भित्र्याउनका लागि पूर्वाधार हस्पिलाटी र अन्य धेरै कुराको आवश्यकता रहेको छ ।’ उनले भने, ‘ती सबै क्षेत्रका पूर्वाधार तयार पार्ने गरी गुरुयोजना बनाउन लागेका छौं ।’ राराताल र से–फोसण्डो जोडन् ट्रेकिङ् लाइनको बनाउने त्यसका लागि अहिले पूर्वाधार विकास नभएका कारणले रारा गएका पर्यटकहरु से–फोसण्डो आएका पर्यटक रारामा नआउने र रारामा आएका पर्यटक से–फोसण्डो नजाने अवस्थाको अन्त्य गर्नका लागि अहिले ट्रेकिङ लाइनको विकास गर्न जरुरी रहेको कर्णाली योजना आयोगका उपाध्यक्ष रेग्मीले बताए । 

‘अहिले हामीले पर्यटकलाई घुमाउन नै पाएका छैनौं ।’ उनले भने,‘त्यसका लागि पर्यटकलाई घुमाउनका लागि रारा र से–फोसण्डो जोड्ने रुढ तयार पार्नु आवश्यता रहेको छ ।’ कर्णाली करिडोर निर्माण भएमा भारतीय पर्यटकको वृद्धि हुने कर्णाली योजना आयोगले जनाएको छ । कर्णाली करिडोर निर्माण भएमा भारतीय पर्यटक मानसरोवर जान सजिलो हुने अहिले १५ हजार भारतीय पर्यटन हुम्लाको सिमीकोट हुदैँ जाने गरेको र भारतीय पर्यटकलाई कर्णाली करिडोर निर्माण भएपछि सजिलो हुने, पर्यटकको वृद्धि हुने कर्णाली विकास आयोगका उपाध्यक्ष रेग्मीले बताए । ‘कर्णाली करिडोर कर्णालीमा पर्यटक भित्र्याउने प्रमुख आधार हो।’ उनले भने,‘ यो सडक निर्माण भए भारतीय पर्यटकको वृद्धि हुनेछ ।’ कर्णाली योजना आयोगको तथ्याङ्क अनुसार सन् २०१८ मा ३४ हजार ९ सय ३२ जना मात्रै आन्तरिक पर्यटक कर्णालीमा भित्रिएका छन् । सबैभन्दा बढी रारा तालमा बढी पर्यटक आन्तरिक पर्यटक आएको छन्। विदेशी पर्यटकको संख्या निकै कम रहेको कर्णाली योजना आयोगले जनाएको छ । विदेशी पर्यटकमा सबैभन्दा बढी हुम्लामा आएको कर्णाली विकास आयोगले तथ्यांमा उल्लेख गरिएको छ । आयोगको तथ्यांक अनुसार रारामा एक वर्षको अवधिमा तीन हजार १४०, जुम्लामा आठ हजार ७३८, डोल्पामा पाँच हजार ४१, हुम्लामा तीन हजार ९९, दैलेखमा तीन हजार ६१६, कालिकोटमा २ हजार ७४१ जना, सुर्खेतमा तीन हजार १००, जाजरकोटमा दुई हजार दुई सय ५ र सल्यानमा ६२२ जना आन्तरिक पर्यटकले घुमेका उल्लेख गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता