2026-10-30 08:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

अपि नाम्पा घुम्न आएका दुई जना पर्यटकलाई बाटोबारे गलत सूचना दिईएपछि

जेठ १०, दार्चुला | अपि नाम्पा घुम्न आएका दुई जना पर्यटकलाई बाटोबारे गलत सूचना दिइँदा बीच बाटोबाटै फर्किनुपरेको छ । काठमाडौँबाट अपि नाम्पा संरक्षण क्षेत्रको अपि वेशक्याम्प जान आएका दुई जना रसियाका पर्यटकलाई सही सूचना दिन नसक्दा बीच बाटोमै फर्किनुपरेको हो । 

अपि नाम्पा संरक्षण क्षेत्र, व्यास गाउँपालिका र प्रहरी स्थानीयलेसमेत बाटोका बारेमा सही सूचना नगराउँदा पर्यटकबीच बाटोबाटै फर्किनुपरेको छ । रसियाका कुरुगाभा इलिना र काजिस्तानका झुक्सक्या भेलिना व्यास गाउँपालिका वडा नं २ को घाँटीबगरबाट फर्किएका छन् । 

अपि वेशक्याम्प जान हिँडेका उनीहरुलाई गलत बाटो बताइएका कारण अलपत्र परेको पर्यटकका सहयोगी खगेश्वर गौतमले बताउनुभयो । नेपालको बाटो भएर अपि फेद जाने बाटो छैन भनेर कसैले भनेनन्, सहयोगी गौतमले भन्नुभयो, “माथि पुगेपछि बाटो नै रहनेछ ।” अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सहायक संरक्षण अधिकृत राजु घिमिरेसँगै काठमाडौँबाट दार्चुला पुग्नुभएका पर्यटकलाई घिमिरेलेसमेत सही सूचना नदिएको उहाँले गुनासो गर्नुभयो । 

जिम्मेवार निकायको व्यक्तिलेसमेत बाटोको अवस्थाबारे जानकारी गराएनन् । कार्यालयमै गएर जानकारी लिइयो बाटो छ कि छैन भने तर पनि सही सूचना हामीलाई दिइएन उहाँले भन्नुभयो । खलङ्गाबाट चार दिनमा घाँटीबगर पुगेपछि बाटो रहेनछ । ठाउँठाउँमा प्रहरीले सोधे, प्रवेश गरे तर बाटोका बारेमा जानकारी दिएनन् । हिकिला, हुती, सुनेसरा, सबै प्रहरी चौकीमा सोधियो, तर बाटोबारे केही भनेन् गौतमले भन्नुभयो, “व्यास गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीलाई समेत सुनसेरामा भेट भयो । तर उहाँले पनि बाटोको अवस्थाबारे जानकारी गराउन नसकेको उहाँको भनाइ छ । 

उनीहरुलाई दुम्लीङ प्रहरीले बाटोका बारे जानकारी गराएपछि उनीहरु निराश हुँदै फर्किएका छन् । खलङ्गामै बाटोका बारेमा जानकारी गराइ दिएको भए दोस्रो रुट प्रयोग गर्न सकिन्थ्यो । अपि नाम्पा घुम्न भनेर आएका विदेशी पर्यटकले बाटोबाटै फर्किनुपर्दा निराश भएका छन् । झण्डै २५ दिनको म्याद लिएर घुम्न आएका थिए । वैशाख २९ गते सदरमुकाम खलङ्गाबाट हिँडेका उनीहरु ३० गते हुती, ३१ गते तुसरपानी, जेठ १ गते सलेनी, २ गते कल्जु र ३ गते थी पुगेका थिए । 

बाटोमै अलपत्र परेका उनीहरुले अन्तिममा राप्ला घुमेर फर्किएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ