2026-09-08 02:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा पर्यटन प्रबर्धनका लागि जुट्दै युवा

साउन ५, डोटी  | जिल्लाको जोरायल गाउँपालिका–२ का युवाहरु पछिल्लो समय पर्यटन क्षेत्रको प्रवद्र्धनमा जुट्न थालेका छन् । स्थानीयस्तरमा धार्मिक, ऐतिहासिक, पर्यटकीय दृष्टिले महत्व राख्ने दर्जनौँ स्थलहरु भए पनि प्रचारप्रसारकोे अभावमा ओझेलमा परेको भन्दै युवाले उक्त अभियान थालेका हुन् ।

पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न युवाहरुले छतिवन पर्यटन प्रवद्र्धन समिति नामक संस्था पनि गठन गरेको छतिवन पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष भरत कुँवरले बताउनुभयो । 

जोरायल गाउँपालिका–२ मा धार्मिक, पर्यटकीय र ऐतिहासिक दृष्टिले महत्व राख्ने छहरा झरना, भगत बाबा मन्दिर, छतिवनताल, रङ्गुनताल, बाइस खाम, धारापानी पिकनिक क्षेत्र, भगवतीडाँडालगायतका स्थलहरु रहेका छन् । छतिवनमा पर्यटन प्रवद्र्धन गर्नका लागि पर्यटन गुरुयोजना तयार भइसकेको र त्यसका लागि आवश्यक विस्तृत योजना निर्माण हुने क्रममा रहेको सो समितिले जनाएको छ । त्यसका लागि रुवसकाँडादेखि छहरा झरनासम्म जिपलाइन, भगतडाँडामा भ्यूटावर, छहरा झरनाको संरक्षण र प्रवद्र्धनका लागि यसै वर्ष विस्तृत योजना बन्ने अध्यक्ष कुँवरले जानकारी दिनुभयो ।

हालसम्म रुवसकाँडा देखि छहरा झरनासम्मको छ किमीमध्ये पाँच किमी सडक निर्माण भइसकेको र बाँकी सडक यसै आर्थिक वर्षमा निर्माण गरिने कार्यक्रम रहेको छ । समितिले पर्यटनलाई प्रवद्र्धन गर्नका लागि प्याराग्लाइडिङ सञ्चालन गर्ने तयारी गरे पनि सम्बन्धित निकायबाट अनुमति नपाउँदा सञ्चालन हुन नसकेको र यसका लागि आवश्यक पहल भइरहेको समितिले जनाएको छ ।

युवाहरुको प्रयासलाई प्रोत्साहन गर्नका लागि जोरायल गाउँपालिका, प्रदेश सरकार तथा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट केही सहयोग उपलब्ध भएको छ । पर्यटन प्रवद्र्धन पनि विकासको महत्वपूर्ण क्षेत्र भएकाले छतिवनका युवाहरुले थालेको अभियानमा गाउँपालिकाले सक्दो सहयोग गर्ने जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रको विकासका लागि युवा समूहले गरिरहेका कामका आधारमा गाउँपालिकाले आवश्यक सहयोग र बजेट विनियोजन गर्नेछ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम