२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

होटल तथा पर्यटन व्यवसायीको प्रथम अधिवेशन काभ्रेमा

२०७६, ५ श्रावण आईतवार ०९:४१

साउन ५, बनेपा | होटल तथा पर्यटन व्यवसायी सङ्घ प्रदेश नं ३ को प्रथम अधिवेशन काभे्रपलाञ्चोक जिल्लाको बनेपामा यही साउन ११ र १२ गते हुने भएको छ । छरिएर रहेका साना, मझौला तथा तारे होटल तथा पर्यटन व्यवसायीलाई एकै ठाउँमा आबद्ध गराउँदै पर्यटन विकासमा काम गर्ने उद्देश्यले स्थापना भएको सो सङ्घले सन् २०२० को नेपाल भ्रमण वर्षलाई टेवा पु¥याउने लक्ष्यका साथ सो अधिवेशन गर्न लागिएको सङ्घका प्रदेश संयोजक सन्तोष उप्रेतीले बताउनुभयो ।

सन् २०२० मा २० लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले नेपाल भ्रमण वर्ष मनाउने तयारी गरिरहेको सन्दर्भमा सरकारको उक्त अभियानलाई टेवा पु¥याउन कटिबद्ध भएर लागिपरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारको अभियानसँगै व्यवसायी आफैँले पर्यटकीय स्थानअनुसारको कार्यक्रमसमेत सञ्चालन गर्दै आएका छौँ ।”

सङ्घले ‘व्यावसायिक एकता हाम्रो प्रतिबद्धता, पर्यटक प्रवद्र्धनमा निरन्तर सक्रियता’भन्ने नाराका साथ विभिन्न पर्यटकीय क्षेत्रको सम्भाव्यता अध्ययन एवं अवलोकन गर्दै आएको जनाएको छ । वैदेशिक रोजगारीमा पलायन भएको युवावर्गलाई होटल तथा पर्यटन क्षेत्रमा स्वरोजगार र नेतृत्वदायी भूमिकामा ल्याउनुपर्नेमा जोड दिँदै होटल तथा पर्यटन क्षेत्रमा लगानी भित्र्याउने, सम्पदाको प्रचार-प्रसार र संरक्षण तथा पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने लक्ष्य लिएको सङ्घले अधिवेशनमा १३ जिल्लाका होटल तथा पर्यटन व्यवसायीको सहभागिता रहने आयोजकले जनाएको छ ।

काभ्रे होटल तथा रेस्टुराँ व्यवसायी सङ्घको व्यवस्थापनमा हुने लागेको सो अधिवेशनमा प्रदेशभरिका ४५० भन्दाबढी व्यवसायीको सहभागिता रहने जनाइएको छ । यसअघि नुवाकोट जिल्लामा विसं २०७४ फागुन १४ र १५ गते होटल तथा रेस्टुराँ व्यवसायीको भेलाले सङ्घको तदर्थ समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु