2026-09-08 02:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पर्यटक लक्षित यातायात सेवा, पोखरा र रुपाकोट रिसोर्ट जोड्ने

पुष ११, कास्की | पर्यटकीय नगरी पोखरा र रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट जोड्ने गरी बिहीबारदेखि पर्यटक लक्षित यातायात सेवा सञ्चालनमा आएको छ । पोखरामा आउने पर्यटकलाई रुपाकोट रिसोर्टसम्म आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यका साथ यातायात सेवा सञ्चालनमा ल्याइएको हो ।

सेवा सञ्चालन कार्यको उद्घाटन समारोहमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखराको पर्यटनमा माछापुच्छ«े, फेवाताल, बेगनास तालजस्ता स्थल र प्राकृतिक सम्पदा मात्र देखाएर यहाँको पर्यटन दिगो र प्रभावकारी बन्न नसक्ने बताउनुभयो ।

पर्यटक लक्षित नयाँनयाँ पूर्वाधार विकासका साथै पर्यटनमैत्री वातावरणका माध्यमबाट मात्रै पर्यटकको बसाइ लम्ब्याउन सकिने उहाँको भनाइ थियो । रुपाकोट रिसोर्टका सञ्चालक पुष्पराज अधिकारीले पोखरा र रुपाकोटलाई जोड्न पर्यटक लक्षित यातायात सेवा सञ्चालन गर्न लागिएको बताउनुभयो ।

फेवाताल किनारास्थित द कल्चर रिसोर्टबाट रुपाकोटसम्म आवतजावत गर्ने गरी दुवैतर्फ छ÷छ चरणमा सुविधासम्पन्न सवारीसाधनका माध्यमबाट विभिन्न प्याकेजसहित यातायात सेवाको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

रुपाकोट रिसोर्टको पाँचौँ वार्षिकोत्सव

रुपाकोट रिसोर्टले सञ्चालनको पाँचौँ वार्षिकोत्सव एक कार्यक्रमका बीच बिहीबार मनाएको छ । सो अवसरमा रुपा गाउँपालिकाका प्रमुख नवराज ओझाले पर्यटकीय नगरी पोखरा र पर्यटनको पर्याप्त सम्भावना बोकेको रुपाकोट जोडिनु अपरिहार्य भएको बताउनुभयो ।

रुपाकोट रिसोर्टले यहाँको पर्यटकीय पहिचानमा महत्वपूर्ण योगदान गर्नुका साथै पूर्वाधार विकासलगायतमा प्रेरणा दिएको बताउनुभयो । बेलायती राजकुमार चाल्र्सले यही क्षेत्रमा पदयात्रा गर्नुभएको बताउँदै उहाँले उक्त पदमार्गको पहिचान गरी त्यसको विकास गर्ने कार्यमा गाउँपालिका लागेको बताउनुभयो ।

पानी, बाटोलगायतका अत्यावश्यकीय पूर्वाधार एवं आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिका लागेको बताउँदै उहाँले समाजमा केही गर्छु भन्ने सोचका जो कोहीलाई गाउँपालिकाका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

रिसोर्टका सञ्चालक अधिकारीले २०० रोपनी क्षेत्रमा रिसोर्ट रहेको बताउँदै विदेशी राष्ट्रका राष्ट्र प्रमुख एवं अन्य अतिविशिष्ट स्तरका पाहुनालाई राख्न सक्ने गरी सुविधासम्पन्न ‘स्वीटरुम’लगायतका पूर्वाधार निर्माण भइरहेको बताउनुभयो । हाल जारी पूर्वाधार निर्माणका कामलाई सम्पन्न गरिसक्दा रु एक अर्ब लगानी हुने उहाँले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल