2026-10-15 11:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

‘यसपालि घुमौँ कर्णाली’

फागुन १७, सुर्खेत | नेपाल भ्रमण वर्ष–२०२० लाई सहयोग पुर्याउने उद्देश्यले यात्रुबाहक बसमा कर्णालीका पर्यटकीयस्थल अङ्कित स्टिकर टाँस्न शुरु गरिएको छ । 

प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको सहकार्यमा सुर्खेत काँक्रेविहार यातायात प्रालिले बसमा स्टिकर टाँस्न थालेको हो । कर्णालीका १० वटै जिल्लाका प्रमुख पर्यटकीयस्थलहरुको तस्वीरसहितको स्टिकर प्रकाशन गरिएको छ । स्टिकरमा पर्यटकीयस्थलका साथै नेपाल भ्रमण वर्ष, २०२० तथा प्रदेश सरकारको ‘यसपालि घुमौँ कर्णाली’ नारासहितको लोगो पनि समावेश गरिएको छ । 

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा कृष्णप्रसाद आचार्यले कर्णाली प्रदेशका मुख्य गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यले स्टिकर प्रकाशन गरिएको जानकारी दिनुभयो । सो प्रालिले पहिलोपटक स्टिकर टाँस्ने कार्यको शुरुआत गरेकामा सचिव डा आचार्यले प्रशंसा व्यक्त गर्नुभयो । उहाँले कर्णालीको समग्र पर्यटन क्षेत्रको विकासका लागि गुरुयोजना निर्माण भइसकेकाले योजनाबद्ध विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । “पर्यटन क्षेत्रको पूर्वाधार विकास र पर्यटन प्रवद्र्धनमा निजी क्षेत्र, यातायात व्यवसायीको योगदान महत्वपूर्ण हुन्छ”, उहाँले भन्नुभयो, “पर्यटन प्रवद्र्धनका क्रियाकलापबाट बढी फाइदा निजी क्षेत्रले पाउने हुँदा यसका लागि सरकारभन्दा बढी अग्रसर निजी क्षेत्र बन्नुपर्दछ, प्रदेश सरकार सहयोगी बन्न तयार छ ।”

सो प्रालिका अध्यक्ष रमेश सापकोटाले पहिलो चरणमा सुर्खेत–काठमाडौँ,  जाजरकोट–काठमाडौँका लागि ल्याइएका आठ वटा नयाँ रात्रिबस र सुर्खेतबाट कर्णालीका पहाडी सडकमा सञ्चालन हुने २० वटा गाडीमा पर्यटकीय सूचनासहितका स्टिकर टाँसिएको जानकारी दिनुभयो । शुरुआतमा प्रालिकै खर्चमा स्टिकर प्रकाशन गरेको र आगामी दिनमा प्रदेश सरकारले नै स्टिकर उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो । 

स्टिकरमा राराताल, देउती बज्यै मन्दिर, बुलबुले, काँक्रेविहार, जाजरकोट दरबार, त्रिपुरासुन्दरी मन्दिर, छत्रेश्वरी मन्दिर, शेफोक्सेन्डो, पञ्चकोशी ज्वालालगायतका स्थलका तस्वीर छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु